May 21 - 2024, Tuesday७ जेष्ठ २०८१, सोमबार

नेपाली समाज र राज्यको दायित्व

प्रेम बहादुर शाही,

समाज भन्ना बित्तिकै दुई वा दुई भन्दा बढी घर परिवार एक आपसमा मिलि बसोबास गरेको स्थानलाई समाज भनेर बुझिन्छ । वर्तमान समयमा बिश्व स्तरको समाज र नेपाली समाजको आ आफ्नै विशेषताहरु छन हरेक समाजलाई गतिशील बनाउन , मानव जातिले अग्रसर भएर आफ्नो गतिविधि गरिरहेको छ ।
बिशेश गरि नेपाली समाजका आ आफ्नै विशेषताहरु छन र समाज बिकासका आ आफ्नै चरणहरु छन र समाज छोटै समयमा पनि अग्रगमनको दिशा बाट अगाडी बढिरहेको छ तर दास युगको अन्तिम देखि सुरु भएको नेपाली सामाज समान्तवादको आयम सङ्गै शासकहरुले आफ्नो बिरोध गर्नेहरुलाइ सामाजिक बहिष्कार गर्ने सजाय दिलाए पछि त्यसको नयाँ रुपमा बिकास भयो अछुत जात त्यस मात्र पुगेन पछि शासकहरुले आफ्नो सत्ता संचालनलाई सहज बनाउन अछुत बाट पनि कामको आधारमा जातको बिभाजन गरे पछि त्यसको प्रभाव वर्तमान समयको २१ औ सताब्दिको समाजमा पनि कायम नै छ समाजमा देखिएका तमाम खालका समस्या को विरुद्ध निर्मम  प्रकारका बलिदान पुर्ण संघर्षहरु रानाहरुको विरुद्धको संघर्ष मा मात्र हजारौं जनाले बलिदान गर्ने पर्ने भयो त्यो संघर्षको एउटा् उद्देश्य थियो त्यो हो समाजमा एउटा् यस्तो समस्या छ त्यो हो मानव असमानता , र वाक स्वतन्त्रता मा प्रतिबद्ध त्यो लडाइ मा नेपाली जनताको सफलता भए र नेपाल मा प्रजातन्त्रको स्थापन भयो  ।
प्रजातन्त्र स्थापन पछि नेपाली समाजमा केही युगान्तकारी परिवर्तनहरु भए जस्तै राज्य सत्ता लाई जनता सङ्ग जोडन सुचना को अधिकार जनतालाइ प्रत्याभूति दिलाउन पहिलो उपलब्धि रेडियो नेपालको स्थापन देखि समुदायमा महिला लाई फरक दृस्ठिकोण हेरिन्त्यो सत्ता संचालनाम सहभागीता धेरै टाढाको बिसय भयो मतदानको अधिकार सम्म दिइएको थिएन प्रजातन्त्रको स्थापन पछि सत्ता संचालनमा महिला सहभागिताको ढोका खोली दियो र २०१० सालमा सम्पन्न नगर पालिकाको निर्वाचन मा साधना प्रधान निर्वाचित हुनु भयो र महिलालाई मतदान लगाएत सत्तामा पनि सहभागी हुने वातावरण निर्माण प्रजातन्त्रको उपलब्धि हो ।त्यति मात्र होइन २०१५ सालको आम निर्वाचन मा द्वारिका देबि ठकुरानी प्रतिनिधि सभा सदस्य मा निर्वाचित हुनुभयो र नेपाल् समाज रहेका तमाम समस्या लाई सत्ता सङ्ग जोड्ने काम भयो समाजिक रुपमा दलित समुदाय लाई  वि.स १९९० साल अछुत भनेर लेखिएको एन लाई पनि सामाजिक रुपमा दलित समुदाय को मानव अधिकार उल्लंघन हुने गरि छुवाछूत गर्न नपाइने व्यबस्थाको गरियो र प्रजातन्त्र स्थापनै नेपाली समाजले बिकासको रुप लिएको हो ।
शिक्षामा समानता , स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुग्ने अस्पताल को निर्माण , सामाजिक सुरक्षाको लागि नेपाल् प्रहरी संगठको स्थापन विभिन्न राष्ट्रिय गौरबका आयोजना को निर्माण लगाएत सम्पुर्ण बिकासको ढोका खोलिदिएको हो प्रजातन्त्रले तर   वि . स २०१७ सालमा राजा महेन्द्र शाहले प्रजातन्त्रको कु गरे प्रसाद फेरि परिवार केन्द्रित सत्ता संचालन सुरु भयो र जनताको सम्पुर्ण सपना राजा महेन्द्र मा केन्द्रित हुना पुगे र त्यस पछि देश मा विभिन्न उतारचढाव हरु भए नेपाली काङ्ग्रेसको नेतृत्व मा प्रजातन्त्रको निम्ति भुमिगत लडाइको सुरुवात भयो हजारौं नेता कार्यकर्ता लाई को हत्या ,गिरफ्तार , अपहरण र जेल  लाई निर्मम हर्कत गर्यो राज्य सत्ताले तर सत्यको लडाइ रोकिएन बि. पि को ८ वर्षको जेल जीवन गिरिजा प्रसाद कोइराला को नेतृत्व मा जहाज अपहरण , मातृका को जेल जीवन विभिन्न घटना परिघटनाको बिचमा पन्चायत विरुद्ध को आन्दोलन निरन्तर अगाडि बढिरहयो अन्ततः नेपाली काङ्ग्रेस को नेतृत्व मा २०४६ सालमा पन्चायत सदाको लागि बिदा भयो र नेपाल् समाज थप बिकास उन्मुख तिर गयो ।
तर जसरी अधिकार संविधानमा लेखिन्छ त्यसरी नै सत्ता र सरकार जनताको बिचमा गएर अधिकारको बिसयमा जनताले बुझाउन र जगाउन सकिएन भने त्यो अधिकार ले त्यति काम गर्दो रहेन्छ ।
संविधान मा जनताको अधिकार लेखिने तर त्यो अधिकार् राज परिवार मा मात्र केन्द्रित हुने प्रत्यक्ष जनताले त्यसको प्रत्याभूती गर्न नसक्ने परिस्थिति निर्माण भयो ।
फेरि राजतन्त्र को विरुद्ध विभिन्न निर्मम संघर्ष र आन्दोलनको सुरुवात गरियो र ३०६२/ ६३ को सात दलिय मोर्चा बन्दिको जन आन्दोलनले नेपाल् समाजमा एउटा् लोकतान्त्रिक गणतन्त्र को नयाँ व्यवस्था प्राप्ति भयो र हामी त्यही व्यवस्था को सचेत नागरिक हौ।
आज लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भित्रको नेपाली समाज नितान्त नयाँ पनको पर्खाइमा छ र आफ्नो गतिमा नयाँ पन पनि छाहिरहेको छ ।
तर आजको विश्व समाज र नेपाली समाजमा अलि अन्तर देखिन्छ ।
जातीय छुवाछूतले अहिले पनि आफ्नो स्थानको जरा अड्याइ रहेको छ ।समाजमा बोलिमा समानता हुदैमा छुवाछूत अन्त्य भएको हुदैन ।
दलितको हातको पानी खादैमा छुवाछूत अन्त्य भयो कसैले भन्छ भने यो मुर्खता हो किन भने त्यतिले मात्र पुग्दैन छुवाछूत तब मात्र अन्त्य हुन्छ जब दलितको छोरी बाहुनको घरको आगनमा  परम्परागत रुपमा बिवाहा को टिकाटाला हुन्छ । अब यो समयमा जातिय विरुद्धको लडाइ अब कसैले गर्छु भन्छ भने नयाँ अभियान सुरुवात गर्नु पर्छ र राज्यले पनि सोही अनरुपको बैज्ञानिक कार्य योजना र नीति निर्माण गर्न जरुरत छ ।
अर्को महिला अधिकार
आज हामी संविधानको किताब मा महिलाको हक सम्बन्धि एन अध्ययन गर्न सक्छौ आज लोकतन्त्र को एउटा् महान उपलब्धि पनि हो तर आज ६० प्रतिशत नारी लाई अधिकारको बिसयमा ज्ञान् छैन त्यति मात्र होइन ७० प्रतिशत नारी लाई राष्ट्रिय राजनीति , ज्ञान् बिज्ञान सम्बन्धि ज्ञान् छैन त्यस कारण अधिकार लेखिने सङ्गै तल जन लेवल मा सचेतता र बुझाउने कुरा पनि मुख्य हुना आउदो रहेछ । वर्तमान नेपाली समाजमा एउटा् अर्को बिसयले बिकराल रुप लिने संकेत देखा परेको छ बिश्वमा संचार जगतको बिकास सङ्गै नेपाली समाजमा त्यसको विकृत रुप देखा परेको छ आज हरेक नागरिक आफ्नो जिवन , ज्ञान् , सद्भाव , समाज , रिति रिवाज , सस्कार सस्कृती , र आफ्नो परम्परा बाट टाढा हुन खोज्दै छ ।त्यति मात्र होइन  तर मान्छे टिक टकमा समय बिताइरहेको छ यो एउटा् विकृत रुपमा सूचना संचारको ठिक समयमा ठिक तरिकाले प्रयोग गर्नु आजको आवश्यकता हो त्यसमा हामीले ध्यान दिन जरुरत छ ।आज बिश्व समाज हाम्रो समाज भन्दा अलि धेरै टाढा गरेको अनुभुती भैरहेको छ त्यो पनि होइन बिश्व मा हाम्रो समाज भन्दा धेरै निम्न स्तर का पनि छन र तिनीहरु को पनि आफ्नो गतिमा बिकास भैरहेको छ ।
र हाम्रो नेपाली समाज कछुवा को गतिमा बिकासमा तिब्रता लिने होइन यो मृगको बेग सङ्ग तुलना गर्ने लायक बनाउनु छ र राज्य सत्ता र सचेत युवाहरुले बिशेश ध्यान दिन जरुरत छ ।अब हामी ले समाजमा नयाँ सोच का साथ काम गर्नु पर्दछ ।
शिक्षा मा आमूल परिवर्तन जस्तै उत्पादन सङ्ग केन्द्रित शिक्षा नितिको बिकास गरि कक्षा १० सम्मा विद्यार्थी जाने उम्मेर सम्मा बिसिक ज्ञान् सबै प्राप्त गरिसकेको हुने शिक्षा नितिको बिकास गर्नु पर्छ ।र नितान्त श्रम र उत्पादन सङ्ग मात्र जोड्नु पर्छ जातीय भेदभाव लाई समाप्त पार्न एउटा् सास्कृतिक अभियान संचालन गर्नु पर्छ ।
हुने खाने र हुदा खाने बिचको खाडल लाई पुर्न राष्ट्रिय पुजिको बिकास तथा सामुहिक उत्पादन मा केन्द्रित हुनुपर्छ र हरेक समाजको सोच सामुहिक उत्पादन र सामुहिक श्रमको बिकास नै समाज बिकासको मुख्य आधार हुन ।अन्तमा नेपाली समाजको सास्कृती सस्कार रिति रिवाज चाल चलन नेपाली सम्प्रदाय र भौगोलिक बनावटको आधार मा बिकास भएको छ त्यसैले आज पनि केही बस्तीहरु सजिलै चाहेर पनि बिकास हुना सकिरहेका छैन्न ती बस्तीहरुलाइ राज्यले बैज्ञानिक अध्ययन गरि एकीकृत बस्ती निर्माण गर्न जरुरत छ ।उत्पादन भुमी कम भएका दुरदराज बस्तीहरुलाइ एकीकृत बस्ती निर्माण गरि ती पुरानो बस्तिलाइ राष्ट्रिय निकुञ्ज र पशुपालना मात्र प्रयोग गर्ने हो भने पनि नेपाल बिकासको गतिमा अगाडि बढ्छ ।
तराई क्षेत्रको  उर्भर खाली जमिनलाई एकीकृत बस्तुमा बिकास गरि आम नागरिक लाई उत्पादन सङ्ग जोड्ने हो भने नेपाली समाज तिब्र गतिमा बिकास हुन समय लाग्दैन ।
धन्यवाद  .
( लेखक नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य हुनुहुन्छ । )

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad