April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

गर्भवतिको हवाई उद्धार

राजेन्द्र कार्की । जाजरकोट

सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुगेकी जाजरकोट भारगाँउकी एक गर्भवति महिलालाई शनिवार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट जिल्लाको नलगाड नगरपालिका ६ भारगाँउकी २४ बर्षिया माया बि.क.को उद्धार गरिएको हो ।

मायाको स्थानिय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । यो सहित जाजरकोटबाट ६ महिना यता ९ जना गर्भवति महिलाको हवाई उद्धार गरिएको छ । स्थानिय स्वास्थ्य संस्था भरपर्दो नभएका कारण सुरक्षित सुत्केरी हुन जिल्लाका विकट गाँउहरुमा निकै कठिन हुने गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले जटिल अवस्थाका महिलालाई हवाई उद्धार गरि सुविधा सम्पन्न अस्पतालमा लिन थालेपछि स्थानिय खुसी भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad