डिभिजन बन कार्यालयमा गरिएको त्यो रिपोटिङ्ग…

डिभिजन बन कार्यालयमा रक्सी पार्टी प्रमुखमाथि जनगुनासोको मुस्लो जाजरकोटमा बन प्रमुख अमर प्रसाद शाहद्वारा कार्यालयको स्रोत दुरुपयोग गरिएको आरोप र हिड्दा हिड्दै जनगुणासो आए पछि पत्रकारको स्ट्रिम अपरेशन

– बालकुमार शर्मा जाजरकोट ।
जनताको सेवा र वन क्षेत्रको संरक्षणका लागि जिम्मेवार मानिने जाजरकोटको डिभिजन बन कार्यालय पछिल्ला दिनमा गम्भीर विवादमा तानिएको छ । कार्यालय प्रमुख अमर प्रसाद शाहमाथि रक्सी पार्टीको आयोजना, स्रोतसाधनको दुरुपयोग, सर्वसाधारण , करारका कर्मचारीहरु र उपभोक्ता समितिमाथि दमन, र जिल्लाका प्रमुखहरुलाई हातमा लिएर राजनीतिक निकटता प्रदर्शन जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएका छन् ।
तल्लो थाप्लेको स्रोतका अनुसार, शाहले कार्यालयभित्रै सुरक्षाका उच्च अधिकारी, प्रमुख जिल्ला अधिकारी र नेताहरूलाई संस्थाको कार्यक्रम भनेर संस्थाको कोहि पनि मान्छे भित्र नभएको अवस्थामा रात्रिभोज र रक्सी पार्टीको आयोजना गरेका थिए ।उनलाइ सिधाकुराले टेलिफोन गर्दा क्वाटरमा आएर भिडियो खिचेको पत्रकारहरुले भन्ने प्रतिक्रिया दिएका थिए तर उनले ओभानो बन्न खोजेको क्वाटरमा के कार्यक्रम हुन्छ भनेर प्रश्न चिन्ह खडा भएकोछ ।

व्यानर लगाइएको कार्यालयको हल कोठालाई समेत क्वाटर भनेर झुक्काउन खोजेका छन् । डिभिजन बन कार्यालयको हरेक वैठक वस्ने सभा हललाई समेत उनले हिजो देखि क्वाटरको नाम दिएका छन् ।
जनसेवामुखी कार्यालयमा यस्तो खालको गतिविधिले प्रदेश सरकार मातहतमा रहेको डिभिजन बन कार्यालयले गरेको यस्तो गतिविधिहरुले गर्दा कार्णाली प्रदेस सरकार र सम्वन्धित मन्त्रालय र सरकारमाथि नै प्रश्न उठाएको छ ।

bhumi-sanrakshyan

जाजरकोटको शिवालय देखि विभिन्न बनका चोथ्राको रुख जरै देखि सक्काउने देखि विभिन्न जडिवुटी ओसार पसारमा पनि पैसा असुल्ने मिलेमतो गरी माथिलो निकायलाई डारु पार्टी गर्ने देखि कमिसन वुझाउने समेत प्रमाणहरु फेला परेका छन् ।
सरकारी स्रोत र सवारी नेताका आफन्त बोक्न मात्रै प्रयोग हुदै आएको छ ।

प्राप्त विवरणअनुसार, डिभिजन बन प्रमुख शाहले कार्यालयको सरकारी गाडीलाई नेताहरू र कार्यकर्ताको पाहुना सेवा तथा ओसारपसारमा नियमित रूपमा आफु सरुवा भए देखि प्रयोग गर्दै आएका छ्न् जिल्लामा आउने संघीय, प्रदेश र जिल्ला स्तरमा १,२ जना र सुरक्षा र प्रशासनलाई हातमा लिन नेताहरूलाई ‘ख्वाइ–प्याइ’ गर्न समेत उनले कुनै कसर बाँकी नराखेको खवर आइरहेको थियो ,हामीले प्रमाण खोजि रहेका थियौ त्यसैले समाचार बनाउन केहि समय लाग्यो ।

बन कार्यालयका करार सेवामा रहेका कर्मचारीहरूलाई समेत रातिसम्म पार्टीमा राखेर ड्युटीमा बसालिएको गुनासो छ । उनीहरुको व्यक्तिगत जिन्दगीमा समेत असर असर पर्ने गरी काममा लगाउने दुःख दिने गरेको पाइएको छ ।
उनीहरुलाई दिने सेवा सुविधान समेत समयमा नदिने भएका करारका कर्मचारी समेत हटाएर कार्यालयका केहि स्टोरका सामाग्री समेत ओसार पसार गर्ने प्रयास गरेको श्रोतले जनाएको छ । नेपालगंजबाट समेत कार्यालयका सामाग्री फिर्ता गर्नु परेको थियो ।
बन मुद्दा र ढुंगा मुद्दामार्फत जनतामा त्रास सिर्जना ?
शाहले जिल्ला भित्रका सर्वसाधारणहरूलाई सामान्य निर्माणका लागि आवश्यक सामग्री जस्तै सिलेट ढुंगा बोकेको निहुँमा अनावश्यक बन मुद्दा लगाउने गरेको आरोप पनि स्थानीय बासिन्दाहरूले लगाएका छन्। । दुः ख दिने र प्रहरी समेतलाई पार्टी गर्दे प्रलोभनमा पारेर समेत फाइदा लिन खोजेको श्रोतले भनेको छ ।
शाहले जिल्लाका राजनैतिक दलका प्रमुखहरु प्रशासन प्रमुखहरु र सुरक्षाका प्रमुखलाई हातमा लिए सवै आफुले भनेको सहि हुने मनोवृत्तिबाट यस्तो गतिविधी गरिरहेको देखिन्छ शिवालय गाँउपालिकाका अध्यक्ष शेयर बहादुर शाहीलाई समेत उनले बन मुद्या लगाउने धम्कि दिएको उनले भनेको हामी संग भिडियो सुरक्षित छ । सिंगो गाँउपालिका र कार्यपालिकालाइ नै चुनौति दिएका शाहको यो प्रवृत्तिबाट समेत उनको मनसाय स्पष्ट वुझ्न सकिन्छ ।
सामान्य काम गर्न पनि डराउनुपर्छ, बन समितिको पैसा निकाल्न पनि पैसा खुवाउनु पर्छ , सिफारिस दिदा समेत ख्वाइ प्याइ भन्छन एक जना बन समितिका पदाधिकारीले भने ।
अनावस्यक दुःख दिने मुद्दा लगाउला आफ्नो काम नगरिदेलान फेरी भनेर डरले हामी बोल्न सक्दैनौ  एक स्थानीयले नाम नखुलाउने सर्तमा भने।
कार्यक्रम वितरणमा अनियमितता र अवरोध :
बन उपभोक्ता समितिहरूलाई उपलब्ध गराइने बजेट तथा कार्यक्रम वितरणमा समेत लाखौं रुपैयाँको अनियमितता भएको आरोप सार्वजनिक भएको छ ।
प्रदेश मार्फत आएका बन सम्वन्धिका योजना पनि कमिस र ख्वाइ प्याई नगरे कार्यक्रम समेत नदिएको पाइएको छ । साथै, वैशाख महिनामै स्थानीय तहहरूलाई बालुवा–गिट्टीको निकासी रोक्न दबाब दिँदै आर्थिक लाभ लिने प्रयास भएको थियो स्थानीय रेडियो हरुमार्फत सूचना पनि प्रशारण गरेको थियो तर प्रदेश राज्य व्यवस्था समितिको सार्वजनिक सुनुवाइ सर्वसाधारणले सोधेको प्रश्नमा मन्त्रीहरुको नजिक हुन हैन कानूनमा यस्तो छ भन्ने उत्तर दिएर कार्यलय प्रमुखनै कार्यक्रमबाट वाहिरीएका थिए ।

उनले सर्व साधारणलाई दुःख दिएर पैसा असुल्ने र सिडिओ देखि प्रहरी प्रमुख र केहि नेताहरुलाई संगै राखेर ख्वाइ प्याई गर्दे अनियमिततामा संलग्न भैरहेको आरोप पनि आम नागरिकले लगाएका छन्। ।
प्रशासन मौन, नागरिक समाज पनि चुप  :
यसरी हाकीम जिल्लामा आउने वित्तिकै हप्ता हप्तामा जाड पार्टी हुने भए पछि प्रशासन मौन थियो । नागरिक समाजका केहि व्यक्तिहरुलाई पनि सामान्य अनुमगन वैठकमा वोलाउने भत्ता दिने भए पछि उक्त गतिविधिहरूबारे सार्वजनिक रूपमा बोलेको पाइएको छैन ।
आफ्नो कार्यमा साथ लिननै हुनु पर्छ प्रमुख शाहले प्रशासन प्रमुख सचिबको तयारी गरिरहेका निजामती कर्मचारीमा राम्रो छवि बनाइ रहेका प्रमुख जिल््ला अधिकारी मेखबहादुर मंग्रान्ती र कहिलै जाड रक्सि समेत नखाने धार्मीक मान्छे जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्रीलाई समेत यिनै रात्रिभोजहरूमा जबर जस्त आउन अनुरोध गर्ने र साक्षी वसाल्ने अनि सत्ताको दुरुपयोग गरेर आर्थिक लाभ र फाइदा आफुले लिने बानि परेको हाकीम रहेछन ।

काम गर्न निकै कठिन छ बन कार्यालयका एक कर्मचारीले बताए ।
उनीहरु किन कार्यक्रममा सहभागी भएर आफैले आफ्नो भविष्य सक्काउदै छन् किन जानु हुन्छ वहाँहरु जुस खान ,उनीहरुलाई साथ दिन ? उनीले अचम्मित हुदै भने । तर दुवै अधिकारीले यसबारे सार्वजनिक धारणा दिएका छैनन् ।

स्थानीय एक अगुवा भन्छन :

सत्य बोल्नेलाई बन मुद्दा लाग्छ भन्ने डरले नागरिक समाज मौन छ, चार–पाँच हजार भत्ताले विवेक बेच्ने अवस्था बनेको छ ।
डिभिजन प्रमुखको प्रतिक्रिया अस्पष्ट डिभिजन बन प्रमुख अमर प्रसाद शाहसँग सम्पर्क गर्दा उनले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्। सार्वजनि भिडियोमा उनले भनेका छन् मेरो पैसाले खुवाएको छु यो भनाइ बाट पनि एउटा प्रदेश मातहतको बनको प्रमुखले गर्ने हप्तै पिच्छेको पार्टीमा सचिब बन्ने सपना बुनेका सह सचिब आफुनो काम छोडेर ,पढन छोडेर किन सहभागी हुन्थे भनेर सर्वसाधारणले समेत शंका गर्न थालेका छन् ।
जिल्ला प्रशासन र सुरक्षा निकायहरूले पनि यसबारे कुनै औपचारिक जवाफ दिएका छैनन् ।
तर राष्ट्रिय अनुसन्धान जाजरकोटको कार्यालयको प्रमुखले वोक्ने मोवाइल नं बाट भने निमित्त कार्यालय प्रमुखको जिम्मेवारी समालेका व्यक्तिले पत्रकार बालकुमारलाई फोन गरेर धम्की पुर्ण भाषा प्रयोग गरिएको थियो । त्यो सुुरक्षित छ ।
र अन्त्यमा 
प्रदेश मातहतको जनताको अत्यन्त नजिकको कार्यालय एक सेवा केन्द्रका रूपमा स्थापित सरकारी कार्यालयभित्र यस्तो गतिविधि हुनु गम्भीर विषय हो । यदि यस्ता आरोपहरू सत्य ठहरिए, त्यसले केवल एक व्यक्तिको चरित्र होइन, संस्थागत जवाफदेहिता र सेवा प्रणालीमै प्रश्न उठाउँछ । सम्बन्धित निकायहरूले तत्काल छानबिन र कारबाही प्रक्रिया अघि बढाउनु नागरिकको अपेक्षा हो।
अनि तेस्ता हाकीमको वोलिमा एक गिलास जुसमा सिडिओ देखि जिल्ला समन्वय समितिका प्रमुख सम्म सहमती जनाउनु जतिवेला भन्यो जाड पार्टीमा उपस्थित हुनुले जिल्लामा गम्भिर प्रश्न उव्जाएको छ ।

डिभिजन प्रमुख आफै म त मरे मरे प्रिय मेरा लागि तिमी नमर मेरो माथि मान्छे छ तिम्ले विचार गर भनेर एउटा गड्यौलाले माछालाई वल्छि हाल्दै गरकोको मान्छे र आफुलाई खान आउन लागेको माछालाई भने जस्तै जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बनाउन डारु पार्टी एउटा उदाहरण हो ।
क्वाटर भनेर कार्यायको मिटिगं हलमा डारु पार्टी गरेर एन जि ओ को व्यानर टंगाएर क्वाटरनाम बाट रक्सिको सुद्धान्ती गरेर उम्किीने प्रयास गर्दे आफ्नो बचाउनु गरिरहेका छन् ।

जिल्लाका पत्रकारहरलाई विल पेश गरेको भनेर उल्टो ८० ओटा विल आएको उनले अडियोमा स्पष्ट भनेका छन् जिल्लामा ८० ओटा मिडिया छैनन् यसबाट पनि स्पष्ट हुन्छ कति सम्म हुने रहेछ भन्ने कुरा ।
डिभिजन बन प्रमुखले । कार्यालय भवन भित्रै कार्यालय हल रहेको हामी थुप्र्रे पटक त्यो हलमा गएका छौ । क्वाटर कार्यालय बाहिर हुन्छ कार्यालयमा हुदैन त्यो कुरा त हामीले सिकाउनु पर्छ र तपाईको क्वाटर भनेर कहाँ लेखिएको छ ? वाहिर त बोर्ड डिभिजन बन कार्यालय नै लेखिएको छ नी हाकीम साब ? अब चाही लेख्न सक्नु हुन्छ ।
आफुनो पदिय दायित्व र अहिलेको जमानामा नागरिक प्रति गर्ने व्यहारले आशा गरेका मान्छेहरु पनि तेहि डारु पार्टीमा भोजमा चुर्लुम्म हुनुले पनि स्थानीय नागरिक पनि नतमस्तक बन्ने अवस्था छ ।
सवैलाई चेतना भया अबका दिनमा यस्तै आफ पनि पतन र अरुलाई पनि पतन बनाउने संग संगत गर्ने की ? सच्चिएर अब नयाँ बाटोमा लाग्ने आत्म समिक्षा गर्नु नै उत्तम उपाए हुन सक्छ ।

सवैलाई चेतना भया ।
नभए सुधारका लागि सवै बसेर छलफल गर्नु यस्ता गतिविधी नगर्नुु नै राम्रो होला चोत्रो व्यापारी बाट मिलेमतो गरी सल्ली बजार देखि रेन्ज पोष्टबाट पनि राम्रो पैसा असुलेका तथ्यहरु छन् जाजरकोटमा चोत्रोको वुटानै न रहने गरी रातारात लाखौ रुपैया असुलेको समेत व्यापारीहरुले भनेका छन् ।
सव डिभिजन प्रमुखहरु कमजोर भएको केहि कर्मचारीहरु बाट भने अनुशार काम नगरेको भन्दै सेटिगं गर्न प्रमुख नाकामा आफुले सिकाएका कर्मचारीलाई समेत पठाएर सरुवा समेत गरेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya