May 28 - 2024, Tuesday१५ जेष्ठ २०८१, मंगलवार

जाजरकोट खलंगामा संचालनमा आयो ‘दरबार होमस्टे’

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट खलंगामा पहिलोपटक होमस्टे सञ्चालनमा आएको छ । यूवा व्यवसायी विश्व विक्रम शाहले जिल्लामै पहिलो भेरी नगरपालिका ३ थाप्लेमा ‘दरबार होमस्टे’ सञ्चालनमा ल्याएका हुन् । भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले एक समारोहका विच उद्घाटन गरे सँगै थाप्ले स्थित दरबार क्षेत्रमा होमस्टे संचालनमा आएको हो । होमस्टेबाट जिल्लाको पर्यटन प्रवद्र्धनका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्रने अपेक्षा गरिएको छ ।

उपप्रमुख जैसीले विरुवामा पानी सिंचित गरेर होमस्टेको उद्घाटन गरेकी हुन् । उनले होमस्टेले जिल्लाको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास गरिन । उपप्रमुख जैसीले युवा ब्यवसायी शाहले जिल्लाको पहिचानका लागि र पर्यटन प्रर्वद्धनका लागि होमस्टे खोलेको भन्दै नगर सरकारको सँधै साथ र सहयोग रहने विश्वास ब्यक्त गरिन । उनले होमस्टे ब्यवसाय सफलताको शुभकामना दिईन ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शुरेश सुनारले होमस्टेमा साँचिकै जिल्लाका रैथाने परिकारको स्वाद र मौलिकपना झल्कनु पर्ने बताए । उनले होमस्टे होटल ब्यवसायमा मात्र सिमित नभई यसले बहुक्षेत्र समेट्ने भएकोले यसको महत्व धेरै रहेको उल्लेख गरे । होमस्टेले जिल्लामा उत्पादित रैथानेबालीको खरीद र खपत गर्ने भएकोले अन्य किसानलाई पनि फाइदा पुग्ने प्रजिअ सुनारको विश्वास छ । होमस्टेको मौलिकपना हराउन नदिन संचालकले विशेष ध्यान दिनु पर्ने बताउँदै ब्यवसाय सफलताको शुभकामना दिए ।
जिल्लाको मौलिक सम्पदा, कला संस्कृतिको संरक्षण,प्रचारप्रसार, रैथाने बालीको उत्पादन र व्यवसायीकरण, पर्यटन प्रर्वद्धन तथा रोजगारीको सिर्जना गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याईएको सञ्चालक शाहले बताए ।

जाजरकोटको रैथाने बाली गहुँ, जौ, कोदो, मकैको रोटी, कुशेको माछा, बारेकोटी सिस्नु र गाभा, सिन्की तथा भटमासको अचारको स्वाद लिन सकिने उनले बताए । यहाँको पौराणिक नाच, गीत संगीत समेत होमस्टेमा प्रर्दशन गरिनेछ । होमस्टेमा हाल सात वटा कोठा प्रयोगमा ल्याइने भएको छ । जिल्लाका सात ओटै पालिकाका नाम राखेर एटेजवाथ सहितका कोठा बनाईएको छ । ठुलो सभा हल सहित घरकै जस्तै शान्त वातावरणमा बस्ने र खाने ब्यवस्था मिलाईएको संचालक शाहले बताए । होमस्टेमा जन्मदिन मनाउने, विवाह पार्टी र अर्डर अनुसार अन्य विभिन्न कार्यक्रम समेत गर्न सकिने जनाईएको छ । होमस्टे संचालनका लागि कर्णाली प्रदेश सरकार पर्यटन मन्त्रालय र भेरी नगरपालिकाले समेत सहयोग गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad