हेमन्त कुमार खत्री । जाजरकोट
हिन्दु नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले वुधवार खलंगामा भव्य तीज मेलाको आयोजना गरेको छ । मेलालाइ एक हजार वढी सर्वसाधारणहरुले अवलोकन गरेका छन् ।
महिला अधिकार मन्च सामुदायिक सुरक्षा जालोको सहकार्य र स्थानीय समाजसेवी तथा युवा व्यावसायीहरुको सहयोगमा प्रतिष्ठानले मौलिक तीज गीत गायन तथा नृत्य प्रतियोगिता र खुला नृत्य प्रदर्शनी लगाएतका कार्यक्रमहरु सहित विशेष तीज मेलाको आयोजना गरेको हो ।
तीज मेलाका अवसरमा आयोजित मौलिक तीज गीत गायन तथा नृत्य प्रतियोगितामा छेडागाड १२ की ममता सिंहको टोलीले प्रथम स्थान प्राप्त गरेको छ भने सोहि स्थानकी रमिता सिहंको टोलीले द्धितीय स्थान प्राप्त गरेको छ । यस्तै भेरी नगरपालिका ३ स्याँलाकी शुसीला केसीको समुहले तृतीय स्थान र भेरी नगरपालिका २ डिंगाकी मनकुमारी पुनको समुहले सान्तोना स्थान प्राप्त गरेको छ ।
यस्तै खुला नृत्य प्रदर्शनीमा हजारी नेपाली, मिनासिंह ठकुरी र मेलिना कार्कीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । तीज गीत तथा नृत्य प्रतियोगितामा प्रथम द्धितीय, तृतीय तथा सान्त्वना हुनलाइ क्रमश ८,५००। र प्रमाणपत्र, ६,५०० र प्रमाणपत्र, ४,५०० र प्रमाण पत्र तथा २,५०० र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए ।
मौसमी प्रतिकुलताका कारण वुधवार पुरस्कार वितरण नभएको र विहिवार जिल्लामा आयोजना हुने विशेष कार्यक्रममा वितरण हुने जनाइएको छ ।जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीवहादुर खत्रीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारी र भेरी नगरपालिकाका उपमेयर सीता जैसीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागि हुदै जिल्ला समवय प्रमुख कालीवहादुर खत्रीले प्रतिष्ठानको कार्यक्रमले तीज पर्वको मौलिकता जोगाउन सहयोग पुगेको वताए । यस्तै प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारीले स्थानीय लोक सँस्कृति जोगाउने गरि प्रतिष्ठानले गरेको कार्यक्रम महत्वपुर्ण रहेको वताए । यस्तै भेरी नगरपालिकाका उपमेयर सीता जैसीले स्थानीय कला सँस्कृतिलाइ जगेर्ना गर्ने प्रतिष्ठानको प्रयास प्रशंसनीय रहेको वताइन् । काँग्रेस जाजरकोटका कावा. सभापति खडक विसी, एमाले नेता मोहन खड्का, माओवादी नेत्री धर्मशीला वस्नेतले प्रतिष्ठानले जिल्लामा कला सँस्कृति र मौलिकता संरक्षणमा गर्दै आएको प्रयास सराहनीय रहेको वताए ।
कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका कावा सभापति खडकवहादुर वुढा, एमाले नेता मोहन खड्का, माओवादी केन्द्रकी नेत्री धर्मशीला वस्नेत, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष वालकुमार शर्मा, नेपाल शिक्षक महासंघका अध्यक्ष आसा कार्की , नेपाल प्रेस युनियनका अध्यक्ष वासुदेव शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष विनोद घर्ती, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु लगाएत झन्डै एक हजार सर्वसाधारणको उपस्थिति रहेको थियो ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम जिल्लाको चर्चित सार्वजनिक स्थल गैरीखालीमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरु, पत्रकार, समाजसेवी तथा सर्वसाधारण नागरिकहरुको भव्य उपस्थितिले गैरीखालीको पुरै सार्वजनिक मन्च भरिएर वाहिरी सडकमा समेत सर्वसाधारणको भीड लागेको थियो । प्रतिष्ठानले जिल्लामा तीजको मौलिक सँस्कृति जगेर्नामा सहयोग पुरयाउने उदेस्यले आयोजना गरेको उक्त कार्यक्रममा दुइ दर्जन महिलाहरुको समुहले विभिन्न प्रस्तुतीहरुका साथ प्रतिष्पर्धा गरेका थिए ।
कार्यक्रममा स्थानीय समाजसेवी तथा व्यावसायीहरु सत्रुधनकुमार भडेल, भरत श्रेष्ठ, नगेन्द्र शाह, गोपाल वस्नेत, सुर्य रोकाय, किस्मत केसी, ललित सुनार, ललितराज भन्डारी, मोहन खड्का,इन्द्रवहादुर मल्ल, राजु केसी, विराट शाह, शुसीला केसी र महिला अधिकार मन्च सामुदायिक सुरक्षा जालो जाजरकोट, नेपाल वाल संगठन जाजरकोट र जल्ला प्रहरी कार्यालय जाजरकोट अन्तरगतको मालिका सामुदायिक सेवा केन्द्रले आर्थिक तथा भौतिक सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए ।


