May 11 - 2024, Saturday२८ बैशाख २०८१, शुक्रबार

जाजरकोटमा चार जना वडाध्यक्ष स्वतन्त्र निर्वाचित

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा चार जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका दुई, नेकपा एमालेका एक र नेकपा माओवादी केन्द्रका एक जनाले विद्रोह गदै स्वतन्त्र हैसियतमा वडाध्यक्ष पदमा विजयी भएका हुन् ।

कुशे गाँउपालिका २ बाट मानबहादुर सिंह स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका हुन् । उनी यस अघि नेपाली काँग्रेसमा आवद्ध थिए । त्यस्तै नलगाड नगरपालिका ११ मा स्वतन्त्र उम्मेदवार लालबहादुर बानियाँ विजयी भएका छन् । उनी पनि यस अघि नेपाली काँग्रेसमा आवद्ध थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र हैसियतमा चुनाव लडेका थिए । त्यसैगरी एमालेबाट टिकट नपाएपछि स्वतन्त्र हैसियतमा चुनाव लडेका कुशे गाँउपालिका ५ को वडाध्यक्षमा हरिबहादुर सिंह विजयी भएका छन् । बारेकोट गाँउपालिका ७ मा स्वतन्त्र हैसियतमा चुनाव लडेका विशाल किरण बस्नेत पनि निर्वाचित भएका छन् । माओवादी केन्द्रले टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad