March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

पढ्दा पढ्दै विद्यालय भत्किदा विद्यार्थी घाइते

राजेन्द्र कार्की । जाजरकोट

पठनपाठन चलिरहेका बेला विद्यालय भवन भत्किदा बारेकोटको एक विद्यालयका स्कुले विद्यार्थी घाइते भएका छन् । बारेकोट गाँउपालिका २ लिम्सा स्थित वीरेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् ।

बालविकास कक्षा संचालन हुँदै आएको भवनको भित्ता शुक्रवार दिउसो पढाईरहेको अवस्थामा एक्कासी भत्किएपछि भागदौडको क्रममा विद्यार्थी घाइते भएको शिक्षक कालीप्रसाद थापाले बताए । कोठाको भित्ता भत्किएपछि बालकक्षामा अध्ययनरत हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाही लगायतका नौ जना विद्यार्थी घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल लिम्सामा उपचार भैरहेको छ । घाइते मध्ये ५ जना सामान्य रहेको र ४ जना गंभिर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । तत्काल अन्य विद्यार्थी, शिक्षक र प्रहरीले घाइते विद्यार्थीको उद्धार गरेर अस्पताल पुरयाएका थिए । जिर्ण चुहिने भवनमा विहिवार धेरै पानी परेको र शुक्रवार घामले तातिएपछि भत्किएको प्रहरीको अनुमान छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad