नबरात्रको महाअष्टमीमा जाजरकोटको कालिका मन्दिरमा भब्य पुजाआजा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

नवरात्रको आठौं दिन महाअष्टमीका दिन जाजरकोट खलंगा स्थित कालिका मन्दिरमा विशेष पुजाआजा गरिएको छ । तत्कालिन जाजरकोट राज्यले शक्तिपिठको रुपमा स्थापना गरेको कालिका मन्दिरमा दशैंको आठौ दिन महाअष्टमीका दिन बोकाको वली दिने र विशेष पुजाआजा गर्ने गरिएको छ । आफ्नो मनोकाँक्षा पुरा होस भन्ने कामना सहित अष्टमीका दिन कालिका मन्दिरमा विहानै दर्शनार्थीको घुईचो लाग्ने गर्दछ । आफ्नो मनोकाँक्षा पुरा होस भनेर कालिका भगवति सँग भाकल गर्ने र पुरा भए खुसियालीमा वली चढाउने चलन छ । आफ्ना सन्तानको समृद्धि र सन्तान प्राप्तीका लागि पनि कालिका भगवतिको पुजा गर्ने गरिएको छ । करीब दुई सय बर्ष पुरानो यो मन्दिरलाई पुरातत्व विभागले पुरातत्व सम्पदाको रुपमा सुचीकृत गरेको छ ।

जाजरकोट राज्यको पुरानो सदरमुकाम जगतिपुरबाट राजधानी खलंगा सारिएपछि शक्तिपिठको रुपमा कालिका मन्दिरको स्थापना गरिएको पाइन्छ । विभिन्न दस्तावेजका अनुसार विक्रम संवत १९८५ सालमा तत्कालिन राजा दीपनारायण शाहले कालिका मन्दिर स्थापना गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । कालिका मन्दिर १० फिट लम्बाई र १० फिट चौडाई बर्गाकार आकारमा रहेको छ भने १० फिट अल्लो छ । पितलमा मलम्वा लगाएको गजुर छ । यो मन्दिर प्यागोडा शैलीमा बनाईएको छ । यो मन्दिरमा तत्कालिन राजाकी छोरी चन्द्र शमशेरकी महारानी बालकुमारी शाहले १९६७ सालमा घण्टा चढाएको देखिन्छ भने १९६२ मा नरजंग शाह र १९८६ सालमा शक्तिवर्धन शाहले घण्टा राखेको अध्यक्ष केसीले बताए ।

माओवादी सशस्त्र युद्धको क्रममा यो मन्दिरका पुजारी रामप्रसाद शर्मालाई माओवादीले हत्या गरेका थिए । पतिको हत्यापछि उनकी धर्मपत्नी राज्यलक्ष्मी खनालले मन्दिरमा पुजारीको काम गदै आएकी छन् । मन्दिर जानेबाट जिल्ला प्रहरी कार्यालयले घेरेको, मन्दिर जिर्ण भएको, मन्दिरमा दैनिक पुजाआजाका लागि स्रोत नभएकोले समस्या भएको स्थानिय खम्बजंग शाहले बताए । यो मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व बढाउन सरोकारवालाहरुले विशेष पहल गर्नुपर्ने उनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad