राजेन्द्र विक्रम शाह । जाजरकोट
जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गामा वि.सं. २०३१ सालमा तत्कालीन राजा स्व. वीरेन्द्रको शुभ राज्याभिषेक भएको खुसीयाली मनाउने तत्कालीन श्री ५ को सरकारको निर्देशन वमोजिम तत्कालीन राजा स्व. वीरेन्द्रको जन्म भएको दिन पौष १४ केन्द्र विन्दूमा राखेर २०३२ सालमा पौष १३ देखि १५ गते सम्म थाप्लेचौरमा रमाईलो मेला लगाउने भनिएता पनि विशेष रुपमा २०३३÷२०३४ साल देखि विशेष आकर्षण सहित मेला लाग्न थालेको पाईन्छ ।
त्यस वेलाका राजा वीरेन्द्रको सम्मानमा उनको जन्म दिनलाई ३ दिने मेलाको रुपमा मनाउने जिल्ला पञ्चायतको निर्णयलाई कार्यान्वयन गर्दै कृषि उपजको व्यावसायिकरण गर्न कृषि मेला समेत लाग्ने गर्दथ््यो । जाजरकोट खलंगा वरपरका कृषकहरुले आफ्ना कृषि उत्पादनहरु मेलामा ल्याउने गर्दथे भने स्थानीय मौलिक कला संस्कृतिको गौरवमय प्रस्तुतिहरुले रमाईलो मेलालाई अति रसिलो वनाएको थियो । जाजरकोट खलंगा वरपर जन्मेर यही हुर्के वढेका अहिलेका प्रत्यक वयस्क व्यक्ति संसारका जुनसुकै कुनामा भए पनि रमाईलो मेलालाई झल्झल्ती सम्झन्छन् ।
२०३४ सालमा रमाईलो मेलामा जिल्ला वाहीर कतै नगएका र सानै उमेरका हामीले २०३४ सालमा रमाईलो मेलामा जाजरकोट जिल्लामै पहिलो पटक खाजाका रुपमा मःम र कफि देखेका थियौं । रमाईलो मेलामा विषयगत कार्यालयका सेवाहरु र प्रति देखाउने स्टल पनि जोड्न थालियो । पञ्चायत कालको अन्तिम केही वर्ष र वहुदलकालको शुरुवातका वर्षहरुमा उक्त मेलाको आयोजनामा डांफे युवा क्लवको विशेष भूमिका रहन्थ््यो ।
२०५२ साल पछाडी संकटकालका केही वर्ष वाहेक करिव ४ दशक देखि त्रिभुवन माद्यमिक विद्यालयको प्राङ्गन र १ वर्ष विद्यालय वाहीर नियमित ३ दिन रमाईलो मेला चल्दै आएकोमा २०७१ साल देखि परम्परागत रमाईलो मेलालाई महोत्सवको रुपमा आयोजना गर्दा वालवालिकाको सिकाई अवरुद्ध भएको व्यापक जनगुनासो र सरोकार व्यक्त हुन थालेको पाईन्छ ।
विद्यालय शान्ति क्षेत्र सम्वन्धी प्रतिवद्धता र भेरी नगरपालिकाको २०७६।०३।१० को नगर सभाले भेरी नगरपालिका भित्रका विद्यालयहरुमा सार्वजनिक विदाको दिन वाहेक अरु दिनमा राजनीतिक सभा, समारोह, मेला, जात्रा, पर्व, उत्सव, महोत्सव आयोजना नगर्न नगराउन निर्देशन दिने निर्णय गरेको र उक्त निर्देशन अनुसार २०७६ सालमा विद्यालय भित्र मेला महोत्सव नगरिएको समेत स्मरण गराउंदछौं । २०७७, २०७८ र २०७९ सालमा विद्यालय भित्रै मेला लगाइएको, २०८० मा भूकम्पको पीडामा मेला नलगाएको र २०८१ मा विद्यालय वाहीर मेला लगाईएको हामी सवैलाई थाहै छ ।
भेरी नगरपालिकाको नगर सभाको निर्णय विपरित २०७९ सालमा भेरी नगरपालिकाले विद्यालय वाहिर मात्र महोत्सव गर्न अनुमति दिएको र विद्यालयको पढाई पौष ८ गते देखि पौष १९ गते सम्म १२ दिन अवरुद्ध भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन वमोजिम भेरी नगरपालिकाले विद्यालय प्रशासनलाई स्पष्टिकरण सोधिएको पाईन्छ ।
यस सन्दर्भमा प्रचलित व्यवस्था र जिल्लावासीको अभिमत समेतलाई दृष्टिगत गरी स्थानीय कृषक, मौलिक सांस्कृतिक सम्पदा प्रवद्र्धन हुने गरी त्रिभुवन माद्यमिक विद्यालयको प्रांगनको विकल्पमा अरु स्थानमा व्यवस्थित रुपमा रमाईलो मेला लगाउन उपयुक्त देखिन्छ ।


