जाजरकोटमा बोलेरो जिप दुर्घटनाः दुईजनाको मृत्यु, चार घाइते

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकामा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएकोे छ । चारजना घाइते भएका छन् । शुक्रबार दिउसो छेडागाड नगरपालिका– ९ पजारूबाट थलहतर्फ आउँदै गरेको क.प्र ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप ब्रेक फेल भई छेडागाड ८ बहार्नखोला नजिक सडकबाट करिब एक सय पचास मिटर तल खस्दा जीप दुर्घटना भएको हो । जिपमा चालकसहित ६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।दुर्घटनामा छेडागाड नगरपालिका– ९ पजारूकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काका अनुसार दुर्घटनाको सूचना बिहान ११ः५० बजे इलाका प्रहरी कार्यालय वडाबन जाजरकोटमा प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वडाबनबाट प्रहरी नायब निरीक्षक ओपेन्द्रबहादुर शाहीको कमान्डमा टोली खटाइएको थियो । उनले तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट पनि प्रहरी निरीक्षक एक्बहादुर नेपालीको कमान्डमा थप टोली परिचालन गरिएको बताए।


दुर्घटनामा घाइते भएका चालक छेडागाड नगरपालिका– ९ का अन्दाजी २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड नगरपालिका– ८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नगरपालिका– ९ का अन्दाजी ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेख नौमुले गाउँपालिका– ६ की अन्दाजी २३ वर्षीया शीतला रावत रहेका छन्। उनीहरू सबैको अवस्था मध्यम रहेको र उपचारका लागि नगर अस्पताल वडाबन जाजरकोट पठाइएको सूचना अधिकारी खड्काले दिए। उनका अनुसार दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको छ।

bhumi-sanrakshyan

घटनास्थल इलाका प्रहरी कार्यालय वडाबन जाजरकोटबाट करिब पाँच किलोमिटर दक्षिण–पश्चिम र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब ६८ किलोमिटर दक्षिण–पश्चिम दूरीमा पर्दछ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya