जाजरकोट–जोमसोम–कोरोला यात्रा संस्मरण

पार्वती थापा । जाजरकोट

टिन टिन मोबाइलमा मेसेजको घण्टी बज्यो हतार हतार गर्दै विद्यालयको ग्रुुपमा मेसेज हेरेँ मेसेजमा गाडी बसपार्कबाट हिडिसकेको छ सबैजना साथीहरु आ आफ्नो पायक पर्ने स्थानबाट गाडि चढ्नुुहोला भन्ने रहेछ । त्यतिबेला विहानको ठिक ४ः३० बजेको थियो । भ्रमण भन्ने बित्तिकै मनमा रमाइलो अनुुभुूति हुुने, नयाँ ठाउँ, मन मिल्ने साथीसँगको यात्रा, जसले वास्तविक दुुनियाँदेखि पर गएको छुुट्टै आनन्दको रसपान गर्ने मेरो मस्तिष्क । मैले बेलुका नै झोलामा आफ्ना आवश्यक सामान प्याक गरिसकेकी थिए । त्यो मेसेजले मेरो निद्रा खुुुल्यो अनि म हतार हतार गर्दै थप तयारी पुुरा गर्नतिर लागे । साढे ५ बजे नै मेरो घर नजिक बस्ने एकजना विद्यार्थी र म घर नजिकैको बस बिसौनीमा पुुग्यौ केहि समय पछि गाडी हामी बसेको ठाउँ नजिक आएर रोकियो । हामी गाडीमा चढ्यौ, मेरो लागि सुुमी मेडमले सिट रोकेर ल्याउनुुभएको रहेछ उहाँलाई मिठो मुुस्कान सहित धन्यवादको कृतज्ञता प्रदान गर्दै उहाँ नजिकै बसेँ । सबै जम्मा हुुन समय लाग्यो तल्लो थाप्लेबाट करीब साढे ६ बजेतिर गाडी यात्राको लागी अगाडी बढ्यो ।

यो भ्रमण श्री त्रिभुुवन मावि खलङ्गाको नमुुना कार्यक्रम अन्र्तगत शैक्षिक भ्रमणको योजना अनुसार रुकुुम, वाग्लुुङ, र मुुस्ताङका विभिन्न विद्यालय लगायत म्याग्दी , वाग्लुुङ र मुुुस्ताङका धार्मिक ऐतिहासिक तथा विविधतायुुक्त धरातलको अध्ययन गर्ने उद्देश्यले तय गरिएको थियो सोहि योजना मुुताविक यो भ्रमणको नेतृत्व हाम्रा स्टाफ शिक्षक राजेन्द्र कार्की दाइले लिनुुभएको थियो । यो भ्रमणमा प्रधानाध्यापक सहित ९ जना शिक्षक, ९ जना विद्यार्थी १ जना विव्यस अध्यक्ष र २ जना गाडी स्टाफ सहित २१ जनाको संख्या रहेको थियो ।

bhumi-sanrakshyan

हामी नयाँ उमङ्गका साथ नयाँ ठाउँको भ्रमण गर्न पाएकोमा दङ्ग थियौँ । गाडी आफ्नै गतिमा गुुडिरहेको थियो । रातभर भ्रमण जाने उत्सुुकताले गर्दा त्यति गहिरो निद्रा परेको थिएन । गाडीमा बोमिट होलाकि भनेर सुुमी मेडम र मैले औषधी खाएका थियौैँ, त्यसैले होला हामी दुुबै मस्तले निदाउन पुुग्यौँ । गाडी रिम्न, रुकुुुमको सिम्ली हुुदै गुुडिरहेको थियो । रुकुुम पश्चिमको एउटा सानो चिया नास्ता खुुवाउने ठाँउमा हल्का चिया नास्ता खाएपछि फेरी हाम्रो यात्रा अगाडी बढ्यो र केहि समयको यात्रापछि रुकुुम पुुर्वको रुकुुमकोटमा रहेको मनग्य होटेलमा खाना खान पुुग्यौँ । केही समय आराम गरि खाना खाईवरी पुुनः यात्राको लागी गाडीमा बस्यौँ । गाडी आफ्नै गतिमा गुुडिरहेको थियो । बाटोमा रमाईलो दृश्य देखेर मन फुुरुङग थियो । बाटोभरी ऐसेलुु पाकेर हाम्रो मनलाई लोभ्याईरहेको थियो, हरियाली वनजंगल अनि शितल लेकाली हावापानीले हामीलाई स्वागत गरिरहेको भान हुुन्थ्यो । यसरी यात्रा गर्दै जादा विभिन्न रमणीय वस्ती सेरीगाँउ, मुसीकोट साँख हुुदै रुकुुम पुुर्वका रुकुमकोट, लुकुम हुँदै र वाग्लुुङको सिमाना पातीहाल्ना नेटा बजार पुुगियो । त्यो ठाउँमा हाम्रो देशको राष्ट्रिय फुुलका विभिन्न प्रजाति सेता राता गुुलाबी रङका लालिगुुराँस फुुलेर बनेको मनमहोक दृश्यले हामीलाई स्वागत मात्र गरेन आफुुसँग लुुकामारी खेल्न समेत बोलाएकोले हामी गाडी रोकेर विराट सौन्दर्य छरि मुुस्कुुराईरहेकी प्रकृतिसँग केही समय लुुकामारी खेल्न समेत पछि परेनौँ । फोटो र टिकटक बनाउने काम त भन्नै परेन । नियमित जस्तै भैहाल्यो ।

केही समयको लुुकामारी पछि प्रकृति देवीले हामीलाई आफ्नो यात्रामा जान विदाईका हात हल्लाउदै विदाइ गरिन र हामी विस्तारै वाग्लुुङको भुुभागमा यात्रा गर्न थाल्यौँ । नागवेली हुदै वगेका साना ठुुला सुुन्दर नदी , वसन्त ऋतुुमा विभिन्न जातका विभिन्न रङमा फुुलेका फुुलहरु, नव पल्लवित नयाँ पालुुवा, सुुन्दरताको कुुनै वर्णन गर्न नसकिने अपार दृश्य, हाम्रो नयनमा आउने अनि हराउने गर्दै गर्दा हामी खुुब रमाइलो मान्दै आफुुलाई प्रफुुल्लित गराउदै आफ्नै गतिमा हुुइकिरहेका थियौँ । केहीबेरको यात्रापछि हामी बुुर्तिबाङ हुुदै वाग्लुुङका विभिन्न वस्तीहरु छिचोल्दै वाग्लुुङ बजार पुुग्यौँ । त्यहाँ पुुगेर साथीहरु कोही वाग्लुुङ कालिकाको दर्शन गर्न जानुुभयो भने हामी केही साथी मन्दिर नजिकैको होटेलमा खाजा नास्ताको तयारी गरी खाजा खाएर बस्यौँ । साथीहरु बाग्लुुङ र पर्वत जोड्ने झोलुुङ्गे पुुलको दृश्यावलोकन गदै कालिका मन्दिरको दर्शन गरेर फर्किएपछि खाजा नास्ता खाएर पुुनः हामी हाम्रै गन्तब्यमा हुुइकियौँ । रेखा मेडम र यशोदा मेडम हामीलाई म्याग्दीको वेनीमा पर्खेर बस्नुुभएको थियो । उहाँहरु काठमाण्डौँबाट हामीलाई भेटेर सँगै यात्रा गर्ने उद्देश्यले अघिल्लो दिन म्याग्दी आईसक्नुुभएको थियो । हामी करिब साढे सात बजेतिर म्याग्दीको वेनी बजार पुुगेर होटेल याकमा बास बस्न पुुग्यौँ । त्यहाँ पुुगेर केही समयमा फ्रेस भएर खाना खाई समयमै निद्रादेविको शरणमा पुुग्यौँ ।

२०८० बैशाख ८ गतेको दिन विहान सबेरै उठेर मुुस्ताङ यात्राको लागि हामी तयार भै गाडीमा बस्यौँ र मुुस्ताङतिरको हाम्रो यात्रा सुुरु भयो । केही समय हिडेपछि बाटोमा तातोपानी कुुण्ड र धारो रहेछ । त्यहाँ पुुगेर हामी सबैले तातोपानीमा नुुहायौँ, डुबुल्की मारयौ । निकै आनन्द आयो । त्यही खाजा नास्ता खाएर फेरी बाटो लाग्यौँ । भिरालो र साँघुुरो बाटो हुुदा यात्रामा हामीलाई अलि डरको महशुुस भयो तथापी रहरको अगाडी डरले हार मान्नुपर्यो । साथीहरुको सामिप्यतामा एकपछि अर्को प्रसङग रमाइला गफहरु गर्दै निरन्तर अगाडी बढिरह्यौँ । म्याग्दीको भुुभाग छिचोल्दै कालीगण्डकी नदीको तिरैतिर गाडी निरन्तर अगाडी बढिरहेको थियो । हामीपनि विभिन्न ठाउँका विभिन्न भुुभाग र बस्तीहरु नियाल्दै यात्रा अगाडी बढाईरहेका थियौँ । केही समयको यात्रापछि हामीले म्याग्दीको भुुभाग पार गदै मुुस्ताङ जिल्लामा प्रबेश गरिसकेका थियौं । मुुस्ताङ जिल्लामा प्रबेश गर्नासाथ हामीलाई हिमाली हावापानीले शुुरुमै स्वागत ग¥यो माथितिर सेताम्य हिमाल र रमणीय भुुगोल देख्नासाथ हामी गाडीबाट झ¥यौँ र धौलागिरी हिमालको दृश्यावलोकन ग¥यौँ त्यो मनमोहक ठाउँको नाम रहेछ लेते । त्यसपछि हामी हामी पुुनः गाडीमा बस्यौँ र मुुस्ताङका विभिन्न वस्ती लेते, टुुकुुचे, हुदै मार्फा पुुग्यौँ । मार्फामा मुुस्ताङ जिल्लाको नक्साङकन गरिएको रहेछ विभिन्न प्रजातीका स्याउहरु पाइने मार्फामा त्यतिबेला स्याउहरु फुुल्ने समय भएकाले स्याउका बगैचाले मार्फालाई थप सुुन्दरताको रौनक थपेको आभास हुुन्थ्यो । त्यस सुुन्दरतामा हामी केहिबेर मन्त्रमुुग्ध भयौँ ।

मनाङ र मुुस्ताङ हिमालपारीका जिल्ला हुुन भन्ने थाह थियो तर त्यहाँ पुुगेपछि धौलागिरी र निलगिरी हिमाल दक्षिणतिर ताँति मिलाएर एकअर्कोलाई हेरी मुुस्कुुराईरहेका थिए र त्यहि मुुस्कानले हामीलाई स्वागत गरिरहेका थिए । यसरी हामीले मुुस्ताङका विभिन्न वस्ती हुुदै मुुस्ताङको सदरमुुकाम जोेमसोममा पुुग्यौँ त्यहाँ रेडक्रसकर्मी पुुष्पा शेरचनले हाम्रो खाने बस्ने व्यवस्था गरिदिनुुभएको रहेछ । उहाँलाई अगाडी नै फोन गरेर खाने बस्ने ब्यवस्था मिलाईदिन राजेन्द्र दाइले आग्रह गरिसकेकाले हामीलाई धेरै सजिलो भयो । उहाँले दिएको लोकेशन अनुुसार हामी होटेलमा पुुगेर खाना खायौँ । मुक्तीनाथ सम्म गाइडको भुमिका निर्वाह गरेर पुष्पा जीले धेरै सहयोग गर्नुभयो । खाना खाइसकेपछि हामी धुम्बा ताल हेर्न गयौँ । ताल सफा थियो तालभित्र रहेका माछाहरु स्पष्टै देखिन्थे त्यो दृश्यले हामी सबैलाई मोहित पारेको थियो । जोमसोममै रहेको एउटा सामुदायिक विद्यालय पनि हेरयौ दुर्गममा भएर पनि निकै राम्रो ब्यवस्थापन रहेछ ।


हामी सबैको आकर्षणको केन्द्रविन्दुु मुुक्तिनाथ मन्दिर जान हामी उत्साही थियौँ । ताल हेरेर फर्किसकेपछि तुुरुन्तै हामी मुुक्तिनाथ मन्दिरको दर्शनका लागि गाडीमा बस्यौँ मन्दिरतर्फ प्रस्थान ग¥यौँ । धेरै उचाइमा भएका कारण मुुक्तिनाथ जादा लेक लाग्ने समस्या हुुदोरहेछ मानिसहरु घोडा डोलीका साथमा आवतजावत गरिरहेका थिए । यो दृश्यले मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताको स्मरण भयो भक्तजनहरु कोही हिडिरहेका थिए । कोहि घोडा सवार थिए । तर हाम्रो सबै टोलि पैदल यात्री भएर मन्दिर पुुग्न सफल भयौँ । त्यहाँ पुुगिसकेपछि १०८ वटा धारा मन्दिर नजिकै रहेछन् ती धारामा नुुहाएर मन्दिर अगाडीको २ वटा कुुण्डमा डुुबुुल्की मार्ने परम्परा रहेछ हामीले पनि १०८ वटा धारामा नुुहाएर पानी खाई कुुण्डमा डुुबुुल्की मार्न पुुग्यौँ । तालभित्र रहेका पैसा डुुबुुल्की मारेर निकाल्न सकेमा राम्रो हुुन्छ घरमा सिद्धि आउछ भन्ने किवदन्ती अनुुसार डुुबुुल्की मारेर पैसा निकाल्न हाम्रा साथीहरु तल्लिन देखिन्थे । मुक्तिनाथ दर्शन गरिसकेपछि हामी त्यहाँ नजिकै रहेका बौद्ध गुुम्बा र बुुद्धमुर्ति पनि हे¥यौँ बौद्ध गुुम्बाभित्र ज्वाला बलिरहेको देखिन्थ्यो । ती सबै दृश्य अवलोकन गरिसकेपछि फोटो भिडियो र टिकटक भिडियो बनाउदै मनलाई आनन्दित बनाउदै गाडी राखेको ठाउँमा पुुग्यौँ । गाडीमा बसेर पनः जोमसोम फर्कियौँ । साँझको खाना खाइसकेपछि हामी सबेरै सुुत्यौँ किनकी हामी भोलीपल्ट उपल्लो मुुस्ताङको लागि यात्रा तय गरिसकेका थियौँ । भोली पल्ट विहान हामी उपल्लो मुुस्ताङको लागि अगाडी बढयौँ । करिब १५ मिनेट गाडीमा हिडेपछि कागबेनी । पुुगियो कागबेनी पृतिहरुको लागि पिण्ड दिने तिर्थस्थल रहेछ विहानको समय कालीगण्डकीको तिरमा गई हातमुुख धोएर हामीले आ आफ्नो पृतिलाई सम्झेर जल चढायौँ । हेड सरले पनि पृतिका लागि तर्पन दिनुभयो त्यसपछि पुुनः उपल्लो मुुस्ताङको यात्रामा अगाडी बढयौँ ।

 

उपल्लो मुुस्ताङ एक अलौकिक दृश्यले सजिएको रहेछ । हामीलाई लोभ्याउन ऊ साच्चिकै अदभुुत सौन्दर्यले सजिएको रहेछ र जतिजति हामी अगाडि बढ्थ्यौँ त्यति त्यति बस्ती पातलो देखिन्थ्यो । पातला बस्ती अनौठा लाग्ने भुुधरातल साँच्चिकै मलाई त्यो ठाउँ सपनाको सँसार लागिरहेको थियो । प्रकृतिले पनि ब्रमाण्डको रचना अजिव तरिकाले गरिदिएको छ । वर्णन गर्न असम्भव हुुने गरि ती प्राकृतिक सुुन्दरताका दृश्यावलोकन गर्दै हामी छुुसाङ घार्मी हुुदै लोमान्थाङ पुुग्यौँ । त्यहाँ एक होटेलमा विहानको खाना खाएर दरबार हेरयौ र पुुनः कोरालातिरको गन्तब्यमा प्रस्थान ग¥यौँ लोमान्थाङदेखि केही समयको यात्रापछि हामी कोराला यात्राको क्रममा एक प्रहरी पोष्टमा पुुग्यौँ त्यहाँ प्रहरीले आवश्यक निर्देशन सहित हामीलाई विदाई ग¥यो । हामी जति जति अगाडी बढिरहेका थिर्यौँ त्यति त्यति नै हामीलाई स्वासप्रश्वासको समस्या देखिदै गईरहेको थियो । आफ्नो शारीरिक अवस्था ठिक राख्न चनाखो भैसकेका थियौँ हामीले आवश्यक पर्ने चिज टिमुुरको धुुलो अचार स्याउका चाना अमिली जस्ता नुुनिलो र अमिला स्वाद भएका चिजहरु राखेका थियौँ । साथै आवश्यक पर्ने औषधि नि बोकेका थियौँ केही समयको यात्रापछि हामी कोरला नाका पुुग्यौँ । त्यहा हाम्रो देश नेपाल र छिमेकी देश चीनको सिमाना छुुट्याउन २४ नम्बरको पिलर गाडिएको ठाउँमा पुुग्यौँ तब गाडीबाट झ¥यौँ बाहिर हावाहुुरी चलिरहेको थियो हावाहुुरीसँग उडिरहेको धुुलोले हामीलाई आँखा हेर्न नि हम्मे हम्मे परेको थियो भने अर्कोतिर विना बोटविरुवाको त्यो नाङगो ठाउँमा हामीलाई स्वास लिन गाहृो परिरहेको थियो । शरीर भारी भएको महसुुस हामी सबैलाई भएको थियो तापनि हाम्रो कोरला नाका हेर्ने रहर विचमा ती हावा र शारीरिक असहजता केही लागेन । हामीले त्यस ठाउँबाट देखिने विभिन्न हिमालका दृश्यहरु अवलोकन ग¥यौँ भने चिनका समथर भुुभाग पनि नियाल्ने अवसर पायौँ । हामीलाई त्यहाँ पुुग्दा लाग्यो हाम्रो देश अझै कति पछि धकलिएको छ । चिनले आफ्नो सिमाना छुुट्याउन तारजाली गरेको थियो । आफ्नो क्षेत्रको भुुभाग ठुुलाठुुला घर निर्माण गरेको थियो भने हाम्रो नेपालले बस्नलाई मात्र टेन्ट राखेको थियो यो हेर्दा मलाई उदेक लागेर आयो र मनमनै भने मेरो देश प्राकृतिक छटाको हिसाबले सम्पन्न शाली छ तर देश निमार्णको बागडोर सम्हालेका हाम्रा राजनीतिज्ञ आँखामा भ्रष्टाचारको पट्टि बाँधेर कुुनै सम्भावना देखिरहेका छैनन् । यो प्राकृतिक छटाले हाम्रो देश स्वर्गको एक टुुक्रा लागिरहेको छ । तर त्यही स्वर्गलाई तहसनहस गर्न भागदौड गरिरहेका मान्छेदेखि वाक्क लागेर आयो । केही समय हामी हाम्रा थकान मेट्न नेपालीले बनाएको टेन्टभित्र पस्यौँ त्यहा तातोपानीले हामीलाई स्वागत गरियो । चीनको भन्सारबाट त्यहा नेपालीको लागि आवश्यक सामाग्री ल्याइदोरहेछ । हामीले पनि केही मिठाईहरु किनेर फोटो खिच्दै धेरै समय खेर नफाली फर्किन गाडीमा बस्यौँ र विस्तारै रमाइलो गर्दै विभिन्न भुु बनोट नियाल्दै साँझपख मुुस्ताङको सदरमुुकाम जोमसोम रातको ८ बजे पुुग्न सफल भयौँ । साँझको खानपान सहित फर्किने योजना सहित हामी आआफ्नो ओछ्यानमा निद्रादेविको शरणमा पुुग्यौँ ।

अर्को दिन अर्थात १० बैशाख बिहान ४ बजे नै हामी आ आफ्नो सामान तयार गरि गाडीमा बस्यौँ गाडि चालकले गाडी रफ्तारमा दौडायो किनकी हामीलाई त्यो दिन घर जसरी नि पुुग्नुुथियो । बिहान साढे सातमा हामी म्याग्दीको तातोपानी पुुग्यौँ केहीबेर तातोपानी नुुहाउने कामलाई दोह¥याइयो अनि गाडीमा बसेर हामी म्याग्दीमा रहेको गलेश्वर मन्दिर दर्शनका लागि गाडी त्यतै मोड्यौ केहिबेर गलेश्वर महादेवको दर्शनपछि मन्दिर परिसरलाई हेर्ने काम गरेर फोटो सेसनलाई जोड्ने काम गरियो र पुुनः गाडीमा बस्यौँ । केहिबेरको यात्रापछि हामी बाग्लुुङ बजार पुुगेर खाना खाईवरी फेरी यात्रा तय गरियो । हेड सर त्यतैबाट काठ्मान्डौ प्रस्थान गर्नुभयो । अरु साथीहरुको यात्रा निरन्तर चलिरहेको थियो गाडीमा हाम्रो रमाइलो भइरहेको थियो साथीहरुको विचमा हुने रमाइला गफले बाटो कटेको पत्तै हुुदैन्थ्यो । यो यात्रामा पर्ने बाग्लुुङ, रुकुमपूूर्वका विभिन्न स्थानमा पर्ने रमनीय स्थानहरुले हामीलाई झनै फुुरुङग पारिरहेको थियो । करिब दिउसोको २ बजे हामी पूूर्वी रुकुुमको कमल दहमा पुुगिसकेका थियौँ । त्यहाँ पुुगेर हामी नजिकै रहेको सामुदायिक विद्यालयको अवलोकन गर्न पुुग्यौँ विद्यालय र कमलदहको अवलोकन गरिसकेपछि हामी पुुन फर्किने तयारीमा थियौँ तर सडक निर्माण कार्यले बाटो अवरुद्ध भएको खबर आयो त्यसपछि हामी केहिबेर त्यतै बितायौँ र बाटो खुुल्नासाथ यात्रा अगाडी बढायौँ ।

रात बिस्तारै परिरहेको थियो हामीले दिउसो खाजा रुकुुम पशिमको मुुसिकोटमा अडर गरिसकेका थियौँ । त्यहाँ पुुगेर खाना खादै रातको ९ बजिसकेको थियो खाइसकेपछि हतार गर्दै गाडिमा बस्यौँ राति भैसकेकोले हामीलाई घर पुुग्नुुपर्ने कुुराले तनाब दिइरहेको थियो । तैपनि रमाइला गफका प्रसङले हामीले बाटो कटेको पत्तो नै पाएनौँ । करिब डेढ घण्टाको समय लगाएर हामी जाजरकोट खलङगा पुुग्यौँ अनि आ आफ्नो पायक पर्ने स्थानबाट साथीहरुलाई विदाईका हातहरु हल्लाउदै घरतिर प्रस्थान ग¥यौँ ।

यात्रा एक अविस्मरणीय क्षण हो । ती अनौठा खालका प्राकृतिक भुु बनोटले मलाई घरीघरी त्यतै लैजान्छ । हाम्रो देशले यस्ता प्राकृतिक रुपले भरीपुूूर्ण भएको हाम्रो देश साँस्कृतिक रहनसहन भेषभुुषाले सम्पन्नता कायम गरेको यो देशलाई पहिचान गरी समयमै यसको सही तरिकाले सदुुपयोग गरे विश्वको सबैभन्दा महङगो डलर यहि देशमा छ त्यही डलर उत्पादनमा मेरो देश लागोस समयमै शासनको बागडोर समालेका व्यक्तिको आँखाको पट्टि खुुलोस शुुभकामना । जय नेपाल , जय देश ।

(लेखक त्रिभुवन मावि खलंगाका सहायक प्रधानाध्यापक हुनुहुन्छ ।)

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya