सहदेव बस्नेत । जाजरकोट
कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई अव उत्पादनको आधारमा प्रोत्साहन रकम वितरन गरिने वताउनु भएको छ । साथै किसानहरु लाई उनिहरुको घरवारीमै गएर सम्मान गरिने पनि मन्त्री शर्माले बताउनु भएको छ ।
विहीबार कृषि विकास कार्यालय जाजरकोटको आयोजनामा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार तथा प्रोत्साहन रकम वितरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।
‘आज मलाई गर्वको महसुस भईरहेको छ’ उहाँले भन्नु भयो, ‘यहाँ आएर किसानलाई सम्मान गर्ने अवसर प्राप्तभयो । मलाई लाग्थ्यो मन्त्रीलाई किसानले मात्र सम्मान गर्ने हामी कहिले गर्ने पाउँदैनौं आज त्यो अवसर प्राप्त हुदा म निकै खुशी छु ।’ आगामी दिनमा किसानको खेतवारीमै गएर सम्मान गर्ने वातावरण मिलाउन मन्त्री शर्माले आग्रह समेत गर्नु भयो ।
अहिलेको सरकाले किसानका लागि तालिम भवनको हलमा कार्यालयमा नभएर फिल्डमा गएर गर्नु पर्ने नीति ल्याएको समेत जानकारी दिनु भयो । कर्णाली प्रदेश सरकारले उत्पादन एक, स्वामित्व अनेक सहितको नारा लगाई किसानले उत्पादीत उपजको बजारको समस्या हल गरिने मन्त्री शर्माको भनार्य थियो ।
मन्त्री शर्मा सँग किसानहरुले आफुहरु लाई अहिले पनि डोको बोकेर ग्राहकको घरघर सम्म पुगेर उत्पादीत बस्तु विक्री गर्नु पर्ने समस्या रहेकाले संकलन केन्द्रको व्यवस्था गर्न माग गरेका थिए । साथै तरकारी को लागि वजारको ढुवानीको व्यवस्था गरिदिनु हुन समेत माग गरेका थिए ।
किसानहरुको समस्या सुनिसकेपति मन्त्री शर्माले जिललामा कृषी उपज ढुवानीका लागि नेपाल सरकारको सहुलीयत अनुदानमा खरीदमा आएका गाडिहरुको विवरन वुझी व्यवस्था मिलाउन कार्यालयलाई निर्देसन दिनु भएको छ । त्यसै गरि जिल्लामा निर्माण भएका संकलन केन्द्र र चिस्यान केन्द्र तत्काल कृषकको हितमा उपयोगमा ल्याउन समेत मन्त्री शर्माको निर्देशन रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार तथा प्रोत्साहन रकम अन्तरगत बेमौसमी तरकारी खेतिमा आधारित कृषक प्रोत्साहन तर्फ १९ जनालाई प्रति व्यक्ति २० हजार रुपियाँका दरले वितरन गरिएको थियो । कलमी विरुवा विक्री परिमाणका आधारमा ७ जना कृषकलाई ९ हजार देखि १ लाख रुपियाँ सम्म वितरन गरिएको थियो ।
त्यस्तै मुख्यमन्त्री उत्कृष्ट कृषक सम्मान तथा पुरुस्कार तर्फ ४ जना किसान लाई प्रति िकिसान १० हजार रुपियाँ र १ वटा सहकारीले १० हजार रुपियाँ पाएका छन ।


