March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

डाक्टर कँडेलले दिए ११४ बालबालिकालाई न्यानो स्वीटर

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

जाजरकोटका दुई वटा विद्यालयका एक सय १४ जना विद्यार्थीलाई हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेलले न्यानो कपडा सहयोग गरेका छन् । नलगाड नगरपालिका –३ दरा स्थित बालहित प्राथमिक विद्यालयका ५३ र नलगाड–१, ठुलोबगरका ६१ स्कुले विद्यार्थीलाई डा.कँडेलले न्यानो कपडा स्वीटर दिएका हुन । निशुल्क स्वीटर पाएपछि बालबालिकाहरु दंग परेका छन् । अभिभावक खुसी भएका छन् ।

सामाजिक अभियन्ता तथा पत्रकार प्रकाश पन्तको पहलमा विद्यार्थीलाई स्वीटर सहयोग गरिएको हो । दुवै विद्यालयमा पुगेर सहयोगीदाता डा. कँडेलले विशेष कार्यक्रमकावीच विद्यार्थीलाई न्यानो स्वीटर हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. कँडेलले छोराछोरीको लागि शिक्षामा बढी भन्दा बढी लगानी गर्न अभिभावकलाई सुझाव दिए ।

उनले भने–‘तपाईहरुले अहिले छोराछोरीमाथी राम्रो लगानी गर्नु भयो भने अर्थात राम्रोसँग पढाउनु लेखाउनु भयो भने मात्रै भविस्यमा उनीहरुले पनि आफ्नो गाउँ ठाउँको विकास, उन्नति र प्रगतिमा योगदान दिन सक्छन् ।’ वालवालिकाको पढाई जग राम्रो भए उनीहरु भविस्यमा डाक्टर, इन्जिनियर, क्षमतावान कर्मचारी, असल नेता वन्न सक्ने धारण डा. कँडेलले राखे । आर्थिक अभावले चिसोमा न्यानो कपडा किन्न नसकेको जानकारी पाएपछि मानवीय हिसावले आफुले सहयोग गरेको उनले बताए । मेरो सानो सहयोगले बालबालिकाको स्वाथ्य र पठनपाठनमा सहयोग पुगोस भन्ने चाहना रहेको उनको भनाई छ ।

सामाजिक अभियन्ता तथा पत्रकार पन्तले विद्यालय र विद्यार्थीको अवस्थावारे अवगत गराउँदा डा. कँडेलले एकै वचनमा न्यानो कपडा सहयोग गरेको बताए ।
दुर्गम र सबै सुविधाबाट टाढा रहेका विद्यालयका विद्यार्थीलाई सम्झेर न्यानो कपडा सहयोग गरेकोमा अभिभावकको तर्फबाट स्थानिय कृष्ण थापाले सहयोगी डा. कँडेललाइ धन्यवाद दिए । विद्यालय परिवारको तर्फबाट शिक्षक कमल ओलीले जाडो याममा आफ्नो विद्यालयका बालवालिकालाई सम्झेर न्यानो कपडा स्वीटर सहयोग गरेकोमा पहलकर्ता र सहयोगीदाता दुवैप्रति हृदयदेखि नै आभार व्यक्त गरेका छन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad