बषौं देखि विजुली बाल्ने धोको अधुरै

टुकमाया घर्ती । जाजरकोट

नेपाल विद्युत प्राधिकरणको जाजरकोट वितरण केन्द्रले जाजरकोटमा विद्युत वितरण कार्य सञ्चालन गरेको ५ वर्ष पुग्दा पनि सबै स्थानमा भने विद्युत पुग्न सकेको छैन । सदरमुकाम वरीपरी केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्दा अन्य स्थानमा भने पोल गाडेर मात्र छोडिएको छ । केन्द्रीय प्रसारणले विद्युत लाईन जोड्न ढिलाई गरेपछि विद्युतको उज्यालोमा बस्ने स्थानीयको सपना भने मरिसकेको छ ।

कुशे गाउँपालिका ५, पाँचकाटीयाकी तिर्षा थापा घर नजिकै केन्द्रिय प्रसारण विद्युत लाईनको पोल गाड्दा विजुली बाल्न पाइने भो भनेर खुसीले गदगद थिइन । तर चार बर्ष वित्यो विजुली बत्ती भने बलेन । उनकोे विजुली बाल्ने रहर भने मरिसकेको छ । थापा जस्तै सोही ठाउँका चक्रबहादुर थापाको पनि विजुली बाल्ने रहर मरिसकेको छ । केन्द्रिय प्रसारण विद्युत लाईनको पोल पुगेपछि निकै हौसीएको स्थानीय अहिले निरास भएका छन । पोल गाडेको चार बर्षमा विजुली बलेन अब कहिले बल्ला उनीहरु प्रश्न गर्छन ?

bhumi-sanrakshyan

जाजरकोट वितरण केन्द्रको लापरवाहीले गर्दा दुर्गम गाउँका स्थानीयबासी विद्युत बाल्नबाट बन्चित भएको स्थानीय प्रेमबहादुर थापाले बताए । सदरमुकाम वरीपरीका केही ठाउँमा मात्र केन्द्रिय प्रसारण पुगेको भएपनि गाउँसम्म पुग्न सकेको छैन । सुर्खेतको राकमबाट आएको ३३ केभी प्रसारण लाइन जाजरकोट कुदुमा छ भने अर्को रग्दाको चौखामा रहेपनी निर्माण काम नहुदा जाजरकोट, पश्चिम रुकुम र डोल्पा जिल्लाको लागि केन्द्रिय प्रसारण लाइन वितरण गर्न ढिलाई भएको छ । खलंगाबाट नलगाड हुदै बारेकोट, कुशे गाउँपालिकासम्म विजुलि विस्तारका लागि वाईपि कन्टक्सनले ६ महिनामा काम सक्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो तर चार बर्षसम्म काम नगर्दा स्थानीयको केन्द्रिय विद्युत बाल्ने रहर अधुरै रहेको छ, थापाले भने ।

प्रधीकरणको लापरबाहीले विद्युत जडान कार्य अलपत्र परेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताए । जाजरकोट वितरण केन्द्रका प्रमुख अभिशेक राज कलवार अलपत्र रहेको विद्युत काम छिटैनै अगाडि बढ्ने बताउनु हुन्छ । प्रादेशीक कार्यालय सुर्खेतबाट ठेक्का भएको काम अलपत्र परेको बताउदै त्यसलाइ अगाडि बढाउनु आफुले पहल थालेको प्रमुख कलवारको भनाइ छ । जिल्लाका सात स्थानीय तहमध्य छेडागाड नगरपालिका, भेरी नगरपालिका, नलगाड नगरपाकिका र शिवायल गाउँपालिकाका केहि स्थानमा मात्र केन्द्रिय विद्युत पुगेको छ ।

विद्युत नहुँदा सरकारी सेवा प्रवाह, बैङ्गिक कार्य, पठनपाठन, पुर्वाधार निर्माण, उद्योग संचालन लगाएतमा बाधा पुगेको छ । जनताको सुविधालाई ध्यानमा राखेर छिटो भन्दा छिटो विजुली जोड्न सम्बन्धित निकायको ध्यान जानु आबश्यक देखिन्छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya