रेडपाण्डाको छाला सहित घर्ती पक्राउ

राजेन्द्र कार्की
जाजरकोट १२ भदौ
विश्वमै दुर्लभ रेडपाण्डाको छाला सहित जाजरकोटमा एक जना पक्राउ परेका छन् । रेडपाण्डा ( हाव्रे ) का दुई थान छाला सहित जाजरकोट छेडागाड ५ का ६२ बर्षिय रामबहादुर घर्तीलाई प्रहरीले थलहबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका घर्तीलाई राष्टिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९ अनुुसार दुर्लभ बन्यजन्तु ओसापसार कसुर सम्बन्धी मुद्धा चलाउने तयारी भैरहेको डिभिजन बन कार्यालयका रेञ्जर पुर्णबहादुर चन्दले बताए । घर्तीलाई अनुसन्धानका लागी जिल्ला अदालत जाजरकोटले तीन दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको चन्दले बताए । कसुर ठहरिए एक देखी १० बर्ष सम्म कैद वा दुई लाख देखि १० लाख सम्म जरिवाना वा दुवै सजाय हुने ब्यवस्था उक्त ऐनमा गरिएको रेञ्जर चन्दको भनाई छ ।

जाजरकोटका कुशे, जुनीचाँदे र बारेकोटमा पाईने रेडपाण्डाको चोरीशिकारी गरि छाला विक्रि गरेर रेडपाण्डा लोप हुने अवस्थामा पुगेपछि डिभिजन बन र प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya