April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

भेरीको बजेट ६८ करोड

जाजरकाेट । जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ ।

बिहिबार उपप्रमुख भावना भण्डारीले नीति तथा कार्यक्रमका साथमा ६८ करोड ५ लाख ५८ हजार ८ सय रुपैयाँकाे योजना आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरिन् ।

भण्डारीले प्रस्तुत गरेको बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ रु १० कराेड २३ लाख ६२ हजार ८ सय र पूँजीगत खर्चतर्फ  रु १३ करोड ९५ लाख  ९६ हजार, सर्शत अनुदान तर्फ ३३ करोड ७३ लाख र सामाजिक सुरक्षा भत्ता १० कराेड १३ लाख बजेट उल्लेख छ ।

नगरप्रमुख चन्द्र प्रकाश घर्तीको अध्यक्षतामा भएको नगरसभामा भण्डारीले स्वास्थ्य, शिक्षा र कृषी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

उनले सामाजिक विकासमा अन्य क्षेत्र जस्तै युवा, खेलकुद, लैङ्गिक समानता तथा सामाजिक समावेशी, मजदुरका विषयमा बजेट सहितको कार्यक्रम रहने नीति प्रस्तुत गरेकी छन् ।

नीतिमा भौतिक पूर्वाधारका योजनालाई पनि प्राथमिकता प्रदान गरिएको छ । वन वातावरण र विपद व्यवस्थापन तथा सुशासन र संस्थागत विकासलाई नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad