सहदेव बस्नेत । जाजरकोट,
बुवा, आमाको किरीया छोराले मात्र गर्ने सामाजिक संस्कार छ । तर भेरी नगरपालिका १ कोल्चौरमा पहिलो पटक आमाको कीरयिामा छोरी बस्नु भएको छ । आमा सर्मीला विक को ५२ वर्षको उमेरमा निधन भए पछि आफ्नो भाई सँगै छोरी सीर्जना विक पनि कीरीया मा बस्नु भएको हो ।
गाउँमा पहिलोपटक छोरी कीरीया बस्दा सवै जना आस्चर्य मानेर हेर्न आउने हरुको घुँइचो लाग्ने गरेको छ । स्थानीय धर्मराज परियारले गाउँमा पहिलो पटक छोरी पनि छोरा सरह काम गर्न सक्छन भन्ने उदाहरण बनेको बताउनु हुन्छ ।
हिन्दुु संस्कार अनुसार
छोरा ले मात्र वुवा आमाको मत्यू पश्चातको सवै काम गर्ने हो भन्ने मान्यता लाई आफुले बदल्ने साहस गरेको सीर्जना बताउनु हुन्छ । सवै जनाले छोरा ले मात्र हो काज कीरीया गर्ने भन्ने मान्यता राखेकाले छोरीले पनि गरेर देखाउँछन भन्ने मान्यता आफुले स्थापीत गरेको सर्मीलाको भनाई छ ।
भेरी नगरपालिका १ का दलीत अगुवा मधुकर नेपाली आफुले आफ्नो गाउँ घरमा यो हाल सम्म छोरीले कीरीया गरेको नदेखेको बताउनु भयो । समयक्रम बदलीय सँगै संस्कार पनि वदलीनु स्वभाविक रहेको नेपालीको भनाई छ ।
आमाको किरीया गर्दे छोरी सीर्जना

