प्रवाह संवाददाता । जाजरकोट
आर्थिक अवस्था कमजोर भएको जाजरकोटका विभिन्न सामुदायिक विद्यालयलाई नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले सहयोग गरेको छ ।
आर्थिक अवस्था एकदमै नाजुक भएको जिल्लाको नलगाड नगरपालिका १३ खातीगुर्ता स्थित भगवति आधारभुत विद्यालयलाई नगद ३५ हजार र नगलगाड नगरपालिका ७ काँडादल्ली स्थित सरसस्वती प्राथमिक विद्यालयलाई १८ हजार आर्थिक सहयोग गरिएको नेकपा बहुमतले जनाएको छ । ‘चन्दा मात्र माग्छन् । जनपक्षिय काम गदैनन् भन्ने विरोधीहरुको भ्रमपुर्ण प्रचारलाई चिदै नेकपा बहुमतले सामजिक काम र परेको बेला सहयोग पनि गर्छन भन्ने कुराको पछिल्लो उदाहरण हो’ नेकपा बहुमतका नेता प्रेम ओलीले भने–‘हामी जनताको पक्षमा काम गछौ । गरिरहेका छौ ।’ यी विद्यालयहरुमा आवश्यकता अनुसारका शिक्षक दरबन्दीको ब्यवस्था नहुँदा निजी स्रोतमा शिक्षक राखेर पठनपाठन गर्ने गरिएको छ ।
निजी स्रोतमा राखिएका ति शिक्षकलाई तलब खुवाउन समस्या भएको जानकारी पाएपछि आफुहरुले सहयोग गरेको नेता ओलीले बताए । भगवती आधारभुत विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद मल्लले आर्थिक दुराबस्थामा रहेको विद्यालयलाई केही आर्थिक सहयोग गरेकोमा नेकपा बहुममतलाई धन्यवाद दिएका छन् ।


