युनियनको अध्यक्षमा बासुदेव शर्मा निर्विरोध निर्वाचित

हेमन्तकुमार खत्री । जाजरकोट,
नेपाल प्रेस युनियन जाजरकोट शाखाको अध्यक्षमा पत्रकार बासुदेव शर्मा निर्विरोध निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अबिधेशन तथा ११ औं साधारण सभाले शर्माको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । बुधबारदेखि सुरु भएको प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अबिधेशन बिहिबार सम्पन्न भएको हो ।

जिल्ला अधिवेशनले उपाध्यक्षमा सुशिल सिंह तथा महिला उपाध्यक्षमा टुकमाया घर्ती, सचिवमा डिल बहादुर खत्री, कोषाध्यक्षमा निरोज विश्वकर्मा र सहसचिवमा रोशना कुमारी सिंहलाई अधिवेशनले निर्विरोध निर्वाचित गरेको छ । सदस्यहरुमा हेमन्तकुमार खत्री, प्रकाश रोकाय, प्रेम बिसी, करिजा खड्का र भीम बहादुर खड्कालाई निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत हरिबहादुर बस्नेतले बताए ।

नेपाल प्रेस युनियनको विधानले गरेको व्यवस्था अनुसार नवनिर्वाचित जिल्ला कार्यसमितिको बैठकबाट दुई जना सदस्यलाई मनोनित गर्ने व्यवस्था छ । कार्यसमिति चयनका लागि सहजिकरण गर्न पार्टी सचिव तेजविक्रम शाह, युनियनका पुर्व अध्यक्ष जनक केसी र युनियनका अध्यक्ष बालकुमार शर्मा सहितको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको सिफारिस अनुसार युनियनको नयाँ कार्यसमिति चयन गरिएको युनियनका केन्द्रिय प्रतिनिधी प्रवीर ददेलले बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya