October 27 - 2021, Wednesday९ कार्तिक २०७८, मंगलवार

भरुवा बन्दुक सहित पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका एक जना भरुवा बन्दुक सहित पक्राउ परेका छन् । भेरी नगरपालिका ६ भेरे निवासी ५५ बर्षिय रगवीर घर्तीलाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

 

दर्ता नभएको अवैध एक नाले भरुवा बन्दुक बोकेर जंगलमा शिकार खेल्न हिडेका घर्तीलाई सादा पोषाकमा खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घर्तीलाई अदालतबाट म्याद थपाएर थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उनलाई अवैध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धा चलाईने थापाले बताए । यस अघि पनि प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ५ थान अवैध भरुवा बन्दुक बरामत गरेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot