पाँचतारा र सेभ द चिल्ड्रेनद्धारा ६ लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण

प्रवाह संवाददाता । जाजरकोट

सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्चले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । करीव ६ लाख मूल्य बरावरका विभिन्न स्वास्थ्य सामग्री आइतवार हस्तान्तरण गरिएको हो ।

 

bhumi-sanrakshyan

एक सय ५० सेट पिपिई, दुई सय ५० पिस भिटिएम किट, एक हजार दुई सय ग्लोब्स, पाँच सय एमएलका सेनिटाइजर ४० पिस, युटिलिटी ग्लोब्स १० जोडा, थर्मोमिटर, पोष्टर लगायतका सामग्री निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक टिकाराम जैसीलाई हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका कार्यकारी निर्देशक छवि पन्तले बताए ।

 

यस अघि पनि पाँचताराले अक्सिजन सिलिन्डर रिफिल गर्नका लागि १५ हजार रुपैया स्वास्थ्य सेवा कार्यालयलाई सहयोग गरेको थियो । महामारी नियन्त्रणमा हातेमालो गर्न र थोरै भए पनि सहयोग पुरयाउन सामग्री सहयोग गरिएको कार्यकारी निर्देशक पन्तले बताए । स्वास्थ्य सेवा ब्यवस्थापक जैसीले संकटको बेला अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेकोमा पाँचतारा र सेभ द चिल्डे«नलाई धन्यवाद दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya