April 14 - 2024, Sunday२ बैशाख २०८१, आईतवार

सेताम्य देखिने हिमालमा देखिन थाल्यो कालापत्थर, पुसमै फुल्यो लालीगुराँस !

राजेन्द्र कार्की । जाजरकोट
बाह्रै महिना सेताम्य हुने हिमालमा कालापत्थर देखि थालेका छन् भने फागुन चैत्रमा फुल्ने लालीगुराँस जाजरकोटमा पुसमै फुलेको छ । केही बर्ष यता मंसिर पुसमै लालीगुराँस फुल्न थालेका छन् । यस अघि यसरी हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका २ तिमिलेका ९२ बर्षिय कर्णबहादुर वलीले बताए । उनले केही बर्ष यता हिमालमा हिउँ पनि देखिन छोडेको बताए ।
लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिगाँ, राङ्गसी, मछाइना, कुशेका पाँचकाटिया, समाइला, नलगाडका लहाँ, करुवा, डाँडागाउ, बारेकोटका रामीडाँडा लगायतका गाँउमा प्रसस्त मात्रमा लालीगुराँश फुल्ने गरेका छन् । सवै लालीगुराँस नफुले पनि फाट्टफुट्ट रुपमा जंगलमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका ४ का ७७ बर्षिय खम्बजंग शाहले बताए । पहिला यस्तो हुँदैन्थ्यो । अहिले हिउँ पर्न पनि छोड्यो लालीगुराँस पनि पुसमै फुल्न थालेको छ । बाह्रै महिना सेताम्य हुने जाजरकोटका हिमालहरुमा पनि हिउँ देखिन छोडेको छ ।
जाजरकोटका कुशेपाटन, कराँचुली, जलजला, बारेपाटन लगायतका हिमालमा अहिले हिउँ देखिन छोडेको उनले बताए । अहिले हिउँ परेको बेला मात्र हिमाल सेता देखिन्छ अरुवेला कालापत्थर देखिन थालेका छन् उनले भने ‘जसका कारण हिँउ चितुवा, कस्तुरी, डाँफे, मुनाल लगायतका जंगली पशुपंक्षी लोप हुन थालेका छन् । चिसो र गर्मी अत्याधिक बढ्न थालेको छ ।’
हिउँ नपर्दा फलफुलका बोटविरुवा, गहँ, जौ लगायतका हिउँदे वाली लगायतमा समेत असर पर्ने र उत्पादनमा ह्रास आउने स्थानियको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad