बालकुमार शर्मा स्तनीत,
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत गरेको बजेट सार्वजनिक भएसँगै नेपाली कांग्रेस जाजरकोटका नेता तथा कार्यकर्ता माझ तीव्र असन्तुष्टि पैदा भएको छ। असन्तुष्टि यति चुलिएको छ कि पार्टीका जिल्ला कार्यसमिति पदाधिकारी, नगर सभापतिहरू, तथा अन्य अग्रज नेता–कार्यकर्ताहरूले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जनाएका छन् — कतिपयले त ८४ सालको निर्वाचनमा देखाइदिन्छौ भन्ने शैलीमा सीधा राजनीतिक चेतावनी समेत दिएका छन्।
सामाजिक संजालमा एसरी आवेशहरु स्टाटसमा टिका टिप्पनीहरुहुनु राम्रो मानिदैन ,त्सका लागि आन्तरिक बहस छलफल ,पार्टीमा कुराकानी हुनु आवश्यक हुन्छ ।
अनुशासन र असन्तुष्टिको दोधारमा जाजरकोटको कांग्रेस
नेपाली कांग्रेस लोकतान्त्रिक विचारधारामा आधारित भए पनि त्यहाँ अनुशासनको पनि आफ्नै संरचना र प्रक्रिया छ। तर जाजरकोटमा पार्टीभित्रकै नेताहरूले सामाजिक सञ्जालमार्फत खुलेर आक्रोश पोख्नुले पार्टी अनुशासनप्रतिको सम्मानमा प्रश्न उठाएको छ।
यदि यस्ता व्यवहारहरू संस्थागत संरचना भित्रै ननिष्किएर निरन्तर बाह्य रूपमा दोहोरिइरहे भने अनुशासन समितिलाई सक्रिय तुल्याउनु पर्ने आवश्यकता देखिन सक्छ — र यो जिम्मेवारी प्रदेश सरकारमा योजना मन्त्री तथा कांग्रेसको केन्द्रिय सदस्य समेत रहेका राजीव विक्रम शाहकै काँधमा आउन सक्छ।
शाहको प्रतिष्ठामाथिको दबाब
राजीव विक्रम शाह नेपालको राजनीतिक फलकमा युवा, आधुनिक, र समाजसेवी नेताका रूपमा उभिएका एक सेलिब्रेटी नेता हुन्। आफ्नो निजी लगानी, समाजसेवा, र युवामैत्री छविका कारण जाजरकोटका आमजनमानसमा उनले विशेष स्थान बनाएका छन्। तर यस पटक सार्वजनिक बजेटले सो अपेक्षाको सन्तुलन मिलाउन नसकेको देखिएको छ।
जन आकांक्षा र पार्टी कार्यक्रता शुभचिन्तकको मन र विश्वासलाई बचाइ राख्न निरन्तर सम्वाद र छलफल हुनु आवश्यक छ ।
उनले स्थानीय संचार माध्याम प्रयोग गर्न सक्छन आफ्ना विचारहरु कार्यक्रता तहमा लैजानका लागि त्यो उनलाई सचिवालय र शुभ चिन्तकले सल्लाह दिन सक्छन् वा उनी आफै समन्वय गर्न सक्छन् । तर त्यसका लागि भुकम्प पछि थिला थिला भएका संचार माध्यामहरु अहिले सम्म कतैबाट पनि सहयोग साथ पाउन सकेका छैनन् र अलिहे पनि उनले बजेटमा कर्णालीका संचार माध्यामलाई नयाँ पन केहि दिन नसकेको संचार माध्याम र पत्रकारको गुणासो छ । यसमा सहयोग गर्ने बातावरण मिलाउनु पनी समन्वय जरुरी छ ।
अझ आफ्नै जिल्लाका भुकम्पबाट विक्षिप्त भएका संचार माध्याम सम्वन्धि आवश्यक सहयोग गर्न सक्थे त्यो अपेक्षा पनि राखेका थिए अवशर पनि थियो तर केहि सम्वोधन नहुनुले पनि जिल्लाका संचार माध्याम ,पत्रकारहरु पनि शाहले नगरको गुणासो गरिरहेका छन् ।
जाजरकोटबासीहरूलाई लागेको छ — “शाह जस्तो व्यक्ति मन्त्री हुँदा पनि जिल्ला उपेक्षित भयो भने अरू बेला के होलारु” यही भावनाले कार्यकर्ताहरूमा आक्रोश जन्माएको हो। तर त्यस्तो उपेक्षा चै निश्चयनै छैन बजेट सवै क्षेत्रमा परेकै छ वहाँ जाजरकोटको मात्र मन्त्री नभएर प्रदेशका १० जिल्लाको मन्त्री हुनुहुन्छ वहाले हेर्ने थुप्रै समस्याहरु छनु ,नेतृत्वमा बाध्यताहरु ,समन्वयकारी भुमिका ,अग्रजका कुराहरु सुन्नु पर्ने ,कर्मचारी तन्त्रको व्यबहार र प्रचलित नियम कानून सवै कुराले उनलाई चाहे जस्तो गर्ने बातावरण नबनेको पनि हुन सक्छ ।
या सवै कुराहरु अहिलेनै सामजिक संजालमा आए जस्तो नहुन पनि सक्छ कतिपय वजेटको विस्तृती सम्वन्धित मन्त्रालय मार्फत कार्यालयमा पुगेको पनि छैन के कुरालाई आधार मानेर कसरी आलोचित बनाउन खोजियो त्यो महत्वपूर्ण हुन सक्छ । समिक्षा भए पछि त्यसले केहि निकास अवश्य निकाल्ने छ ।
आगामी निर्वाचन ८४ सालको निर्वाचनस् संकेत र सम्भावना
अहिले कार्यकर्ताहरूले व्यक्त गरेको असन्तुष्टि केवल आवेश मात्र हो वा नीति निर्माणमा समावेश गरिनुपर्ने माग हो — यो समयले देखाउनेछ। तर ूनिर्वाचनमै देखाइदिन्छौंू भन्ने भाषाले पार्टी एकताको भविष्य र शाहको जाजरकोटकेन्द्रित राजनीतिक यात्रामाथि प्रश्न चिन्ह खडा गरेको छ।
यदि असन्तुष्टि व्यवस्थापन गर्न ढिलाइ भयो वा संवादहीनता बढ्यो भने, यसले आगामी निर्वाचनमा नेपाली कांग्रेसकै संगठनात्मक क्षमतामा असर पार्न सक्छ।
राजनीतिक रणनीतिस् शाहको परीक्षण को घडी
शाहको राजनीतिक क्षमताको परीक्षण अहिले सुरु भएको छ। पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्नु, आलोचना सुन्ने तर संवादमार्फत समेट्ने शैली अपनाउनु, र जाजरकोटका लागि अझ स्पष्ट र सशक्त योजना अघि सार्नु उनको जिम्मेवारी हुनेछ। एस कार्यमा उनको सचिबालयले पनि आवश्यक भूमिका खेल्न सक्छ यो अवस्थले उनका शुभ चिन्तकहरु समेत के भएको हो भनेर शंक उपशंका गर्न थाले भने एसले ढुलमुल विचारमा लैजान सक्ने छ ।
त्यस्तै, अनुशासन समितिलाई सक्रिय तुल्याउने, जिल्ला कार्यसमितिसँग विशेष बैठक आयोजना गर्ने, र भौगोलिक सन्तुलन कायम गर्न कार्यान्वयनमै सुधार ल्याउने हो भने यो परिस्थितिलाई पनि उनले आफ्नो नेतृत्व क्षमताको प्रदर्शन गर्ने अवसरका रूपमा रूपान्तरण गर्न सक्छन्।
उनी मात्र नभएर सिंगो पार्टीको जिल्ला अनुशासन समिति पनि कैयौ पटक जिल्लाका जन प्रतिनिधि देखि कार्यक्रता नेताहरुले गलत कार्य गर्दा समेत ध्यानाकर्षण गराउन नसकेको ,कार्वाहिको दायरामा ल्याउन नसकेको नाम मात्रको समितिको उपमा पाएको अवस्थामा सक्रिय बन्न सक्छ यो पार्टीको लागि अवशर पनि हो त्यो हेर्न बाकी छ ।
निष्कर्षमा भन्नु पर्दा राजनीतिमा आलोचना अस्वाभाविक होइन। तर असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा अस्थिरता आउँछ। अहिले राजीव विक्रम शाहको प्रतिष्ठा, जाजरकोटप्रतिको प्रतिबद्धता, र नेतृत्व क्षमताको वास्तविक परीक्षण हो।
यदि उनले यो चुनौतीलाई अवसरमा बदल्न सके भने — केवल जाजरकोटमा हैन, कर्णाली र राष्ट्रिय राजनीतिमा समेत शाहको भविष्य अझ उज्यालो बन्न सक्छ।
( लेखक नेपाल प्रेस युनियन जाजरकोटका पुर्व अध्यक्ष हुन् ।