छेडागाड कर्णालीको अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा कार्यान्वयन गर्ने प्रथम नगरपालिका

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोट जिल्लाको छेडागाड नगरपालिका कर्णाली प्रदेशको प्रथम अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा कार्यान्वयन गर्ने नगरपालिका घोषणा भएको छ ।
छेडागाड नगरपालिका प्रमुख रत्न खड्काले शैक्षिक ब्यवस्थापन तथा सुधारका १० बुदे प्रतिबद्धता सहित छेडागाड नगरपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित भएको नगरपालिका घोषणा गरेका हुन् ।

“हामी सबैको एउटै ईच्छा, बालबालिकाहरुका लागी अनिवार्य तथा निःशुल्क शिक्षा” भन्ने मुल नारा सहित बिभिन्न कार्यक्रमहरु गरी जाजरकोट जिल्लाको छेडागाड नगरपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा नगर घोषणा गरिएको हो ।

bhumi-sanrakshyan

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा छेडागाड नगरपालिकाको अनिवार्य तथा आधारभुत शिक्षा कार्यान्वयन निर्देशिका २०७७ बमोजिम जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका आधारभुत तह(४ बर्ष देखि १२ बर्ष सम्मका) शतप्रतिशत बालबालिकाहरु बिद्यालयमा भर्ना तथा निरन्तरता भएकोले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको नगरप्रमुख खड्काले बताए ।

घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नागरिकका असंख्य आवश्यकताको र समग्र छेडागाडको शैक्षिक, भौतिक लगायतको बिकास गर्नका लागी आफु सदैब प्रतिबद्ध रहेको बताए ।
प्रदेश सरकारले उद्यमी ब्यबसायी, कृषक लगायत आम समुदायका समस्याहरु समाधान गर्न प्रयासरत रहेको र कर्णाली प्रदेश समृद्धि अभियान मार्फत यस्ता कार्य अगाडी बढेको मन्त्री सिंहको भनाई छ । अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गर्न सफल भएकोमा नगरपासिलाई मन्त्री सिंहले बधाई तथा शुभकामना दिए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख काली ब. खत्री, सेभ द चिल्ड्रेनका टेक्निकल मेनेजर आत्माराम भट्टराई, बरिष्ट परियोजना संयोजक दिलकमल क्षेत्री, चेतराज पाध्याय, पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका अध्यक्ष छबी पन्त, सदस्य गिता शाही, कार्यक्रम ब्यबस्थापक पुष्पराज खतिवडा लगायतले शुभकामना दिएका थिए । अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि तोकिएका सुचकहरु पुरा गर्न नगरपालिलाई पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनले आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापा, वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, बिद्यालयका प्रधानाध्यापकहरु, बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्षहरु, पालिकाका शाखा प्रमुखहरु, कर्मचारीहरु, शिक्षकशिक्षिकाहरु, बालबालिकाहरु, बाल अभियन्ताहरु, समाजसेवीहरु, बुद्धिजिबीहरु, नागरिक समाजका सदस्यहरु, अभिभावकहरु, बालबालिकाहरु लगायतको सहभागिता रहेको थियो ।


उक्त कार्यक्रममा बाजागाजा सहित सांस्कृतिक झाकीहरु, रयाली गरी नगर परिक्रमा गरिएको थियो । कार्यक्रममा बालबालिकाहरुले नृत्य, गित प्रस्तुत गरेका थिए भने बिभिन्न समुदायबाट सांस्कृतिक झाकीहरु र कला प्रस्तुत भएका थिए । उक्त घोषणा कार्यक्रम छेडागाड नगरपालिकाको आयोजना तथा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राबिधिक सहयोगमा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा सहयोगी संस्थाहरु र कर्मचारीहरु लगायतलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमको संचालन छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गंग बहादुर रोकायाले गर्नुभएको थियो भने पालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख दिपक शाहीले नगरपालिकाको समग्र शैक्षिक अवस्था र अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा घोषणाको प्रक्रिया, पालिकाको नितीगत ब्यबस्थाको बारेमा, गुणस्तरिय शिक्षाका लागी सरोकारवालाहरुको भुमिका लगायतको बारेमा जानकारी दिएका थिए । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रमले बालबालिकाको विद्यालय छोड्ने दर शुन्य बनाउने, कक्षा दोहो¥याउने दर घटाउने, उत्तिर्ण दर बढाउने, टिकाउ दर बढाउने र तह पार गर्ने दर बढाउने, बालअधिकारको सुनिश्चितता गर्ने लगायतका सुचकहरुको सुनिश्चितता हुने उनले बताए । छेडागाडमा विद्यालय बाहिर रहेका २ सय २३ जना बालबालिका मध्य ४ जना बाहेक सवै सतप्रतिशत अर्थात १० हजार ४ सय २६ बालबालिका विद्यालयको पहुँचमा पुगेका हुन् ।

पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका अध्यक्ष छबी पन्तले अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा घोषणालाई सफल बनाउन सहयोग, समन्वय, सहकार्य गर्नुहुने सबैप्रति कृतज्ञता ब्यक्त गर्दे आगामी दिनमा पनि आफनो तथा संस्थाको तर्फबाट साथ सहयोग निरन्तर रहने छ भन्दै घोषणा कार्यक्रमले सार्थकता पाओस भन्दै आफनो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अनिवार्य तथा निःशुल्क शिक्षाको अधिकारका लागी नेपालको संबिधानमा प्राबधान रहेको, छेडागाडको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागी सेभ द चिल्ड्रेनको आगामी दिनमा साथ सहयोग, समन्वय रहने र अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा घोषणाको सफलताको शुभकामना सहित सेभ द चिल्ड्रेनका टेक्निकल मेनेजर आत्माराम भट्टराईले मन्तब्य ब्यक्त गरेका थिए ।

बालबालिकाहरुले समुदायमा बिभिन्न किसिमका समस्याहरुको सामना गर्नुपरिहेको अवस्थामा शिक्षा पाउने बालबािलकाहरको अधिकार संरक्षणका लागी अभिभावहरु, जनप्रतिनधीहरु, शिक्षक, बिद्यालय प्रशासन लगायत सबैले आआफनो तर्फबाट प्रभाबकारी रुपमा भुमिका निर्बाह गर्नुपर्ने र यसका लागी स्थानिय सरकार र बिद्यालय परिवार बढी सजक र जवाफदेही हुनुपर्ने भन्दै घोषणा कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दे नगर बाल संजालका अध्यक्ष जयन्ता खत्रीले आफनो धारणा राखेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya