नेपाली काँग्रेस जाजरकोटले गरयो आगामी निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस

राजेन्द्र कार्की । जाजरकोट

नेपाली कांग्रेस जाजरकोटले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले जारी गरेको निर्देशनलाई आधार मानेर जिल्ला कार्यसमितिले सर्वसम्मत रूपमा उम्मेदवारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टी उपसभापति खड्गबहादुर बुढा, निवर्तमान साँसद मैना कार्की, महासमिति सदस्य मुक्तिप्रसाद आचार्य, महासमिति सदस्य महेन्द्रबहादुर शाह र नेता रामजंग शाहको सिफारिस भएको छ ।

त्यसैगरी प्रतिनिधि सभा समानुपातिक तर्फ कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री रामछाया शाही, महाधिवेशन प्रतिनिधी हजारी नेपाली बादी, महाधिवेशन प्रतिनिधी भुमिलाल रोकाय, महाधिवेशन प्रतिनिधी जनक बादी र नेत्री बिष्णु गिरीको नाम सिफारिस भएको कांग्रेस जाजरकोटले जनाएको छ ।

bhumi-sanrakshyan


राष्ट्रिय सभातर्फ तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस सूचीमा पुर्व साँसद दिपकजंग शाह, महाधिवेशन प्रतिनिधी खम्बजंग शाह र महाधिवेशन प्रतिनिधी गीता नेपाली समावेश छन् । यी सबै उम्मेदवार पार्टीमा गरेको योगदान र क्षमताका आधारमा छनोट गरिएको नेपाली काँग्रेसका सभापति वेदराज सिंहले बताए । सिफारिस प्रक्रिया पूर्ण रूपमा पारदर्शी, सहमतिमूलक र संगठनात्मक निर्देशिकाअनुसार सम्पन्न गरिएको उनको भनाइ छ ।

सभापति सिंहले भने, ‘केन्द्रीय कार्यसमितिले गरेको हाल बहालवाला जनप्रतिनिधी र राजनैतिक नियुक्ती लिएकाहरुलाई सिफारिस गरिएको छैन । अरु योग्य र जनतामा लोकप्रियताका आधारमा नाम सिफारिस गरेका हौं । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने हाम्रो दृढता छ ।
प्रतिनिधी सभाको एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा गत आम निर्वाचनमा प्रदेशका दुवै सीट काँग्रेसले जितेको छ । २०४८ सालमा एक , २०५१ सालमा दुवै सिट जितेको काँग्रेसले २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा एक सिट जितेको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya