April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

‘व्यवहारीक ज्ञान, सीप र क्षमता दिने खालको शिक्षा आजको आवश्यकता’– कृष्णा शाह

बासुदेव शर्मा । जाजरकोट

कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाहले शिक्षा विनाको मानिसले समाज परिवर्तन गर्न नसक्ने भएकोले व्यवहारीक ज्ञान, सीप र क्षमता दिने खालको शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राख्नु पर्ने बताएकी छन् । । गुणस्तरीय शिक्षामा निजि क्षेत्रको अपरिहार्यता समृद्ध राष्ट निर्माणमा प्याब्सनको प्रतिवद्धता भन्ने नाराका साथ निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सनको पाँचौ साधारण सभाको उद्घाटन गदै उनले उक्त कुरा बताएकी हुन् ।

उनले बालवालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजि तथा सरकारी विद्यालयहरुलाई आग्रह गरिन । निजि विद्यालयले शिक्षा क्षेत्रमा पुरयाएको योगदानको निकै सहानिय र प्रसंशनिय रहेको उनको भनाई छ । व्यवस्था परिवर्तनसगै संघिय सरकारले केहि समय अगाडी मात्र शिक्षा निति निर्माण गरेकोले छिटै शिक्षा निति निर्माण गरी स्थानिय तहमा नयाँ मोडेल अनुसार अगाडी वढ्नु पर्ने धारणा राख्दै शाहले भनिन–‘शिक्षालाई वलियो र व्यवहारीक बनाउनु निजि विद्यालयका शिक्षकहरुको क्षमता विकास र सुविधामा राज्यले पनि ध्यान दिनु पर्छ ।

निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याव्सन जिल्ला शाखा जाजरकोटका अध्यक्ष नर बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले सरकारी विद्यालय भन्दा निजि विद्यालयले केहि गुणस्तरीय शिक्षा प्रदान गरेकोले आफनो क्षेत्रबाट पुर्णरुपले सहयोग गर्नेे बताए । उनले आजका बालवालिका भोलीका राष्ट̯ निर्माण कर्ता भएकोले गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको विकास र शु शासनलाई बलियो वनाउन आग्रह गरे । शिक्षा नभएको मानिस अपांग जस्तै हुने भएकोले गुणस्तरीय व्यवहारीक प्रतिशपर्धी शिक्षा प्रदान गर्न प्रमुख घर्तिले आग्रह गरे । उनले निजि विद्यालयहरुले थोरै स्रोत साधनमा पनि प्रयाप्त शिक्षा प्रदान गरेकोले आगामी दिनमा नगर शिक्षा समितिले संचालन गर्ने कार्यक्रमहरुमा निनि विद्यालयका शिक्षकहरुलाई पनि समावेश गर्ने वताए । संघिय सरकारले शिक्षा निति निर्माण गरेकोले स्थानिय सरकारले पनि परिमार्जित गर्दै अगाडी वढ्ने वताए ।

 

निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन कर्णाली प्रदेशका सचिव नोख बहादुर खत्रीले सामुदायिक विद्यालयहरुलाई जस्तै व्यवहार गर्न सरकारलाई आग्रह गरे । देश वाहिर पढ्ना जाने विद्यार्थीहरुलाई नेपालमै रोकेर नेपाल सरकारको कर बृद्धी गरेको वताउदै निजि विद्यालयका शिक्षकहरुलाई सरकारी शिक्षक सरह तालिम, शैक्षिक सामाग्री लगाएतका शिक्षा क्षेत्रमा हुने कार्यक्रमहरुका समावेश गर्न आग्रह गरेका थिए । सरकारी विद्यालयमा पढेका विद्यार्थीहरु भन्दा निजि विद्यालयमा पढेका विद्यार्थीहरु सक्षम सवल हुने भएकोले सरकारवाट पाउने केहि सेवा पाए शिक्षा क्षेत्रको विकासमा विस्तार हुने कुरा वताए ।
प्याब्सन जिल्ला शाखा जाजरकोटका संस्थापक अध्यक्ष मोतिराम गिरीले सरकारी विद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रदान गरेको वताउदै करोडौ रुपैयाको विकास वजेट लिएर योजना संचालन गरेका उपभोक्ताहरुको काम प्रति चासो नदेखाउने निजि विद्यालयलेशिक्षकहरुलाई समयमा दिनु पर्ने पारिश्रमीक दिन नसकेको अवस्थामा विद्यार्थीहरुवाट संकलन गरेको मासिक शुल्कमा घोटाला भयो भनेर सरोकारवाला व्यक्तिहरुले आखा लगाउने गरेकोले आगमाी दिनमा निजि विद्यालय भन्दा सरकारी कार्यालयबाट गाउँमा विकास निर्माणको लागी संचालन भएको करोडौ विकास बजेट वाहिर ल्याउन पत्रकारहरुलाई आग्रह गरे ।

शिक्षा समन्य इकाई प्रमुख तिलक भटराईले निजि विद्यालयमा पठनपाठन गर्ने वालवालिका र कार्यरत शिक्षकहरुको विवरण शिक्षा समन्वय इकाई कार्यालयमा आईनपुगेकोले तत्काल कार्यालयमा वुझाउन आग्रह गर्नु भयो । शिक्षा क्षेत्रमा हुने कार्यक्रमहरुको अनुगमण मुल्याकण गर्ने प्रमुख भटराईले वताए ।

निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याव्सन जिल्ला शाखा जाजरकोटले कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि लगाएत अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । नेपाल शिक्षक महासंघका उपाध्यक्ष तिलक बहादुर खत्री, उद्योग वाणिज्य संघका उपाध्यक्ष शिव विक्रम हमाल लगाएतले पाँचौ औ साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याव्सनले गरेको प्रगति सार्वजनिक गरेको छ । पाँचौ औ साधारण सभा कार्यक्रमको संचालन दिनेश गौतमले गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad