राजेन्द्र कार्की । जाजरकोट
युवा क्रिकेटर युनिश विक्रम सिंहलाई उनी अध्ययन गरेको विद्यालयले सम्मान गरेको छ । विहिवार सदरमुकाम खलंगा स्थित उनी अध्ययन गरेको त्रिभुवन माध्यमिक विद्यालयले सम्मान गरेको हो ।
नेपाली अन्डर १९ एशिया क्रिकेट प्रतियोगितामा अफगानिस्तान जस्तो टेस्ट राष्ट्रलाई ३ विकेट लिएर विजयी गराउन महत्वपुर्ण भुमिका खेलेका थिए । भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग एनपिएलमा कर्णाली याक्सका तर्फबाट सहभागी भई उत्कृष्ट खेल प्रर्दशन गरी गृह जिल्ला पुगेका सिंहलाई विद्यालयले सम्मान गरेको हो । आफुलाई शिक्षा दिएका गुरुहरुको सम्मानका केक लिएर विद्यालय पुगेका खेलाडी सिंहलाई विद्यालयका शिक्षकहरुले टीका र खादा लगाएर बधाई तथा थप प्रगतिको शुभकामना दिएका थिए । प्रधानाध्यापक भक्तबहादुर मल्लले यही विद्यालयको विद्यार्थीले क्रिकेट खेलमा गरिरहेको प्रगति विद्यालयका लागि गर्बको विषय भएको बताए ।
क्रिकेटर युनिसलाई विद्यालयमा सम्मान
