यात्रु सहायता कक्ष स्थापना

टुकमाया घर्ती

असाेज १५ जाजरकोट

जिल्ला प्रहरी कार्यालय जाजरकोटकाे सहयाेगमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ . नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवात जावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने भएकाेले यसबाट यात्रुहरुकाे समस्या समाधानका लागि स्थापना गरिएको छ ।

bhumi-sanrakshyan

बसपार्क, बजार क्षेत्रका टिकट, काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रुहरु ठगिने, कार्यलाई नियन्त्रण र नागरिकका पिर मर्का तत्काल सुनुवाई गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देेवकाेटाले जानकारी दिनुभयाे।, जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको संयुक्त आयोजनामा असाेज १५ गते भेरी नगरपालिका ४ शान्ति चाैतारामा कार्यालय राखिएको हाे ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अतिथ्यता रहेकाे थियोे त्यसैगरि कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख नायव उपरीक्षक मदु कुमार थापा ज्यु,जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख प्र.स.नि. धनिदत्त जोशि ज्यु ,नागरिक अगुवा ,राजनितिदलका प्रतिनिधि ,पत्रकार,सामाजसेवि,बुद्दिजिवि, यातायात ब्यबसायी, सवारी चालक सहचालक, यात्रुहरु, स्थानिय नागरिक, प्रहरी लगाएतको सहभागितामा रहेकाे थियाे नागरिक वा यात्रुहरुलाई कुनै पनि समस्या परेमा वा गुनासाेकाे लागि कार्यालय सम्पर्क नम्बर ०८९-४३००१२ र कार्यालय.प्रमुखकाे माेबाइल नम्बरमा -९८४३१६५६९९ फाेन गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya