जाजरकोटमा हतियार सहित एक युवक पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा हतियार सहित एक युवक पक्राउ परेका छन् । लुकाई छिपाई राखेको एयरगन सहित बारेकोट गाँउपालिका १ बयाला निवासी २३ बर्षिय दिपेन्द्र बस्नेत पक्राउ परेका हुन् । अवैध हतियार लुकाई राखेको विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरीले विहिवार बस्नेतलाई हतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला अदालत जाजरकोटले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी बसन्तकुमार शर्माले जानकारी दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya