त्यो एउटा रहस्यमय नरसंहार थियो । यसमा म ज्ञानेन्द्र र पारसलाई दोष दिन्नँ, यसका मुख्य योजनाकार भारत, अमेरिका, युरोपेली युनियन तथा नेपाली राजनैतिक दलका केही नेताहरू थिए । किनभने राजा वीरेन्द्रले भारतको नोकर बन्न चाहेनन्, युरोपेली युनियन र अमेरिकाले स्वतन्त्र रूपमा धर्म प्रचार गर्न पाएनन् । यो घटनाको छानबिन गर्ने तागत कसैमा छैन । त्यो नेपाल र नेपालीका लागि अत्यन्त दुःखद र कालो दिन थियो ।
राजन भट्टराई
दरबार हत्याकाण्ड तत्कालीन संसद्वादी दलको संरक्षण एवं सिआईएको सहयोगमा रअले गरेको अन्तर्राष्ट्रिय अपराध हो । यो अपराधका लागि तत्कालीन नेताहरूलाई केन्द्रमा राखेर छानबिन गरिनुपर्छ ।
रेशम अधिकारी
यो आफू राजा बन्न गरिएको ग्रान्ड डिजाइन हो ।
देवान लुङगेली
ज्ञानेन्द्र विदेशी डिजाइनमा फसेका हुन् । उनी निर्दोष छन् ।
आनन्द आनन्द
नेपालमा शान्ति चाहने राजा वीरेन्द्रले तत्कालीन माओवादीसँग वार्ता गरी सम्पूर्ण समस्या समाधान गर्न चाहेका थिए, तर केही तत्वले नेपालमा अशान्ति चाहेका कारण उनको हत्या भएको हो । फलस्वरूप आज नेपालमा भाँडभैलो भैरहेको छ ।