April 26 - 2024, Friday१३ बैशाख २०८१, बिहीबार

अन्तराष्ट्रिय महिला दिवसमा बक्तृत्व र लोकगित प्रतियोगिता

टुकमाया घर्ती । जाजरकोट

जाजरकोटमा अन्तराष्टिय महिला दिवस भव्यताका साथ सम्पन्न गरिएको छ । भेरी नगरपालिका जाजरकोटको आयोजना र अन्य सरकारी तथा साझेदार संस्थाहरुको समन्वयमा दिवस सम्पन्न गरिएको हो । “लैंगिक समानताको बलियो अधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुलनाराका साथ प्लेकार्ड र व्यानर सहितको र्याली सदरमुकाम खलंगाको गैरीखाली देखी बजार परीक्रमा गर्दै त्रिभुवन मावि थाप्ले सम्म र्याली सहित परीक्रमा गरि औपचारीक सभामा परिणत भएको थियो ।

रयाली पश्चातको औपचारकि कार्यक्रम भेरी नगरपालिकाका नगर उपप्रमुख सीता जैशीको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख काली वहादुर खत्रीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सरषा निकायका प्रमसखहरु , सरकारी तथा गैरसरकारी संस्था, विभिन्न महिला संजाल लगायतको सहभागिता भएको थियो । औपचारीक कार्यक्रम अन्तरगत शिक्षाका लागि राष्टिय अभियान नेपाल र यार्सन जाजरकोटको कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एड, को सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल – यार्सन ) जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगत – बालबालिका तथा युवा सशक्तिकरण को संयुक्त आयोजनामा खुल्ला वक्तृत्व प्रतियोगिता सम्पन्न गरियो । प्रतियोगितामा सहभागिहरुले महिला हरुको शिक्षा विना अन्य विकास र सशक्तिकरणको कुरा असम्भव हुने तर्क राखेका थिए ।
महिला सशक्तिकरणमा शिक्षाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा जम्मा १५ जना सहभागिहरुले भाग लिएका थिए । प्रतियोगितामा नारायणी महतारा प्रथम, मनिशा वली दितिय, सुनिता शाही तिर्तिय, र लक्ष्मी विक र प्रवीण खड्का सान्त्वना स्थान हाँसील गर्नु भएको थियो ।

त्यसै गरि सामाजिक विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका र दन्द पिडीत महिला संजालको संयुक्त आयोजनामा लोक गित प्रतियोसगिता सम्पन्न भएको थियो । १५ वटा समुहको सहभागिता रहेको लोक गित प्रतियोगितामा महिला हरुले आफुहरुले पोख्नु परेको पिडा भाव पोखेका थिए । सरकारले महिलाहरु लाई राज्यको हरेक क्ष्त्रमा प्रतिनिधित्व गराउँदा विभेध गरेको दुख पोखेका थिए । दुवै प्रतियोगितामा विजयी सहभागिहरु लाई नगद तथा प्रमाया पत्र प्रदान गरिएको थियो ।

लोक गित प्रतियोगितामा प्रथम मलिका सामुदायिक संघर्षशील आमा समुह भेरी १३, गिता वुढा दितिय नमुना टोल विकास संस्था भेरी ३ तिर्तिय र नारायणी महतारा ले सान्त्वना हाँसील गर्नु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल महिलानेत्रिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । महिलाहरु लाई निर्वाचणमा उपप्रमुख मा मात्र समिीत राख्ने सोचको अनत्य गर्नु पर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमा नेपाली काँग्रसका प्रतिनिधि हजारी नेपाली नेकपा एमाले वाट भावना भण्डारी, नेकपा माओवादी केन्द्र वाट प्रदेश सदस्य धर्मशीला बस्नेत, दलीत मुक्तीमोर्चाकी बबीता चनारा पत्रकार महासँघका उपाध्यक्ष मायाघर्तिले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा युवा जागरण विकास केन्द ्र नेपाल यार्सन जाजरकोट , शिक्षाका लागि राष्टिउ अभियान नेपाल, सहकर्मि समाज, वहुआयामिक विकास तथा अध्यन मञ्च, नेपाल राष्टिय दलित समाज कल्यााण संघ, द्धन्दपिडित महिला राष्टिय संजाल लगायतका साझेदार तथा सहभागिता रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad