April 30 - 2024, Tuesday१८ बैशाख २०८१, मंगलवार

४९ जना सेनालाई ब्यारेककै क्वारेन्टाइनमा

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट स्थित नेपाली सेनाको ज्वाला दल गणले जिल्लामा हालै भित्रिएका ४९ जना सैनिकहरुलाइ आफैले निर्माण गरेको ब्यारेक भित्रको क्वारेन्टाइनमा राखेको छ । जिल्ला सदरमुकाम स्थित ज्वालादल गण मालिका व्यारेकमा तालिम, विभिन्न कार्यक्रमहरु, घरविदा र सरुवा भइ जिल्लामा आएका ४९ जना सैनिकहरुलाइ व्यारेक भित्रै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको ज्वालादलगणका गणपति प्रमुख सेनानी सुरेन्द्रप्रताप रावलले वताए । संभावित महामारी विरुद्ध हाई अलर्ट अवस्थामा रहन विदा, काज तथा तालिममा रहेका सवै सैनिकलाई ब्यारेक बोलाईएको उनको भनाई छ ।

उनले कोरोना भाईरसको संक्रमण प्रति उच्च सचेतता अपनाउन र आफनो सुरक्षा आफै गर्ने उपाय अपनाउदै जिल्ला बाहिरवाट आएका सेनालाई १४ दिनको क्वारेन्टाइमा वस्न लगाएर स्वस्थ्य देखिए मात्र अन्य सेनाको सम्पर्कमा लगिने उनले बताए । हाम्रो सानो गल्ती र वेवास्ताले पनि ठुलो क्षति हुन सक्छ । सवैले इमान्दारीतापुर्वक सचेतता अपनाउने र सरकारको आदेशलाइ पालना गरेमा संभावित क्षति वाट वच्न सकिने उनले वताए । कोही पनि नागरिकले कोरोनाको संक्रमणलाइ वेवास्ता गर्ने र सर्तकता अपनाउन कन्जुस्याइ गर्न नहुने गणपति रावलले वताए ।

प्रमुख सेनानी रावलले भने—‘जिल्लामा आइपर्न सक्ने खतरा र आपतलाइ मध्यनजर गरि सेनाको व्यारेक भित्रै आफुहरुले केही क्वारेन्टाइनहरु वनाएका छौ । आवस्यक परेको वेला संकास्पद या संक्रमितहरुलाइ क्वारेन्टाइनमा राखेर सहयोग गछौ ।’ जिल्लाका विभिन्न स्थानहरुमा स्थापना गरिएका हेल्प डेस्क र अन्य चेतनामुलक गतिविधिहरुमा सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागिता जनाउने र सहयोग गर्ने काम गरिरहेको छ ।

जिल्लामा कोरोना भाइरसको सकं्रमण रोक्नका लागि आफुहरुले उच्च सतर्कता अपनाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले वताए । उनले भारत र अन्य स्थानावाट जिल्ला भित्रिनेहरुको स्वास्थ्य जाँच तथा संकास्पदहरुलाइ क्वारेन्टाइनमा राख्ने देखि अन्य सुरक्षाका उपाय अपनाउने काममा जिल्लाका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, स्थानीय सरकारहरु र अन्य सरोकारवालाहरुले सक्रियतापुर्वक काम गरिरहेको वताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad