यस कारण छैन, कुशेको डीडीए रिपोर्ट भुकम्प पिडित नागरिकको पक्षमा

दीर्घ राज आर. सी.,

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र विन्दु बनाएर वि.सं. २०८० साल कार्तिक १७ गते राती ११:४७ बजे ६.४ म्याग्निच्युडको भूकम्पले १५७ जनाको ज्यान लिएको थियो भने कम्तिमा ३७५ जना घाइते भएका थिए । जाजरकोट जिल्लामा १०५ र पश्चिम रुकुम जिल्लामा ५२ जनाको मृत्यु भएको थियो । सबै भन्दा बढी जाजरकोटको नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस कुशे गाउँपालिकामा ४,४०१ घरधुरी संख्या रहको तथ्याङ्कले देखाउँछ । हाल यो संख्या बढेर करिब ४,६०० को हाराहारी पेको अनुमान छ । यसै गरी सरकारको आधिकारिक तथ्याङ्क अनुसार यस गाउँपालिकामा रहेका घरहरुको बनोटको विश्लेषण तपशिल बमोजिम रहेको देखिन्छः

  • घरको जगको प्रकार अनुसार करिब ९८.३% माटोको जोडाई भएको घरको जग ढुङ्गाको १.४% सिमेन्टको ०.२% ढलान पिल्लर र ०.१% काठको खम्बा भएको घरहरु रहेको छन् ।
  • घरको बाहिरी गारोमा प्रयोग गरिएको सामग्री अनुसार करिब ९७.४% माटोको जोडाई २.१% सिमेन्टको जोडाई ०.३% काठ फल्याक र ०.२% बाँसजन्य सामग्री प्रयोग भएको देखिन्छ ।
  • घरको छानामा प्रयोग गरिएको सामग्री अनुसार करिब ७२.४% ढुंगा २०.३% जस्ता टिन ५.६% खर पराल १.६% सिमेन्ट ढलान र ०.२% काठ फल्याक सामग्री प्रयोग भएको देखिन्छ ।
  • घरको भुँईको प्रयोग गरिएको सामग्री अनुसार करिब ९२.८% माटो २.७% काठको फल्याक बाँस २.७% सिमेन्ट ढलान १.०९% ढुँगा इट्टा ०.४% सेरामिक टायल र ०.२% अन्य सामग्री प्रयोग भएको देखिन्छ ।

माथि उल्लेखित तथ्याङ्कलाई हेर्दा यस गाउँपालिकामा करिब ९८% घरहरु ढुंगाको प्रयोग र माटोको जोडाईबाट बनेको देखिन्छ । त्यसैले यस गाउँपालिकामा अधिकांश घरहरु पुनःनिर्माण गर्नु पर्ने कुरामा दुई मत छैन । यसमा कसैले बोलिरहनु र विवाद गरिरहनु पर्ने विषय छैन । यो कुरा भुकम्प जानु भन्दा अगाडिको सरकारको आधिकारिक रिपोर्ट राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले देखाउँछ । कुशे गाउँपालिका भित्रका वडा नं. १ देखि ९ सम्मको पुनःनिर्माण प्राधिकरणको सार्वजनिक विवरण अनुसार २,३७३ घरधुरीको DDA मा समावेश विवरणको विश्लेशन तपशिल बमोजिम देखिन्छ ।

bhumi-sanrakshyan

तालिका नं १

सि. नं. वडा नं. DDA मा समावेश घरधुरी संख्या Grade category कैफियत
Reconstruction Minor-Retrofit (Category-1) Minor-Retrofit (Category-2) Not required
६२ २१ २४ १४  
१२३  ५१  ५८  १  १३  
१३०  ५२ ५१ २७  
२९८  ६७  १६९  २०  ४२  
 ४२३  २६५ ८४  ६७  
१५८  ७०  ६२ २२  
 ३९४ १८५  १२८  २४  ५७  
३४२ १०४ ७५ २५ १३८  
४४३ १६५ १८७ १९ ७२  
    ,३७३ ९८० ८३८ १०३ ४५२  

 

माथिको तालिकामा यस गाउँपालिकाको प्रत्येक वडाको करिब आधा घरधुरीको प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । क्षति भएका तथा घरभित्रको अवस्था नहेरी घरको बाहिरी आवरणका आधारमा DDA प्रतिवेदन तयार गरेको देखिन्छ । साथै यसै विषयमा यस कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले रेडियो पाइला एफ एम को अन्तर्वार्तामा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिकहरु गाउँपालिकासँग गहन समन्वय र छलफल नगरी फोनमा सम्पर्कका आधारमा आफ्नै तरिकाले वडा वडामा पुगेर फर्केको तथा पुनःनिर्माणको लागि DDA प्रतिवेदन तयार गरी यस गाउँपालिकाको करिब आधा घरधुरीको प्रतिवेदनसार्वजनिक भएको जानकारी दिएका छन् । साथै उक्त सार्वजनिक भएको प्रतिवेदनप्रति सम्पूर्ण जनता आक्रोसित रहेकोले सो विषयको  गुनासो सम्बोधनका लागि पुनःनिर्माण प्राधिकरणसँग आफुले सम्पर्क गरेको तथा प्राधिकरणका सि.ई.ओ. यस विषयमा सकारात्मक रहेको कुरा अध्यक्ष बस्नेतले बताउनु भएको छ । साथै यसो हुनुमा पुनःनिर्माण प्राधिकरणको कार्यविधिगत जटिलता रहेको समेत रहेको अध्यक्ष बस्नेतले बताउनु भएको छ ।

यसका अलावा भुकम्पको दोस्रो किस्ता रकम केहि जनताले अहिलेसम्म किन नपाएको भन्ने विषयमा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मार्फत माग गरी सकिएको रकम आउने बित्तिकै वितरण हुने कुरा समेत जानकारी दिनु भएको छ ।

 

लेखकको स्थायी ठेगानाः कुशे गाउँपालिका वडा नं. ८ जाजरकोट ,हालः ठुलीभेरी नगरपालिका वडा नं-३, दुनै, डोल्पामा कार्यरत हुनुहुन्छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya