March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

छेडागाड नगरपालिकाले उचाल्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी छेडागाड नगरपालिकाले जितेको छ । भेरी नगरपालिकाको वडा १३ कुदुस्थित भगवती माद्यामिक विद्यालयमा सञ्चालन गरिएको रनिङ्ग शिल्डको उपाधी छेडागाडले जितेको हो । ८ स्वर्ण, ९ रजत, ९ कास्य गरी जम्मा २२ पदक जितेर शिल्डको उपाधी उचालेको हो । जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले रनिङ्ग शिल्ड छेडागाड नगरपाकिकाका नगरप्रमुख रत्नबहादुर खड्का र खेलाडीहरुलाई प्रदान गरेका छन् । शिल्ड जितेपछि नगरप्रमुख खड्काले खेलाडीहरुलाई बधाई दिए ।

यस्तै रनिङ्ग शिल्डमा दोस्रो स्थान नलगाड नगरपालिकाले प्राप्त गरेको छ । उसले ७ स्वर्ण, ७ रजत, ७ कास्य गरी २१ पदक जितेर दोस्रो स्थान प्राप्त गरेको छ । यस्तै तेस्रो स्थान भेरी नगरपालिकाले प्राप्त गरेको छ । ६ स्वर्ण, ३ रजत, ९ कास्य गरी जम्मा १८ पदक जितेको हो । शिवालयले ५ स्वर्ण, ५ रजत र २ कास्य गरी १२, जुनीचाँदेले ३ स्वर्ण, ४ रजत र २ कास्इ गरि ९ पदक, कुशेले १ स्वर्ण, २ रजत र ५ कास्य गरि ८ पदक र बारेकोटले ३ कास्यमा चित्त बुझाएका छन् ।

फागुन १६ गते सुरु भएको रनिङ्ग प्रतियोगिता शान्तिपुर्ण तरीकाले सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिए । एथेलेष्टिक, लङ्गजम्प, त्रिपलजम्प, हाईजम्प, सटफुट, कपर्दी, भलिबल लगायतका विधामा पालिका स्तरीय प्रतियोगिता भएको थियो । यस अघि पालिका स्तरमा भएको रनिङ्ग शिल्डमा उत्कृष्ट भएका खेलाडी छनौट गरि पालिका स्तरीय खेलमा सहभागिता गराईएको अध्यक्ष बस्नेतले बताए । जिल्लाका सात ओटै पालिकाको सहभागिता रहेको यस खेलमा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश स्तरीय खेलमा सहभागि गराईने भएको छ । विद्यालय तह देखि खेल शुरु गरेर राष्ट्रिय तह सम्म पुग्नका लागि सवै खुड्किलाहरु पार गदै गए राष्ट्रिय खेलाडी बन्ने र बनाउने यो महत्वपुर्ण अवसर भएको उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad