बालसमृद्धिका लागि गुणस्तरीय शिक्षामा जोड

प्रवाह संवाददाता । जाजरकोट
समावेशी गुणस्तरीय शिक्षा तथा बाल समृद्धिलाई प्रमुख मुद्दा तथा रणनीतिक लक्ष्य बनाउँदै पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले पाँचवर्षे रणनीतिक योजना निर्माण गर्न थालेको छ । शिक्षा र बालबालिकाको क्षेत्रमा काम गदै आएको पाँचताराले बालसमृद्धिका लागि गुणस्तरीय शिक्षामा जोड दिने भएको हो । शैक्षिक गुणस्तर खस्किरहेको बेला गुणस्तरीय शिक्षामा जोड दिइएको हो ।

संस्थागत क्षमता विश्लेषण गर्दै जाजरकोट जिल्लाको स्थानीय मुद्दाहरुलाई सम्बोधन गर्नेगरी पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटले आफ्नो पाँच वर्षे रणनीतिक योजना निर्माणका क्रममा सरोकारवालाहरूसँग परामर्श गर्दै शिक्षा र बाल समृद्धि प्रमुख मुद्दाका रूपमा अगाडि सारिएको हो । परामर्शका क्रममा संस्थाका सबल पक्ष सुधार गर्नुपर्ने पक्ष अवसर तथा चुनौतीको विश्लेषण गरिएको थियो ।

सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित लैङ्गिक उत्तरदायित्व तथा स्थानीयकरण परियोजनामार्फत पाँचतारा युवा संरक्षक मञ्चले आफ्नो ५ बर्षे रणनीतिक योजना निर्माण गरि वार्षिकरुपमा आफ्नो कार्य योजना मर्फत यस्ता मुद्दालाई सम्बोधन गर्ने बताइएको छ ।
परियोजनाले संस्थाको संस्थागत क्षमता लेखाजोखा गरी नीतिगत रुपमा तथा संस्थाको सुशासनको क्षेत्रमा पहिचान गरेका समस्यालाई सम्बोधन गर्दै परिष्कृत संस्थाका रुपमा स्थापित गर्न विभिन्न नीतिगत सुधार तथा नयाँ नीतिहरूको निर्माण गरी संरचनागत रुपमा बलियो बनाउने कार्यक्रम अन्तरगत उक्त रणनीतिक योजना निर्माण गर्न लागिएको संस्थाका अध्यक्ष छवि पन्तले बताए ।

bhumi-sanrakshyan

समुदायको वास्तविक समस्यामा आधारित रणनीतिक योजना निर्माण गर्ने उद्देश्यले समुदायका विभिन्न संयन्त्रहरु का प्रतिनिधि स्थानीय सरकार, जन प्रतिनिधि, नागरिक समाज, शिक्षक, विद्यालय व्यवस्थापन समिति, वडा बाल अधिकार संरक्षण समिति, बाल क्लब, स्वास्थ्य क्षेत्रका प्रतिनिधि लगायतको परामर्श कार्यक्रममा उपस्थिति रहेको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya