रमाइलो मेलाको अस्तित्व संकटमा नपारौं

जनक के.सी. । जाजरकोट

हिजो मात्र होइन आज पनि जाजरकोटका सवै मेलाहरु मध्य निकै चर्चित र लोकप्रिय मेला हो खलंगाको थाप्लेचौर स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा लाग्ने रमाइलो मेला । यसलाइ स्थानीयले थाप्लेचौरको मेला पनि भन्ने गर्छन् । आज भन्दा ५३ वर्ष अघि २०२९ सालमा खलंगाकै गैरीखालीमा स्थानीय अग्रजहरुले स्थानीय जनता र आफुहरुको लागि मनोरन्जन र व्यापार व्यवसायको अवसर जुटाउने उद्देस्य राखेर सुरु गरेको हाटवजारको विकसित रुप नै आजको रमाइलो मेला हो । हाटवजारवाट सुरु भएको रमाइलो मेला पछि जिल्लाको मौलिक कला, प्रतिभा, खेल, कृषि उत्पादन तथा औधोगिक उत्पादनका वस्तुहरुको व्यापार र सिर्जनात्मक एवम मनोरन्जनात्मक प्रस्तुतीहरुको स्वस्फुर्त प्रदर्शनीको एक उत्कृष्ट अवसर वन्यो ।

रमाइलो मेलाले जिल्लाको उत्कृष्ट स्थानीय पर्वको पहिचान र प्रसिद्धि समेत प्राप्त गर्यो । यो रमाइलो मेला जाजरकोटका साना वालवालिका देखि ठुलावडा र वुढापाकाहरुको मनमनमा र जिव्रोमा झुन्डिएको छ । जिल्लाका सवै प्रकारका मौलिकताहरुको अवलोकन र अध्ययन एवम अनुभव गर्न पाइने यो रमाइलो मेलालाइ पछिल्लो समयका केहि घटना र कार्यले नराम्रो गरि प्रभावित वनाएका छन् । हिजो द्धन्दकालमा पनि केहि वर्ष वाहेक सवै वर्षहरुमा समेत मेला मजाले लागेको सवैलाइ सम्झना छ । मुलुकमा सशस्त्र द्धन्द चर्किएर स्थिति जटिल वनेपछि केहि वर्ष मेला स्थगित भयो तर रोकिएन ।मुलुकको सशस्त्र द्धन्दमा समेत नरोकिएको रमाइलो मेलालाइ अहिलेको सहज अवस्थामा रोक्ने कोशिष भइरहेको छ । यो दुखद कुरा हो ।
पछिल्लो समय रमाइलो मेलालाइ विभिन्न ठाउँवाट नराम्रोसंग प्रहार गर्ने काम भएको छ । रमाइलो मेलाको वेला यसको नामै फेरेर जाजरकोट महोत्सवको नामवाट मनाउन थालेपछि मेलाको मौलिकता र अस्तित्व अप्ठेरोमा पर्दै गयो । महोत्सवका कारण त्रिभुवन माविको पढाइ लामो समय वन्द भयो रमाइलो मेलालाइ नै आलोचनाको विषय वनाइयो । महोत्सवमा टिकट काट्ने र वाहिरी कलाकारको रजाइ भयो । स्थानीय कला सँस्कृतिको वेवास्ता भयो अनि आलोचना र विरोध रमाइलो मेलाकै भयो ।

bhumi-sanrakshyan

केहि वर्ष लागेका महोत्सवका कारण धेरै व्यक्ति र सँस्थाहरुले आर्थिक फाइदा वटुले त्यसकै कारण रमाइलो मेलाले निकै प्रहार सहनु पर्यो । त्यसकै कारण रमाइलो मेला हराउने अवस्थामा आइपुगेको छ । महोत्सवको नाउँमा विद्यालयको पढाइ पन्ध्र वीस दिन रोकिएको विषयलाइ लिएर केहि स्थानीयहरुले पढाइमा वाधा पुरयाउनेहरुका विरुद्ध वोल्नु पर्नेमा रमाइलो मेलाका विरुद्ध उजुरी हाले । रमाइलो मेलालाइ गलत देखाएर नगरपालिकावाट विद्यालय प्रांगणमा रमाइलो मेला प्रतिवन्ध लगाउने निर्णय गराउन सक्रिय भए ।

यति गर्दै गर्दा ४०÷ ५० वर्ष सम्म तीन चार दिन विद्यालयको पढाइ वन्द भएको कुरा सवैले विर्सिए । यो कुरा पहिले कहिलै पनि उठेन तर आज तीन दिन मात्र पुरानै शैलि र तरिकाले मेला लगाउने कुरा गर्दा सम्पुर्ण समस्याको जड मेला नै हो भन्ने हिसावको वुझाइ देखिएको छ । समस्या समाधानको पहल कतै देखि भएको पाइदैन । सदरकुकाममा यतिका वर्ष सम्म गतिलो सार्वजनिक स्थल वनाउन सकिएको छैन तर त्रिभुवन माविको प्रांगणको विकल्प तत्काल खोजेर रमाइलो मेला लगाउनु पर्छ भन्ने सुझाव आइरहेको छ । जिल्लाको महत्वपुर्ण मौलिक पहिचान वोकेको रमाइलो मेलाको अस्तित्व रक्षाका लागि अव स्थानीय सरकारले यसलाइ पालिकाको विशेष स्थानीय पर्वको रुपमा नीतिगत निर्णय गर्नुको विकल्प छैन ।

दुइ तीन वर्षका महोत्सवका कारण विद्यालयले वेहोरेको क्षतिको भरपाइ मौलिक परम्पराको रुपमा रहेको रमाइलो मेला वन्द गरेर हुन्छ भन्ने कुरा सहि हुनै सक्दैन । टिकटका नाउँमा जनतावाट पैसा उठाउदिनौं, जिल्लाको मौलिकता र संम्पदा संरक्षणमा वल गर्छाै, मेलालाइ जिल्लाको पहिचान र गौरव झल्काउने गरि सवैको साथ सहयोग र सहभागितामा गर्छाैं भन्दा पनि नकरात्मक दृष्टिकोण, लय र विचार पोख्नै पर्ने कुनै जरुरी छैन । अन्य पालिकाले आफनो क्षेत्रका मेला पर्वहरुलाइ विशेष प्राथमिकता दिएर आफनै लगानी र सहभागितामा सन्चालन गरिरहेका छन् । भेरी नगरपालिका मात्रै खुम्चिुन पर्ने कुनै कारण छ जस्तो लाग्दैन । आधा सताव्दी पुरानो रमाइलो मेलालाइ त्यतिकै लोप वनाउने तर्फ नगरपालिकाले वेवास्ता गर्छ भन्ने पनि विस्वास लाग्दैन ।
छिमेकी जिल्लाका चर्चित मेलाहरुमा त झन स्थानीय सरकारहरुले सार्वजनिक विदा नै दिएर निकै महत्वका साथ मेला सन्चालनमा सहयोग गरेका छन् जसले ती क्षेत्र भ्रमणका लागि अन्यत्रका मानिसहरुलाइ प्रेरणा दिनुका साथै स्थानीय व्यापार व्यवसाय र रोजागारी प्रवद्र्धनमा समेत सहयोग पुगेको देखिन्छ । स्थानीय युवा तथा अन्य सर्वसाधारणले दुइ चार दिन पनि केहि इलम र व्यवसाय गरेर केहि कमाउन पाउछन् यो कुरालाइ खास गरि भेरी नगरपालिका र मेलाका लागि साविककको स्थान प्रयोग गर्न दिन हुदैन भनेर जन्मदेखिको वल लगाएर लागेका व्यक्तिहरुले वोध गर्न जरुरी छ ।

रमाइलो मेला हिजो जिल्लाको मुख्य स्थानीय पर्व थियो आज यो भेरीनगरपालिकाको विशेष सम्पदा हो । यसलाइ जोगाउने, यसको व्यवस्थापन गर्ने र यसलाइ मौलिक स्वरुप प्रदान गर्ने दायित्व स्थानीय जनता र स्थानीय सरकारको हो किन भने यो जनताको सम्पति र भावना हो । सातै पालिकाको पहिचान र मौलिकताको झलक दिने सम्पदाहरुको प्रदर्शनी र आकर्षक खेलकुदको आयोजनाले भेरी नगरपालिकालाइ धेरै कुरामा फाइदा हुन्छ । जाजरकोट खलंगामा यसै त व्यापार व्यावसाय खस्कदो अवस्थामा छ । मानिसहरुको चहलपहल निकै कम भएर ठुलो लगानीका व्यावसाय र घरहरु संकटमा पर्दै गइरहेका छन् । खंलंगा सदरमुकाम भएर पनि सुनसनान हुदै जान थालेको छ ।यस्तो वेलामा स्थानीय सरकार र जनता अनि सरोकारवाला निकायहरुले यहाँका जनताको आयआर्जन र व्यापार व्यवसायमा सहयोग गर्न वाहिरका मानिसहरुका लागि जाजरकोट भ्रमणको अवसर जुटाउनु पर्छ ।
वाहिरका मानिसहरुका लागि जाजरकोट भ्रमण गर्नु पर्ने कारण दिनु पर्यो । हाम्रो नगरपालिकालाइ जिल्ला भित्र र वाहिरका मानिसहरुका लागि भ्रमणको उत्कृष्ट गन्तव्य वनाउन परयो । व्यक्तिगत प्रतिसोध, आग्रह पुर्वाग्रह र मनगढन्ते धारणाको सहारा लिएर हुन लागेका राम्रा कार्यहरुमा खोचे थापेर आखिर फाइदा कसलाइ हुने हो र ? अदालतको आदेश, नगरसभाको निर्णय र अख्तियारमा परेको उजुरीलाइ सापेक्ष ढंगले व्यवहारिक वनाउन जरुरी छ । नियम कानुन र उजुरीका कुरा नै गर्ने हो भने त संविधानको धारा ३१ मा रहेको शिक्षा सम्वन्धी हकको उपधारा २ मा माध्यमिक तह सम्मको शिक्षा निशुल्क भनेको छ तर निजि विद्यालय मार्फत लाखौं असुलीको धन्दालाइ यो संविधान कानुन र सरकारले केहि गर्न सकेको छैन त? सरकारी विद्यालयले नै पैसा असुलीरहेको कुरालाइ पनि कसैले देख्दैन त ?

यस्तै यहि संविधानको धारा ३५ मा रहेको स्वास्थ्यको हक सम्वन्धी मौलिक हकको उपधारा ३ मा प्रत्यक नागरिकलाइ स्वास्थ्य सेवामा समान पहुनको हक हुनेछ भनेर लेखिएको छ तर गरिवहरु औषधी र उपचार नपाएर मरिरहेका छन् अनि यसले संविधान उलंघन भएको कुरालाइ कुन अदालत र अख्तियार अनि कथित वुद्धिजिवीहरुले उठाउनु भयो त ? पैसा नहुनेहरुको लागि कुनै पनि अस्पतालमा उपचार र औषधी प्राप्त हुन सम्भव नै छैन यसले संविधान र मौलिक हकको उलंघन हुदैन त ?

सामाजिक सद्भाव, एकता, सहकार्य र भावनात्मक मेलको माध्यमवाट आफनो मौलिक परम्परा र पर्वको रक्षाको कार्य गर्छाैं भन्दा नियम कानुन् र अदालतको धम्की दिनेहरुले त्रिभुवन मावि खलंगाको पढाइ तीन दिन स्थानीय मेलाको कारण वन्द भएको देख्छन् तर विभिन्न आन्दोलनहरु र अन्य कारणले पढाइ रोकिने गरेको किन देख्दैनन् ? काठमाडौं उपत्यकामा त्यहाका समुदायले जातीय र धार्मिक रुपमा मनाउने पर्वका वेला प्रत्यक पटक सार्वजनिक विदा हुन्छ । त्यहाँका सारा मानिसहरुलाइ उक्त पर्व र जात्राहरुमा सहभागि हुन नगरपालिकाले उर्दी जारी गर्छ । हाम्रै छिमेकी जिल्ला रुकुमका केहि नगरपालिकाहरुले पनि चर्चित मेला पर्वका वेला एक दुइ दिन सार्वजनिक विदा दिने गरेको हामीले पनि देखेकै छैनौं र ? यो भनेको स्थानीय सरकारको दायित्व र कर्तव्य भित्रको कुरा पनि हो ।

अनि हाम्रो भेरी नगरपालिकाले पनि रमाइलो मेला र लाखे मार्ने दिनलाइ स्थानीय पर्व विदा दिनको लागि कुनै नीतिगत निर्णय गर्न सक्दैन र ? जनताको माग भावना र चहानालाइ सम्वोधन गर्ने तर्फ अग्रसरता लिन सक्दैन र ? जनमत र जनचहानाले कत्रा ठुला संविधान र व्यवस्था त वदलिन्छन् भने आम जनताको चहाना अनुसार नगरसभाको निर्णयमा पुर्नविचार गर्न सम्भव हुदैन र ? जनताको सरकार, जनताको सम्पति अनि जनताकै सहमतिमा रमाइलो मेलालाइ व्यवस्थित मर्यादित र भव्य ढंगले आयोजना गर्नका लागि भेरी नगरपालिकाले केहि मापदण्ड वनाएर सन्चालनमा सहयोग र सहजीकरण गर्दा सवैको विचार र भावनाको सम्मान हुन्छ । रमाइलो मेलालाइ पुरानै ढंगले स्वतस्फुर्त रुपमा लगाउनको लागि विशेष आयोजकको स्थायी व्यवस्था गरौं । यसका लागि नीतिगत रुपमै भोलिका दिनमा पनि सवै प्रकारका कठिनाइहरु हल हुने गरि स्थानीय जनता र भेरी नगरपालिकाका विचमा सहकार्य हुन अति जरुरी छ । यस कार्यको नेतृत्व नगरप्रमुखले लिएर जिल्लाको महत्वपुर्ण सम्पदाको रुपमा रहेको रमाइलो मेला र लाखे पर्वलाइ व्यवस्थित र भव्य रुपमा मनाउने कार्य गर्दा सवैलाइ फाइदा नै हुने देखिन्छ । धन्यवाद ।

लेखक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya