कोरोना जितेकाहरु भन्छन् ः ‘आफन्तको माया र हौसलाले थप उर्जा दिदो रहेछ’

जाजरकोटमा २४६ जनाले जिते कोरोना
विहिवार संक्रमित ७, कोरोना जित्ने ३७ जना

राजेन्द्र कार्की । जाजरकोट

निको भएका कोरोना संक्रमितले साथीभाइ र आफन्तको माया र हौसलाले कठिन युद्ध जितेको बताएका छन् । उनीहरुले खुसी प्रकट गदै सहयोग गर्ने सवैलाई धन्यवाद दिन थालेका छन् । कठिन युद्ध जितेको उनीहरुको प्रतिक्रिया छ ।

bhumi-sanrakshyan

लक्ष्यण सहितका एक संक्रमितले आफ्नो अनुभुव सेयर गदै प्रवाह सँग भने–‘कोरोनाले निकै गलाउँदो रहेछ । अत्याधिक ज्वरो, थिलोथिलो शरीर, पटक्कै जाँगर नलाग्ने, स्वाद र गन्ध पटक्कै नआउने, खोकी, घाँटी र छाती दुख्ने मन निकै कमजोर हुने । यस्तो बेला घरपरिवार, साथी भाई र आफन्तको हौसला र मायाले थप उर्जा प्रदान गर्दो रहेछ । एक हप्ता निकै कठिन गरि विते त्यतिवेला त बाँचिन्छ जस्तो लागेको थिएन । पुर्नजन्म पाएको महसुस भएको छ । कोरोना जिते पनि पहिलेकै अवस्थामा फर्कन समय लाग्छ होला ।’

संक्रमणका १४ दिन निकै सकस पुर्ण रहे । त्यतिवेलाको शरीर र मनस्थिति एकदमै कमजोर भएको महसुस भयो । जताततै मृत्युका समाचार र खवरले पनि झन मन आत्तिदो रहेछ , कोरोना जितेका अर्का संक्रमितले प्रवाह सँग भने –‘आफन्तको माया र हौसला सवैभन्दा ठुलो कुरा रहेछ । शुरुमा अत्याधिक ज्वरो र स्वास बढेर कुरै गर्न सकिएन । विस्तारै ठिक हुँदै गयो । फोन र सामाजिक सञ्जालमा आफन्त साथीभाइ सँग कुराकानी भयो । अलि हिम्मत बढ्दै आयो । यति कडा ज्वरो कहिल्यै भोगिएन यसलाई हिम्मतले लडेरै परास्त गरियो ।’ संक्रमितले तातो पानी पटक पटक खाने गरेको सुनाए । तातोपानी र झोलिलोे खानेकुराले धेरै हल्का महसुस हुँदो रहेछ । अरु खान त मनै नलाग्ने तर पनि जर्वजस्ती खाएको कोरोना जितेका ति संक्रमितले अनुभव सुनाए ।

जाजरकोटमा हाल सम्म दुई सय ४६ जनाले कोरोना जितेका छन् । कोेरोना पोजेटिभ भएका उनीहरुको उपचार पछि पुनः परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो । विहिवार मात्र एन्टिजेन परिक्षाणबाट सात जनामा पोजेटिभ देखिएको छ भने ३७ जनाले कोरोना जितेका छन् । पछिल्लो समय संक्रमितको संख्या भन्दा कोरोना जित्नेको संख्या बढ्दै गएको छ ।

जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका अनुसार कोरोना शुरु भएको २०७६ चैत्र यता जिल्लाभर ६ हजार पाँच सय ८६ जनाको पिसिआर गरिएकोमा संक्रमित एक सय ८६ जना र एन्टिजेन एक हजार ९८ जनाको गरिएकोमा तीन सय ७२ गरि जम्मा कुल संक्रमित पाँच सय ५८ जना रहेकोमा दुई सय ४६ जनाले कोरोना विरुद्धको लडाई जितेका छन् । सक्रिय संक्रमित मध्य नौ जनालाई जिल्ला बाहिर रिर्फर गरिएको छ । दुई जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमित मध्य केही होम आइसोलेशन र अस्पतालका आइसोलेशनमा रहेका छन् ।

जाजरकोट अस्पताललाई हाल कोभिड अस्पताल बनाईएको छ । जिल्लाभर एक सय तीन ओटा आइसोलेशन बेड, तीन वटा आइसीयु कक्ष, एक भेन्टिलेटर कक्ष, अक्सिजन सिलिन्डर संख्या ५४, एचडीयु वेड एक, अक्सिजन सहितको आइसोलशन ३३ वेड, साधारण आइसोलेशन ७० रहेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको दैनिक प्रतिवेदनमा उल्लेख छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya