जनक के.सी.,
केहि दिन पहिले कक्षामा पढाउने वेला एउटा सन्दर्भमा एक जना विद्यार्थीले मलाइ प्रश्न गरे – सर पहिलेका मान्छेहरु ५ कक्षा पास गरेर पनि सक्षम शिक्षक वन्न सक्थे, ८ कक्षा १० कक्षा पढेकाहरु पनि स्थायी जागिर खाएर योग्य र दक्ष शिक्षक कर्मचारी वन्न सक्थे तर आज भोलिका विद्यार्थीहरु ठुलो कक्षा पास गरे पनि किन यस्ता कम्जोर भएका हुन्छन् ?
त्यसपछि मैले उनको प्रश्नको जवाफ दिदै भनेँ–पहिलेका विद्यार्थीहरु निकै दुख गरेर पढ्थे, विद्यालयमा शिक्षकले दिएको गृह कार्य र घरमा वुवाआमाले दिएको काम निकै मेहनतका साथ पुरा गर्थे । आफुले गर्नुपर्ने काममा रुचि राख्थे अल्छी गर्दैनथे । विद्यालयमा नपढे शिक्षकले गाली गर्छन् पिट्छन् भनेर डर मान्थे । घरमा काम नगरे वुवाआमाले गाली गर्छन् पिट्छन् भनेर डराउथे अनि वेसरी दुख र मेहनत गर्थे ।जीवनका हरेक क्षेत्रमा अनुशासनको ख्याल गर्थे ।
यस्तै ज्ञान र सीप अनि क्षमतालाइ कडा मेहनतले निखार्थे । त्यसैले उति वेला ५ कक्षा पढेर पनि योग्य र सक्षम शिक्षक वन्न सक्थे। यति मात्र होइन ५ कक्षा पढेर पनि तमसुक, निवेदन, मुद्धा लगाएतका लिखतहरु आफैले तयार पार्न सक्थे । दिनरात कडा मेहनत गरेर आफनो काम कर्तव्य र जिम्मेवारीलाइ पुरा गर्थे ।
तर आज भोलिका विद्यार्थीहरु दुख र मेहनत गर्न मान्दैनन् । मोवाइलमा गेम खेल्न, फिल्म हेर्न र सामाजिक सन्जालमा व्यस्त हुन मात्र रुचि गर्छन् ।आफनो काममा रुचि राख्दैनन् ।घरमा आमा वुवाले काम लगाउदा रिसाउछन् । विद्यालयमा शिक्षकले केहि भन्दा या सम्झाउदा रिसाउछन् अनि अह्राएको काम गर्न झ्याउ मान्छन् ।
आफैले रुचिका साथ ५ मिनेट पनि घरमा या अन्य खाली समयमा पढ्ने, दुख गर्ने अनि मेहनत गर्ने गर्दैनन अनि कसरी तगडा हुन्छन् त आजभोलिका विद्यार्थीहरु ?
मेरो लामो जवाफ सुनेर उनीहरु एक छिन भावुक जस्तै वने । शान्त वनेर एकछिन चुप लागे पनि । अनि फेरि कुरा अघि वढाउदै मैले भनँे । आज भोलिका विद्यार्थीहरु र वालवालिका अनि किशोर किसोरीहरु आफुलाइ जन्म दिने वुवाआमाको डर अनि धक मान्दैनन् । विद्यालयमा पढाउने शिक्षक शिक्षिकाको डर धक मान्दैनन् अनि उनीहरुले समाजमा कसको डर मान्ने हुन त ?जव जन्म दिने हुर्काउने पाल्ने वुवा आमाकै डर नमान्ने, पढाउने सिकाउने शिक्षकको डर नमान्नेले, परिवार र समाजका अग्रजहरुको डर नमान्ने भएपछि उनीहरुले कसको डर भर मान्छन त ? भनेर मैले भन्दै गर्दा उनीहरुको अनुहारको भाव फेरि वदलिएर गम्भीर वन्यो ।
मैले फेरी उनीहरुलाइ भनेँ –प्रविधिको गलत प्रयोग गरेर, आफुमा भएको सीप, सिर्जना र सम्भावनालाइ प्रविधि र आधुनिकताको जालोमा वेरेर नयाँ पुस्ताले आफुलाइ एक्लो र असामाजिक वनाउदैछन् । यसले कसैलाइ पनि राम्रो गर्नेवाला छैन ।
विद्यार्थीले मलाइ सोधेको प्रश्न र अहिले सवैले देखेको र वुझेको हाम्रो सामाजिक यथार्थतालाइ हेर्ने वुझ्ने हो भने नयाँ पुस्ताका केहि व्यक्तिहरुले पनि आफैलाइ केहि प्रश्नहरु गरिरहेका छन् भन्ने देखिन्छ ।
यस्तै पुरानो पुस्ताले पनि नयाँ पुस्तालाइ कसरी सँस्कारी, सक्षम र सवल वनाउने भनेर चिन्ता गरेको देखिन्छ । नयाँ पुस्ता खास गरि जीवनमा दुख,मेहनत र सामाजिक सँस्कार अनि व्यवहारवाट किन टाढिन खोज्दैछ भन्ने विषयलाइ यथार्थताका साथ छलफल गर्दा केहि गम्भीर चिन्ताका कुराहरु पनि आउछन् ।
अहिलेका सवै जसो विद्यार्थीहरुमा न कुनै शारीरीक परिश्रम, न कुनै मेहनत न कुनै दुख गर्ने वानी न कुनै सँस्कार देखिन्छ यो व्यवहारले जीवन निर्वाहको लागि उनीहरुमा आत्मनिर्भरताको चिन्ता र सामाजिक व्यवहार सुन्यतिर झर्दै गरेको प्रष्ट छ । सुचना र प्रविधिको जानकारी र ज्ञानको अवसर प्रयाप्त पाएर पनि नयाँ पुस्ताका व्यक्तिहरुको सिर्जनात्मकता, दुख मेहनत र आत्मनिर्भताको पक्ष भने कम्जोर छ ।
घरका वुवा आमाले थर्काउने, कचकच गर्ने मेरै लागि हो । विद्यालयमा शिक्षकले पिट्ने, गाली गर्ने सम्झाउने पनि मेरै लागि हो समाजका अग्रजहरुले सिकाउने पनि मेरै लागि हो भनेर सकरात्मक रुपमा अहिलेका विद्यार्थी र वालवालिकाहरुले सोच्दैनन् अनि कसरी उनीहरुमा सिर्जनात्मकता जाग्छ? कसरी उनीहरुमा योग्यता, क्षमता र सीपको विकास भएर काविल व्यक्तित्व निर्माण हुन्छ त?जीवनमा सपना देखेर मात्र हुदैन ठुलो लक्ष राखेरमात्र हुदैन त्यो सपना र लक्ष प्राप्तगर्न त्यहि अनुसार मेहनत दुख गर्नुका साथै असल सामाजिक व्यवहार सँस्कार र अनुशासन सहितको विनम्रता चाहिन्छ भन्ने प्रेरणा र शिक्षा हाम्रा वालवालिका र स्कुले विद्यार्थीहरुले पाउनुपर्छ ।
आफनो जीवनका सवै कुरामा अरुको भर खोज्ने वानी उनीहरुमा वढ्दै गएको छ । परीक्षामा जिपीए मात्र धेरै ल्याए भइहाल्छ यसैले भोलिको भविष्य वन्छ भन्ने गलत भाष्य उनीहरुमा निर्माण भएको पनि पाइन्छ । पहिलेका विद्यार्थीहरुले सानै उमेरमा पनि घर भित्र र वाहिरको जिम्मेवारी र कर्तव्यलाइ एक्लै धान्न सक्ने आत्मविस्वास र क्षमता राख्थे । तर अहिले पसलमा गएर सावुन किन्न पनि गाह्रो मान्छन् । यो त भयो जीवनको क्षमता योग्यता र सीपको कुरा अहिलेका वालवालिका र जेनजी पुस्ताका युवाहरु र विद्यार्थीहरुले भुल्दै गएको अर्को निकै आवस्यक कुरा भनेको सँस्कार हो । अहिलेका नयाँ पुस्ताका वालवालिका हुन या युवा दुवैले सामाजिक व्यहार, सँस्कार सम्मान र मान मर्यादाका न्युनतम कुराहरुमा चासो दिन छोडेका छन् । अग्रजहरुसंगको विनम्रता, सम्मानजनक सामाजिक व्यवहार, अनुशासित अविवादन, गल्ती गर्दा डर मान्ने, सामान्य शिष्टाचारको रुपमा अग्रजहरुसंग भेट हुदा ढोग गर्ने, नम्रता प्रस्तुत गर्ने चलनमा धेरै कमी आएको देखिन्छ । यसले उनीहरुकै क्षमता योग्यता र सम्भावना माथि अप्ठेरो पर्छ भन्ने कुरा वुझेको देखिदैन ।
अघिल्लो पुस्ताका व्यक्तिहरु अहिले पनि आफनो अग्रज, गुरु अनि ठुलो नाता सम्वन्धका व्यक्तिहरु भेटिदा सम्मानजनक अविवादन, शिष्टाचार, ढोगभेट अनि विनम्रता प्रस्तुत गर्ने गर्छन् तर नयाँ पुस्ताका विद्यार्थी र किशोरकिशोरी र युवाहरु समाजका अग्रज र शिक्षक तथा ठुलो नाताका व्यक्तिहरुलाइ सम्मान गर्न ढोगभेट गर्न त्यति सचेत देखिदैनन् । यसले हाम्रो समाज विस्तारै अराजकता र असामाजिक स्वरुपमा ढल्कन लागेको होकि भन्ने चिन्ता पनि संकेत गर्छ ।
आधुनिकता र प्रविधिको प्रयोगको नाउँमा सामाजिक एकता सदभाव र मर्यादाका आधारभुत व्यवहार र सँस्कारहरुमा नयाँ पुस्ताले वेवास्ता गर्दै जाने हो भने भोलि यिनले आर्जन गर्ने समाज र जीवन कस्तो होला ? भोलिको यो समाज र हाम्रो सभ्यताको नैतिक र सामाजिक जग कति वलियो होला ? आजको नयाँ पुस्ताले पुरानो पुस्ताको राम्रो गुण र व्यवहार तथा चलनलाइ पछयाउन अनि अनुशरण गर्न सकेन भने भोलि यिनले आफनो आउने पुस्तालाइ दिने सँस्कार र व्यवहार के होला ?
पहिलेका मानिसहरुमा गाउँघरमा कसैलाइ दुख पर्दा कोहि आपतमा पर्दा सहयोग गर्ने, उच्च मानवता देखाउने र सामाजिक सद्भाव र सहकार्य उत्कृष्ट रुपमा देखाउने चलन थियो तर अहिले भने अरुलाइ दुखमा साथ दिने , समाज निर्माणका लागि सहकार्य गर्ने र आफनो जिम्मेवारी र कर्तव्य इमान्दारीताका साथ पालना गर्ने सवालका सिमा र व्यवहारहरु निकै खुम्चिदै गएका छन् ।
पहिले अग्रजहरु नजिक हुदा केहि गलत काम गर्न, ठुलो स्वरले कराउन, अराजकता देखाउन नयाँ पुस्ता डराउने गथ्र्याे तर अहिले नयाँ पुस्ताको अराजकता, अनुशासनहिनता र सँस्कारहिनता देखेर वावुआमा, शिक्षक र अग्रजहरु डराएर भाग्नु पर्ने अवस्था देखिन थालेको छ । उनीहरुमा वढ्दै गएको अराजकता, अहंकार, असामाजिक सोच र परनिर्भर व्यवहार स्वयम उनीहरुको लागि भन्दा वढी यो समाज र भावि पुस्ताका लागि खतरापुर्ण छ ।
यसरी सँस्कार सभ्यता जिम्मेवारी र दायित्व भुल्दै गएको नयाँ पुस्तालाइ घर परिवार विद्यालय र समाजले सहि प्रेरणा र मार्गदर्शन गर्न अति आवस्यक छ । घरमा पाहुना आएको वेला साना नानीवावुहरुलाइ नमस्कार गर्न सिकाउनु, भाइवहिनीहरुका सहयोग गर्न सिकाउनु, अरुलाइ सहयोग गर्नु राम्रो कुरा हो भनेर सिकाउनु, गल्ती गर्दा सजाया पाइन्छ राम्रो काम गरे पुरस्कार मिल्छ भन्ने धारणा सानै देखि सम्झाउनु अनि दुख मेहनत र संघर्षले एउटा असल नागरिक वन्छ भन्ने कुरा परिवारवाटै सम्झाउनुले पनि नयाँ पुस्तालाइ सभ्य समाजमा प्रवेश गराउन सकिन्छ ।
नयाँ पुस्ताका वालवालिका र किशोरकिसोरीहरुलाइ सानै उमेर देखि नैतिक शिक्षा, जीवन शिक्षा र सामाजिक व्यवहारका पाठहरु घरपरिवार, विद्यालय र समाजमा सवैले सिकाउने र प्रेरणा दिनु पर्ने टडकारो आवस्यकता छ ।
यदि यस्तो काम गर्न नसक्ने हो भने उनीहरु मार्फत भोलि निर्माण हुने विकृत र अराजक समाजलाइ कुनै राज्य कानुन र ताकतले नियन्त्रण गर्न सक्छ जस्तो लाग्दैन । घर परिवार र विद्यालय र समाज प्रतिको जिम्मेवारी वहनका विभिन्न सिर्जनात्मक र सकरात्मक क्रियाक्लापहरुमा हाम्रो वालवालिकाहरुलाइ सानै देखि सहभागि गराउने तर्फ सवैको ध्यान चिन्ता र चासो पुग्न जरुरी छ ।
यस कारण सामान्य शिष्टाचारका कुरा, ढोगभेटका कुरा, आपसी सहयोग र सहकार्यका कुरा, दुख मेहनत गरेर पढ्ने कुरा, घर परिवारमा आमा वुवालाइ कामकाजमा सघाउने कुरा अनि समाज र परिवार प्रतिको दायित्व र जिम्मेवारीका कुराहरुलाइ उनीहरुको घर परिवार र आधारभुत तहको विद्यालय देखि नै सिकाउन सवैले केहि न केहि गर्नै पर्छ । घर परिवारको वातावरण र सँस्कार, विद्यालयको पाठ्यक्रम र समाजको व्यवहार मार्फत नयाँ पुस्तालाइ सँस्कारी र मेहनती वनाउने कार्यमा ढिलाइ गर्न हुदैन ।
यदि यसो गर्न सकिएन भने भोलि वन्ने समाज र परिवारको प्रकृति प्रत्युत्पादक वन्दैन भन्न सकिदैन । अहिले नै नियन्त्रण भन्दा वाहिर जान लागेको किशोरावस्थाको पुस्ता यहि अनुसार हुर्कदै र वढ्दै गए भोलिको डरलाग्दो समाज र भविष्यको यहाँ कसैले कल्पना पनि गर्न सक्दैन । धन्यवाद ।
लेखक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।
नयाँ पुस्ताले विर्सदै गएको सँस्कार र मेहनती कर्म
