प्रवाह संवाददाता । जाजरकोट
विभिन्न कार्यक्रम गरेर जाजरकोटमा १० औं अन्तरराष्ट्रिय योग दिवस मनाईएको छ । आफु र समाजका लागि योग भन्ने यस बर्षको योग दिवसको आदर्श वाक्य रहेको छ । प्ले कार्ड र ब्यानर सहित बजार परिक्रमा गरेर सदरमुकाम खलंगा स्थित त्रिभुवन माविमा योग साधना गरेर योग दिवस मनाईएको हो । जिल्ला आयुर्वेद कार्यालय जाजरकोटको समन्वयमा भएको कार्यक्रममा कार्यालय प्रमुख, जनप्रतिनिधी, शिक्षक, विद्यार्थी र स्थानियहरुको सहभागीता रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले योगको माध्यमबाट स्वस्थ रहन आग्रह गदै योगशालामा गएर योगसाधना गर्न आग्रह गरे ।
कार्यक्रममा योगगुरु रेखा शाहले मनलाई शान्ति र हरेक काममा ध्यान लगाउन योग नै एक मात्र अचुक उपाय भएको बताइन । ‘हरेक व्यक्ति उर्जाशील भएर जन्मन्छ । उर्जा व्यवस्थापन नै जीवनका.े सबैभन्दा महत्वपुुर्ण बिषय हो । व्यक्तिभित्र रहेका सातवटा चक्रको माध्यमबाट उर्जाको व्यवस्थापन हुुन्छ । जसबाट व्यक्तिमा सबैमा म र म मा सबै देख्न सक्ने भावको, त्यो चेतको विकास हुुन्छ अनि उसको हृदय खुुल्ला हुुन्छ जस्तो भित्र उस्तै बाहिर कुुुनै छलकपट, द्धेष,ईष्र्या र क्लेष रहदैन । यसरी एउटा उदार, सहृदयी र सेवाभावले भरिएको व्यक्ति निर्माण गर्नुु नै योगको मुख्य ध्यय हो ।’ त्यसैले योग साधनामा जोडिएर शरीरमा स्फुर्ती ल्याउन र लक्ष्य प्राप्तीमा अग्रसर हुन आग्रह गर्दछु उनले भनिन् ।
योग दिवसकै अवसरमा जिल्ला अस्पताल जाजरकोटमा रहेका विरामीलाई फलफुल समेत वितरण गरिएको जिल्ला आर्युवेद कार्यालयका प्रमुख धनवीर बुढाले बताए । योग दिवस मनाउन सहयोग गर्ने सवैलाई उनले धन्यवाद दिए ।
अन्तरराष्ट्रिय योग दिवसलाई ब्यापक बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ मार्फत सवै विद्यालयमा सर्कुलर समेत गरेको थियो । सरकारले योगलाई महत्व दिनुलाई सकारात्मक कदमको रुपमा लिन सकिन्छ । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघमा योगलाई महत्व दिन विश्व योग दिवस मनाउन राखेको प्रस्ताव स्वीकृती भएपछि त्यतिवेला देखि नै विश्वभर योग दिवस मनाउन थालिएको हो ।