टहरामा सुतिरहेका दिदिबहिनीको ढुङ्गा लागेर मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा घरमाथिबाट पहिरो सँगै खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु भएको छ ।

भुकम्पपछि टिनको टहरामा सुतिरहेका बेला बिहीवार राति करिब ९ः३० बजेको समयमा टहरा माथिबाट खसेको ठूलो ढुङ्गाले घर भत्काउँदा नरबहादुर बुढाकी १४ वर्षीया छोरी चन्द्रा बुढा र १६ बषिया सर्मिला बुढाको मृत्यु भएको छ । चन्द्राको घटना स्थलमै मृत्यु भएको र गंभिर घाइते भएकी सर्मिलाको उपचारका लागि प्राथमिक स्वास्थ्य चौकि अर्छानि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले बताए ।

दुवै दिदि बहिनी स्थानिय एक सामुदायिक विद्यालयमा ८ र १० कक्षामा अध्ययनरत थिए । गत बर्ष पनि बर्षातको समयमा टहरा माथिबाट पहिरो खस्दा एक दर्जन मानिसको ज्यान गएको थियो । कुशे गाँउपालिकाले शोक विज्ञप्ती निकाल्दै घटना प्रति दुःख ब्यक्त गरेको छ । अध्यक्ष हरिश्चन्द्र बस्नेतले शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गदै मृतक प्रति श्रदान्जली ब्यक्त गरेका छन् ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya