March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

जाजरकोटका तीन पालिकामा प्रदेश संयन्त्रको निर्णय विपरीत नयाँ गठबन्धन

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा सत्तारुढ दलको प्रदेश स्तरीय संयन्त्रले स्थानिय तहमा गरेको भागबण्डा विपरीत तीन पालिकामा नयाँ गठबन्धन भएको छ । प्रदेश संयन्त्रले कुशे, बारेकोट र छेडागाड काँग्रेसलाई, नलगाड, जुनीचाँदे र शिवालय माओवादी केन्द्रलाई र भेरी नगरपालिका नेकपा एकिकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।

जिल्लाका चार पालिकामा प्रदेश संयन्त्र अनुसार गठबन्धन कायम भएपनि भेरी, शिवालय र कुशेमा भने फरक ढंगले गठबन्धन भएको छ । कुशे गाँउपालिकामा काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ । कुशेमा काँग्रेसबाट अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा देविका सिंह चुनावी मैदानमा उत्रिएका छन् । कुशेमा समाजवादी र माओवादीको गठबन्धन भएको छ । अध्यक्षमा समाजबादीका तप्त हमाल र उपाध्यक्षमा माओवादी केन्द्रका विकास रोकाय सहितको नयाँ गठबन्धन भएको छ ।


भेरीमा समाजवादीले पाएको भाग खोसेर काँग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको छ । माओवादी केन्द्रका गगनबहादुर खड्का नगरप्रमुख र काँग्रेसकी सिता जैसी उपप्रमुख हुने गरि गठबन्धन भित्रको गठबन्धन भएको छ । समाजबादीका अध्यक्ष कमानबहादुर खड्का एक्लै चुनावी मैदानमा उत्रिएका छन् । उनले प्रदेश संयन्त्रले गरेको निर्णय कार्यान्वयन गराउन पहल भैरहेको बताए । भेरीमा काँग्रेसले माओवादीलाई मेयरमा सघाएपछि माओवादीको भागमा परेको शिवालय गाँउपालिका काँग्रेसको भागमा परेको छ । काँग्रेसका शेरबहादुर शाहीलाई अध्यक्षमा माओवादीले सघाउने छ । भने उपाध्यक्षमा माओवादीका गिता शाहीलाई काँग्रेसले सघाउने गरि गठबन्धन गरिएको छ ।

अन्य पालिकामा भने प्रदेश संयन्त्रले गरेको निर्णय कार्यान्वयन भएको छ । छेडागाडमा काँग्रेसका रत्नबहादुर खड्का नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा, नलगाडमा माओवादी केन्द्रका डम्बर बहादुर रावत नगरप्रमुखमा र उपप्रमुखमा काँग्रेसबाट सरिता सिंह, बारेकोटमा काँग्रेसबाट अध्यक्षमा महेन्द्रबहादुर शाह र माओवादी केन्द्रबाट नरबहादुर गिरी उपाध्यक्षमा, जुनीचाँदेमा माओवादी केन्द्रकी शिवा आचार्य अध्यक्ष र काँग्रेसका विरेन्द्र शाही उपाध्यक्षमा मनोनयन परेको छ । यी पालिकामा सत्ता गठबन्धनको सहमति अनुसार नै उम्मेदवारी परेको हो । एमालेले भने सवै पालिकामा एकल उम्मेदवारी दर्ता गराएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad