October 27 - 2021, Wednesday१० कार्तिक २०७८, बुधबार

सम्झनाको तरेलीमा स्व.शेर वहादुर अधिकारी

राजेन्द्र विक्रम शाह । जाजरकोट

२०१८ साल माघ १५ गते २०५६ सालमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नंवर ९, डांडापजारुमा जन्मिएका शेर वहादुर अधिकारीको यही २०७८ साल भाद्र ३० गते कोभिड १९ महामारी संक्रमणका कारण काठमाण्डौंको सिभिल अस्पतालमा भएको निधनले हामी सवैलाई दुखी तुल्याएको छ ।

 

नेपाल शिक्षक महासंघ, संघीय कार्य समितिका उप महासचिव अर्थ, लोक सािहत्य र संस्कृतिका संकलक, सर्जक, गायक, प्रवद्र्धक, जाजरकोटी समाज, काठमाण्डौंका सल्लाहकार, सामाजिक एकता र शैक्षिक रुपान्तरणका अभियन्ता स्वर्गीय अधिकारी जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नंवर ३ मा पर्ने जनप्रिय माद्यमिक विद्यालय, दशेरा, जाजरकोटका मा.वि. स्थायी शिक्षक हुनुहुन्थ््यो ।

 

स्वर्गीय अधिकारी सादा जीवन, उच्च विचारका सच्चा अनुयायी, अग्रगामी, द्रन्दवादी चेतना र वैज्ञानिक विचारका धनी हुनु हुन्थ््यो । अन्य व्यक्ति र स्वर्गीय अधिकारी वीचको मूल भिन्नता र उहांको मूल विशेषता नै जीवनको गतिशीलता हो । शारीरिक थकान, दिन, रात, विहान, दिउंसो, वेलुका, घाम पानी, तातो चिसो केही नभनी साहित्य र संस्कृति साधना, जनकेन्द्रीत शैक्षिक रुपान्तरण र जनसेवामा समर्पित स्वर्गीय अधिकारी सरको जीवन नै उत्प्रेरक थियो ।

२०७२ सालमा जीवन साथीको देहावशानवाट विक्षिप्त वन्नु भएका अधिकारी तत्कालै सम्हालिंदै परिवारको सम्मानमा सामाजिक संस्था स्थापना गर्ने र स्वर्गीय परिवारको नाम पनि अमर राख्ने, पारिवारिक र सामाजिक एकतालाई सुदृढ वनाउने, शोकलाई शक्तिमा वदल्ने अठोट सहित संस्थाको विधानका लागि मेरो सम्पर्कमा आउनु भएको थियो । उक्त संस्था शारदा स्मृति सामाजिक उत्थान प्रतिष्ठान अहिले पनि क्रियाशील रहेको छ ।

उहां भौतिकवादी, द्रन्दवादी र वैज्ञानिक दृष्टिकोणमा विश्वास राख्नु हुन्थ््यो । मानव शरीरका ज्ञानेन्द्रीय शक्तिले अनुभूत गर्न नसक्ने, अलौकिक शक्तिलाई विश्वास गर्ने, परमात्मा र अवैज्ञानिक तथा अन्धविश्वासमा आधारित धार्मिक सत्तालाई स्वीकार गर्नु हुंदैनथ्यो । रुढीवाढी संस्कृति र परम्परा, विश्वास र त्यसमा आधारित शक्ति संरचनालाई नभत्काए सम्म हाम्रो समाज परिवर्तन असम्भव रहेको वारम्वार व्यक्त गर्नु हुन्थ््यो । स्वर्गीय अधिकारीको त्यही विचारलाई पछ्याउंदै उहांको परिवारले परम्परागत काज क्रिया नगरी श्रद्धान्जली सभा गर्दै उहांको नाम, विचार, योगदान र सदिक्षालाई अमर वनाउन विभिन्न श्रृजनशील कामको सोच वनाईरहेको वुझिन्छ । उहांको परिवारमा वुवा, छोराहरु अर्जुन अधिकारी, महेश अधिकारी र हेमराज अधिकारी तथा छोरीहरु सावित्री अधिकारी र शोभा अधिकारी हुनु हुन्छ । उहांको परिवार नै सांगितिक परिवार छ । विशेष गरी उहां र कान्छी छोरी शोभा अधिकारीले विभिन्न समय, अवसर र मञ्चहरुवाट समसामयिक विषय र सवालहरुमा केन्द्रीत संयुक्त सांगितिक श्रृजनाहरु पनि प्रस्तुत गरि सक्नु भएको छ ।


जाजरकोटी लोक साहित्य पुस्तकका लेखक आफ्नो जीवनभर साहित्य, संस्कृति, शैक्षिक रुपान्तरण र सामाजिक एकताका लागि निरन्तर क्रियाशील स्वर्गीय शेर वहादुर अधिकारी अधिकारीको देशावशान भएको र धेरै व्यक्ति र संस्थाहरुले श्रद्धान्जली अर्पण गरिरहेको यस घडीमा हार्दिक श्रद्धान्जली एवं परिवारमा सविनय समवेदना प्रकट गर्दै उहांको जीवन संग सम्वन्धित सन्दर्भ कोट्याउन चाहन्छु ।

 एकता र सुधारका लागि व्युंझाउने प्रयास

उहांका अन्य सामाजिक भूमिकाका साथ साथै गाउं समाजमा विभिन्न क्षेत्रवाट लामो अनुभव हासिल गरेका र हाल निष्क्रिय जीवन विताईरहेकालाई सक्रिय वनाउन उत्प्रेरित गरिरहनु हुन्थ््यो । खलंगामा आउनु भएको समयमा पुराना राजनीतिज्ञ तेज विक्रम शाह संग भलाकुसारी गर्न छुटाउंनु हुंदैनथ््यो भने केशव जंग शाह, केदार वहादुर शाह, मोहन विक्रम शाह र स्वर्गीय रेशम वहादुर शाही संग छुट्टाछुट्टै भेट गरेर आफ्ना अनुभवलाई पुस्तकका रुपमा अभिलेख प्रकाशन गर्न, वारम्वार भेटघाट गरी आफ्नो शरीर र चेतनालाई ताजा स्फूर्त वनाईरहन तथा सामाजिक एकताका लागि क्रियाशील रहन घच्घच्याउनुहुन्थ््यो । खलंगामा आउनु भएको समयमा शिक्षक अच्यूत प्रसाद शर्मा र म संग अनिवार्य भेट्नुहुन्थ््यो । खलंगा वाहिर र जिल्ला वाहीर रहंदा पनि उहांले म र अच्यूत प्रसाद शर्मा संग निरन्तर फोन सम्पर्क गर्नु हुन्थ््यो भने फोन वार्तामा अधिकांशत व्यक्तिगत र पारिवारिक विषय र सवाल भन्दा सामाजिक सन्दर्भ नै सम्वादका केन्द्रमा रहन्थे । काठमाण्डौंमा जाजरकोटी समाजलाई जीवन्त वनाईरहन उहांको जीवनको अन्तिम समय सम्म पनि लागि रहनु भयो । नेपालगंज, सुर्खेत, जाजरकोट जहां गए पनि सामाजिक एकता, शैक्षिक रुपान्तरण र लोक संस्कृति प्रवद्र्धनका लागि क्रियाशील योगदान दिई रहनु भयो ।

 पुस्तक प्रकाशनमा रुमलिएका

२०७३ सालमा जाजरकोटी लोक साहित्य पुस्तकको पाण्डुलिपि लिएर काठमाण्डौं गएका तर रचनाहरुलाई पुस्तकको रुप लिन पुरा गर्नु पर्ने चरणहरुको वारेमा अनभिज्ञ लेखक काठमाण्डौंमा रुमल्लिई रहनु भएको थियो । सम्पादन, परिमार्जन र रुपरेखा तयारीमा लामो समय र धेरै खर्च गरिसकेको अवस्थामा उक्त काममा काम विशेषले म पनि काठमाण्डौं गएको समयमा उहांको पुस्तकको सम्पादनमा मेरो सहयोग पश्चात छिटै काम भएकोमा उहां खुसी हुनु भएको थियो । पुस्तक प्रकाशनका क्रममा धेरै भन्दा धेरैको विचार, पृष्ठपोषण र सहयोगका लागि निकै दौडधूप गर्नु भयो । जाजरकोटी लोक साहित्य पुस्तकमा उहांले अत्यन्त मेहनतका साथ लोक साहित्यका विविध विधा र आयामहरुको सविस्तार, ऐतिहासिक र अनुसन्धानमूलक ढंगमा उल्लेख गर्नु भएको छ ।

 अग्रगमन प्रतिको सरोकार

नेपालका राजनीतिक दल, तिनका कार्यकर्ता, सरकारी निकायहरु र सरकारहरु जनता प्रति जवाफदेही हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु हुन्थ््यो । उल्लेखित निकायहरुमा दलाल, माफिया र कमिशन एजेण्टहरुको वोलवालाको प्रभाववाट मुक्त रहन जिम्मेवार पदाधिकारीलाई प्रत्यक्ष भेटका साथै साहित्य र संस्कृतिका विधावाट आव्हान गर्नु हुन्थ््यो ।

 सामाजिक अनुशासन

सामाजिक अनुशासनको पनि उहां संधै ख्याल गर्नु हुन्थ््यो । नाता र उमेरमा मान्यजनहरुको सम्मान तथा वालवालिकाहरुलाई माया गर्ने तथा समकक्षी संग साथित्वभाव र व्यवहार देखाउनु हुन्थ््यो । सामाजिक व्यवहारमा पनि नीति र नैतिकता विपरीत नगै सदैव ईमान्दारिता देखिन्थ््यो । जीवनशैलीका दृष्टिमा उहां सरल र आर्थिक कोणवाट मितव्ययी हुनु हुन्थ््यो ।

 शिक्षक अधिकार तथा उत्प्रेरणा

जाजरकोट जिल्लामा कार्यरत शिक्षकको पेशागत मनोवल वढाउन दुर्गम भत्ता सुविधाका लागि भएको आन्दोलन र संघर्षमा उहांले कडा परिश्रम गर्नु भयो । नेपाल शिक्षक महासंघको आव्हानमा भएका पछिल्ला काठमाण्डौं केन्द्रीत आन्दोलनमा उहांको निरन्तर र अर्थपूर्ण सहभागिता रह्यो । जनमुखि शिक्षा प्रणाली संस्थागत गर्ने गरी संघीय शिक्षा ऐन ल्याउन विभिन्न चरणमा सरोकारवालाको ध्यानाकर्षण गराउनु भयो ।

 पश्चिम जाजरकोटको शैक्षिक रुपान्तरण

जनप्रिय मा.वि.दशेरालाई नमूना विद्यालय वनाउने अभियानमा व्यक्तिगत र संस्थागत हैसियतमा निरन्तर सक्रिय रहनु भयो र सफलता प्राप्त गर्नु भयो । यस अभियानमा नमूना विदालयको प्रस्ताव तयारीमा सहयोग गर्ने अवसर मलाई पनि प्राप्त भएको थियो । विद्यालयका वार्षिकोत्सव लगायतका महत्वपूर्ण अवसरमा सरोकारवालाहरुलाई आमन्त्रण गरेर विश्वास जित्ने प्रयास गर्नु हुन्थ््यो । जाजरकोट पश्चिम क्षेत्रको महत्वपूर्ण स्थान दशेरामा जनप्रिय क्याम्पस वनाउन स्थानीय समुदाय, जिल्ला सदरमुकाम र काठमाण्डौंमा निकै मेहनतका साथ क्याम्पस वनाउने अभियान संचालन गर्दै सफलता प्राप्त गर्नु भयो ।

 अध्ययन, र सिकाई प्रतिको सजगता

निरन्तर सामाजिक ज्ञान आर्जन गर्न तल्लीन रहनु भयो । आफले हासिल गरेको शिक्षा, ज्ञान र सिकाईलाई उपयुक्त, आवश्यक र सान्दर्भिक कुरा अरुलाई सुनाउंदै अरुलाई पनि शिक्षा ग्रहण र अध्ययनमा उत्प्रेरित गरिरहनु हुन्थ््यो र शिक्षा, अध्ययन र सिकाई मार्फत असल मानिसको रुपमा जीवन रुपान्तरण गर्न मनोवल वढाउनु हुन्थ््यो ।

 जन सम्पर्क

उहां आफ्नो गाउं घर वा खलंगा सदरमुकाम वा जहां पनि अरु संग सक्रियताका साथ वोलचाल, चिनजान, परिचय र भेटघाट गर्नु हुन्थ््यो । जस्तो सुकै परिस्थितिमा पनि जनसम्पर्कलाई कहिल्यै टुटाउनु भएन । जनसम्पर्क गर्दा अत्यन्त नजीकको साथी वा सहयोगी रहेको भाव झल्काउनु हुन्थ््यो । सवै संग उचित नाता, सम्वोधन र व्यवहार उहांका विशिष्टता थियो । कसैवाट केही सहयोग लिनु परेमा निसंकोच प्रस्ताव राख्नु हुन्थ््यो र सहयोगका लागि कृतज्ञता वा आभार वा धन्यवाद दिन विर्सनु हुंदैनथ््यो । गत वर्ष काका धन वहादुर अधिकारकिो देहावशान हुंदा उहां काकाको सम्मान र श्रद्धान्जली कार्यक्रमहरुमा निकै खटिनु भयो । उहां आफ्ना अग्रज, गुरु, समाजसेवी, जन प्रतिनिधि, समकक्षी साथी संगति र आफ्ना विद्यार्थी समेत संग निरन्तर सम्पर्कमा हुनु हुन्थ््यो ।

 सादा जीवन उच्च विचार, सदाचारिता र स्पष्टवादिता

सादा जीवन उच्च विचार उहांको परिचय वा जीवनको उंचाई हो । साधारण कपडा लगाउने, वस्दा वा यात्रामा सामान्य खाना र नास्ता खाने, सामान्य आवाशमा वस्न रुचाउने स्वभाव थियो । गाउंघरमा जांदा सुत्नेवस्ने र खाने खाना कस्तो हुने होेला, वाटोको सजिलो अप्ठेरो जस्ता कुरामा कतिपयले लिने गरेको चिन्ता उहांमा देखिएन । समुदाय संग जस्तो सुकै भए पनि खाने वस्ने उहांको रुची रहन्थ््यो । उहां संधै सामान्य तर सफा कपडा लगाउनु हुन्थ््यो । पदको आडम्वर, फूर्ति फार्ति, तडक भडक उहांको जीवनमा कहिले पनि देखिएन । सच्चा भौतिकवादी चेतना, गति, आचरण र जीवनशैलीको खडेरी परेको वर्तमान समयमा उहांको जीवन सांच्चिकै उत्प्रेरक छ । ढांट्न र छल्न उहांलाई पटक्कै आउंदैनथ्यो र सवै कुरा स्पष्ट र सपाट हुन्थे ।

 लोक साहित्य र संस्कृतिको प्रवद्र्धनमा जीवन समर्पण

  •  लोक साहित्य र संस्कृतिको प्रवद्र्धनमा उहांले जीवन अर्पण गर्नु भयो । जाजरकोटवाट निकै टाढा र पहुंच नपुग्ने रेडियो नेपालमा गीत गाउने सदिक्षालाई निकै शाहस र संघर्षका साथ सफल वनाउनु भयो । सुनिदिने मानिस भएमा जहां पनि लोक साहित्य र गीत प्रस्तुत गरिहाल्नु हुन्थ््यो । एक्लै पनि अधिकांश रातहरु संगीत साधनामा वितेका थिए ।
  •  २४ घण्टामा करिव २० घण्टा त्यही मिशनमा लागिरहनु हुन्थ््यो । यो कठोर र अनवरत परिश्रमले पनि उहांलाई कमजोर वनाउंदै लगेको थियो । जीवन संगिनी शारदा अधिकारीको देहावशान पश्चात एक्लै वस्दा परिवारको सम्झनाले पीडावोध हुने भएकाले व्यस्त भैरहन पनि साहित्य श्रृजना र संगीत साधनामा डुविरहनु हुन्थ्यो । पछिल्लो समय काठमाण्डौंमा धेरै टेलिभजन, रेडियो र सांस्कृतिक तथा साहित्यिक समूह संग जोडिदै लोक साहित्य र संस्कृति प्रवद्र्धन अभियानलाई गति दिनु भयो ।
  •  जनयुद्ध कालमा केही वर्ष वन्द भएको रामीडांडा मेला शान्ति प्रक्रिया संगै २०६३ सालमा फेरी आयोजना हुंदा उहां र उहांको परिवारका सदस्य सहितको भेरी लोक सुशेली मन्च नामक संस्थाको तर्फवाट सांस्कृतिक समूहले मेलालाई नै गति, उर्जा र जीवन दिएको स्मरण ताजै छ ।

अन्तमा उहांको पुस्तक जाजरकोटी लोक साहित्य पुस्तकवाट

२०७१ मंसीर ४ को वस दुर्घटनामा देहावशान भएका जाजरकोटी सिंगारु नृत्य उस्ताद राम वहादुर वलीको सम्झनामा उहांले धेरै गाउने गरेको गीतका २ हरफहरु

वासैले ताछेका हुन कि जुवालीका सोईला,
वाचुन्जेल रहर गरौं, मरे गारका कोईला ।

जिल्ला राम्रो जाजरकोट, अन्चल राम्रो भेरी,
खुटुक्कै वाडुली लाग्छन्, सम्झी ल्याउंखा खेरी ।

स्वर्गीय शेर वहादुर अधिकारीको योगदानलाई जिवीत राख्न, अनुकरणीय वनाउन र लोक साहित्य र संस्कृति प्रवद्र्धनमा उहाको योगदानलाई संस्थागत र योजनावद्ध रुपमा निरन्तरता दिन सवैमा सादर अनुरोध समेत गर्दछु ।
२०७८ साल असोज ७ गते, जाजरकोट ।

Prabaha

Pashusewa Karyalaya Jajarkot