विभिन्न कार्यक्रमका साथ जाजरकोटमा मनाइयो रेडक्रस दिवस

प्रवाह संवाददाता । जाजरकोट

नेपाल रेडक्रसको ६२ औं स्थापना दिवस जाजरकोटमा विभिन्न कार्यक्रम गरेर भब्य रुपमा मनाइएको छ । नेपाल रेडक्रस जाजरकोट शाखाको आयोजनामा बुधवार सदरमुकाम खलंगाको ठाँटी बजारबाट थाप्लेचौर सम्म र्याली गरिएको थियो । र्याली पश्चात जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरिएको थियो । अस्पतालमा रहेको २२ जना विरामीलाई भेरी नगरपालिकाका नगर उपप्रमुख सिता जैसीले फलफुल वितरण गर्नुभएको थियो ।


सोही अवसरमा त्रिभुवन माध्यमिक विद्यालय खलंगाको जुनियर युवा रेडक्रस सर्कलको आयोजनामा भेरी नगरपालिकाका आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो । सात वटा विद्यालयले भाग लिएको हाजिरी जवाफ प्रतियोगितामा शान्ति ज्ञानकुञ्ज आवासिय विद्यालय प्रथम, नोबेलिष्ट बोडिङ्ग स्कुल द्धितिय र त्रिभुवन माविले तृतिय स्थान हासिल गरेका थिए । युरेसका अध्यक्ष श्रृष्टी केसीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका सभापति हरिबहादुर बस्नेत, मन्त्री धिरेन्द्र शाह र कोषाध्यक्ष राजेन्द्र कार्कीले पुरस्कार वितरण गरेका थिए ।

bhumi-sanrakshyan

दिवसकै अवसरमा वेलुका ठाँटी चोकमा दीप प्रज्वलन र कविता वाचन समेत गरिएको थियो । कार्यक्रममा बोल्दै रेडक्रसका जिल्ला सभापति हरिबहादुर बस्नेतले रेडक्रसले विपत्तीमा सधै सहयोग गरिरहेको बताउँदै रेडक्रस गतिविधिबारे प्रकास पारेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya