सर्पले टोक्दा जाजरकोटमा एक बालिकाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
बिसालु सर्पले टोक्दा जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । भेरी नगरपालिका ६ गगटिया निवासी जय बहादुर शाहीकि ८ बर्षिया छोरी दीक्षा शाहीको उपचारको क्रममा मृत्युु भएको हो । प्रहरीका अनुसार घरमै सुतिरहेको अवस्था उनलाई सोमबार बिहान सर्पले टोकेको थियो । सर्पले टोकेपछी बेहोस भएकी उनलाइ उपचारका लागि जाजरकोट अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थामा रहेकी ती बालिकाको उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालका डाक्टर सुनिल पुनले बताए । बिषले धेरै असर गरिसकेको रहेछ । जति कोसिस गर्दा पनि बचाउन सकिएन डा. पुनले भने यो समय विसालु सर्पको विगविगी हुने भएकोले सर्तकता अपनाउन आग्रह गर्दछु ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya