आमा –कविता

आमा –कविता
पार्वती थापा,
कर्तब्यको भारीसङगै मलाई काँधमा बोक्दा बोक्दा
फाटेका जुत्ता अनि च्यात्तिएका कपडा टाल्न
बर्षौँसम्म ढुङगा माटो खेलाउदै जीवन धानेका
मेरा बाको लागि एकसरो  कपडा फेर्नुछ ।
सातौँ दशकमा पुुग्दा पनि नछुटेको मेरा बाको घाँसदाउराको भारी
अनि,
उकालो र ओरालो गर्दागर्दै खिइएका हाडजोर्नीको उपचारको लागि
मैले सुको पैसोको जोहो गर्नुछ ।
 मुटु रोगको औषधी पनि किन्नुछ ।
आमा तिमी पनि त गल्दै गयौ
बुढो शरीर अनि दम र अल्सरको रोगी
ओखती खादाखादा गलेको तिम्रो जिउ
पटकपटक लडेर भाच्चिएका तिम्रा हाडहरु
असह्य  भएर दुुख्दो हो तिम्रो त्यो कुप्रिएको शरिर
दुखाई कम गर्न नियमित ओखती किनिरहेको
मेरै यी लाचार आँखाले देखिरहेकी छु ।
कुन्नि तिमीले खाने गरेको ओखतीको जोहो कसरी गरेकी छ्यौ ?
आमा थाह छ मलाई तिमी कति महान छ्यौ
आफ्ना दुःख रत्ति सुनाउदिनौ
सन्तानको दुःख कत्ति चाहदिनौ
त्यसैले होला गुुमनाम तिम्रा पिडाहरु
तिम्रो त्यही फाटेको झुत्रो आँचलभित्रै लुकेका छन् ।
त्यसैले,
 आमा मलाई आर्शिवाद देउ !
ताकि मैले तिमी र बाको लागि
ओखती किन्ने पैसाको जोहो गर्न
सङघर्षको मैदानमा पसिनाले धन साट्न
एक युुद्धमा होमिएको सिपाई झैँ अटल अनि निडर बन्न
जादैछु शिरमा कफन बाँधी समुुन्द्रपारीको त्यो विरानो मुलुकमा
मलाई आर्शिवाद देउ आमा !
जादैछु खाडीको मुलुक
ल्याउनेछुु धन कमाई
घरको छानो टाल्न
तिम्रो चोली अनि बाको टोपी फेर्न
जानुुछ सबेरै त्यो भन्ज्याङ काटेर
विदा देउ आमा आर्शिवाद लिई जादैछु
टाढा त्यो विरानो  मुुलुुकमा
धन कमाई ल्याई तिम्रो खुसी
किनेर ल्याउने मिठो सपना साँचेर ।
मिठो सपना साँचेर…
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya