रमाइलो मेलामा दोहोरी गीतको ६० हजार पुरस्कार मुनलाइटले प्रायोजन गर्ने

प्रवाह संवाददाता । जाजरकोट

यहि पुस १२ देखि १६ गते सम्म खलंगाको थाप्लेचौरमा लाग्ने जाजरकोटको सवै भन्दा ठुलो रमाइलो मेलाको अवसरमा आयोजना गरिएको खुला दोहोरी गीत प्रतियोगिताको ६० हजार बढी पुरस्कार मुनलाइट डिजीटल प्रिन्ट तथा भर्खरै नेपालगन्जमा खुलेको मुनलाइट गेष्ट हाउसका प्रोप्राइटर मोहन खड्काले गर्ने भएका छन् ।

जिल्लाको मौलिकता र कला सँस्कृति संरक्षण गर्ने उद्देस्यले आयोजना गरिएको रमाइलो मेलालाइ सफल वनाउने कार्यमा सहयोग गर्न जाजरकोटका युवा व्यवसायी खड्काले उक्त पुरस्कार प्रायोजन गर्न लागेका हुन् । जाजरकोट उद्योग वाणिज्य संघका महासचिव समेत रहेका खड्काले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले अघि वढाएको सम्पदा संरक्षणको अभियानमा योगदान गर्न उक्त सहयोग गरेको वताएका छन् ।
जिल्लाको परम्परागत मेलालाइ हामी सवै लागेर जोगाउने र निरन्तरता दिने गर्नु पर्छ उनले भने । हामी जाजरकोटीहरुले जाजरकोटका लागि योगदान नगरे अरु कसले गरिदिने खड्काले भने ।
रमाइलो मेलाको अवसरमा प्रतिष्ठानले आयोजना गरेको खुला लोकदोहोरी गीत प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार प्रमाणपत्र र मेडल, द्धितीय पुरस्कार २० हजार नगद प्रमाणपत्र र मेडल र तृतीय पुरस्कार १० हजार नगद प्रमाणपत्र र मेडल राखिएको छ ।

bhumi-sanrakshyan

युवा व्यवसायी खड्काले तीन वटै पुरस्कारको जम्मा रकम ६० हजार आफनो तर्फवाट वेहोर्ने जिम्मा लिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष एवम मेला आयोजक समितिका संयोजक जनक केसीले वताए । उनले जिल्लाको व्यवसायको क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत सकरात्मक योगदान दिइरहेका खड्काले जाजरकोटको महत्वपुर्ण सम्पदाको रुपमा रहेको रमाइलो मेलाको सफलताको लागि आर्थिक योगदान गरेर ठुलो सहयोग गरेको वताए ।

खड्का विगत लामो समय देखि जाजरकोट खलंगामा मुनलाइट डिजीटल प्रिन्ट मार्फत प्रेस सम्वन्धी व्यसाय गरिरहेका छन् भने हालै मात्र उनले नेपालगन्जमा पनि राम्रो सुविधा सहितको मुनलाइट गेष्टहाउस सन्चालनमा ल्याएका छन् । अनुशासन, इमानदारीता र मेहनतका कारण जिल्लामा सफल व्यावसायी वनेका खड्काले सामाजिक क्षेत्रमा पनि राम्रो योगदान दिएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya