April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

बलत्कार आरोपमा प्रधानाध्यापक पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

बलत्कार गरेको आरोपमा जाजरकोटका एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । स्थानिय एक अधवैसे महिलालाई बलत्कार गरेको आरोपमा भेरी नगरपालिका २ डिंगा स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक चक्रबहादुर थापा पक्राउ परेका हुन् ।

पिडित महिलाको उजुरीका आधारमा भेरी नगरपालिका २ डिंगा निवासी थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक केशर कार्कीले बताए । शुक्रवार नै जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । जिल्ला न्यायधिस देवकुमार गिरीले यस्तो आदेश दिएका हुन् । घटना बारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad