लहँमा लम्पीस्किन रोगले ३७ गाईगोरु मरे

हेमन्तकुमार खत्री । जाजरकोट

जिल्लाको नलगाड नगरपालिका ४ मा लम्पी स्किनको संक्रमणबाट मृत्यु हुने पशुको संख्या ३२ पुगेको वडा अध्यक्ष बद्री पन्तले बताए । साउन २४ गतेसम्मको विवरण अनुसार गोरु २१ वटा गाई ९ वटा र ३ वटा बाच्छाबाच्छी मरेको वडाले जानकारी दिएको छ । लहँका किसानले पालेका तीन सय बढी पशु प्रभावित भएका थिए ।

लम्पी स्किनका कारण गाई गोरुको छालामा गिर्खा निस्किने, ज्वरो आउने,सीथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसान गणेशबहादुर थापाले बताए । यो रोगबाट सिमाऔल, बाउसेखोला, माझगाउँ, भात्चिउरा, कोठीगाउँ मान्चौरमा सबैभन्दा धेरै गोरु र गाई प्रभावित भएका वडा अध्यक्ष पन्तले जानकारी दिए ।

bhumi-sanrakshyan

यसबाट औलका धुव्र रावलको १ वटा गोरु, बिष्णु रावलको गाई र बाच्छी, ललित थापाको १ वटा गोरु, बाउँसेखोलाका धनबहादुर बोहराको गोरु १ वटा, सितली रावलको १ वटा गोरु, नैनबहादुर बुढाथोकीको बाच्छी १ वटा, खदल खड्का गोरु १, लक्षे दमाईको गोरु १, उर्मिला रावल गोरु १, गणेशबहादुर थापा गोरु १, महेन्द्रबहादुर रावल गोरु २, टसी कामी गोरु १, माया रावल गोरु १, बमबहादुर रावल गाई ३, केशरा गौतम गाई १, गोवर्धन वली गोरु १, हात्तीराम सार्की गोरु २, गाई १, जयबहादुर सार्की बाच्छी १, बलबहादुर सार्की गोरु १, जयबहादुर विक गोरु १, जयन्ती थापा गोरु १, कृतिबहादुर रावल गोरु १, शेरबहादुर रावल गोरु १, जानका वली, राजु वली, ललित वली लगाएत किसानहरु गोरु मरेपछि निरास भएका छन । उनीहरु भन्छन सरकारले हामीलाई राहतको व्यवस्था गर्नु पर्छ । जोत्ने समयमा गोरु मरेका छन कसरी खेतीपाती लगाउने हो महेन्द्र रावलले भने ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya