March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

अन्तर पार्टी महिला सञ्जालको अध्यक्षमा शाही

राजेन्द्र कार्की । जाजरकोट

अन्तरपार्टी महिला सञ्जाल जाजरकोटको अध्यक्षमा नेपाली काँग्रेसकी नेत्री रामछाया कुमारी शाही चयन भएकी छन् । जिल्ला सदरमुकाम खलंगामा मंगलवार भएको भेलाले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति पुर्नगठन गरेको हो । शाही नेपाली काँग्रेस कर्णाली प्रदेश समिति सहमहामन्त्री छन् । कुशे गाँउपालिकाकी पुर्व उपाध्यक्ष शाही महिला आन्दोलन तथा सशक्तिकरणमा विगत दुई दशक देखि क्रियाशिल रहदै आएकी छन् ।

समितिको उपाध्यक्षमा एमालेकी तारा शाक्य, सचिवमा माओवादी केन्द्रकी धर्मशिला बस्नेत, कोषाध्यक्षमा राप्रपाकी पशुपति कुमारी शाही चयन भएका छन् । समितिको सदस्यमा नेपाली काँग्रेसबाट रीता पुन, रति नेपाली, खुमकला डाँगी र विष्णु गिरी, माओवादीबाट बविता चनारा, कमला पुन शाह, सुनसरा खत्री र गोपी विक रहेका छन् । एमालेबाट सुनिता बोहरा, कृष्णा सिंह, भावना भण्डारी, देवी नेपाली र राप्रपाबाट जगत कुमारी शाही रहेका छन् ।
समितिले महिलाका सवाल र महिला शसक्तिकरणमा विशेष भुमिका खेल्ने नवनिर्वाचित अध्यक्ष शाहीले बताईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad