विद्यालय स्तरीय प्रतिभा पहिचान प्रतियोगितामा नलगाड प्रथम

राजेन्द्र कार्की । जाजरकोट

सामाजिक विकास कार्यालयको आयोजनामा विद्यालय स्तरमा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विज्ञान सामग्री प्रदर्शनी प्रतियोगिता जाजरकोट खलंगामा सम्पन्न भएको छ । प्रतियोगितामा नलगाडको विरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लु प्रथम भएको छ । भेरी नगरपालिकाको त्रिभुवन मावि खलंगा द्धितिय र छेडागाड नगरपालिकाको जनप्रिय मावि दशेरा तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार नगद सहित प्रमाणपत्र, द्धितिय हुने टिमलाई नगद १५ हजार सहित प्रमाणपत्र र तृतिय हुने टिमलाई नगद १० हजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको सामाजिक विकास कार्यालयका अधिकृत जगदीस न्यौपानेले बताए । ९ र १० कक्षामा अध्ययनरत छात्रछात्राले विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । भेरी नगरपालिकाका स्रोत ब्यक्ति प्रेम केसी, सामाजिक विकास कार्यालयका ईन्जिनियर प्रेमबहादुर वि.क र मालिका कम्प्युटर इन्सिटिच्युटका हेमन्त कुमार खत्री रहेको निर्णायक मण्डल रहेको थियो ।

bhumi-sanrakshyan

सामाजिक विकास कार्यालयका प्रमुख दशरथ लामिछानेको अध्यक्षतामा त्रिभुवन माविको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंह, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लक्ष्मी भण्डारी, जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी लगायतले विद्यार्थीको प्रतिभा पहिचानमा यस्ता कार्यक्रमले टेवा पुग्ने विश्वास गरेको छन् । जिल्लामा प्रथम हुने टिमलाई अगामी २४ जेठमा सुर्खेतमा हुने कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा सहभागिताका लागि छनौट गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya